कारोबार संवाददाता
मंगलबार, बैशाख ३०, २०७७

विश्वमा समय–समयमा विभिन्न खालका महामारीहरू आइरहेका छन् र आइरहन्छन् नै । यो वर्तमानमा हामीले भोगेको सबैभन्दा ठूलो महमारीले पनि पुष्टि गरिसकेको छ । अहिलेको महामारीको प्रत्यक्षतः हामी सबैभन्दा बढी भागेदार हौँ । जब विश्वमा महामारी आउँछ तब त्यसले मानव जीवनमा ठूलो उथलपुथल पनि ल्याउँछ । फलस्वरूप मानव समाजमा यस महामारीबाट विभिन्न प्रकारका सामाजिक, मनोवैज्ञानिक, आध्यात्मिक, चिकित्सकीय तथा सांस्कृतिक प्रचलनहरू पनि स्थापित भएको पाइन्छ । त्यस्ता महामारीले विभिन्न सामाजिक मूल्य–मान्यता र विश्वासको वातावरण पनि सृजना भएको देखिन्छ । यो त विश्वव्यापी रूपमा इतिहासले पनि पुष्टि गरिसकेको छ । जब महामारी आउँछ यसले त्यसका साथै विभिन्न मतमतान्तर र प्रत्युत्तर पनि लिएर आउने गर्छ ।

640
घाँसी माधव घिमिरे
मंगलबार, बैशाख ३०, २०७७

विश्वले विभिन्न समयकालमा भोग्दै आएको महामारीभन्दा भिन्न प्रकारको यस कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वभरि नै हलचल ल्याइदिएको छ । विगतका महामारीहरूले जस्तै यस महामारीले पनि विश्वव्यापी रूपमा मानवीय क्षति नपु¥याओस भन्ने उद्देश्यका साथ विश्वका सबै राष्ट्रले आवश्यक सतर्कता अपनाउँदै, चिकित्सा क्षेत्रमा विकसित प्रविधिको प्रयोग गरी महामारीलाई नियन्त्रणमा लिन मानवसमाज प्रयासरत छ । तथापि यसको प्रभाव भने लामो समयसम्म रहिरहने कुरामा द्विविधा छैन । मानव जीवनको विभिन्न क्षेत्रमा यसले गहिरो प्रभाव पार्ने नै छ । यसै सिलसिलामा पर्यटकीय क्षेत्रमा पनि लामो अवधिसम्म यसको प्रभाव रहने देखिन्छ ।

373
जगदीश दाहाल
मंगलबार, बैशाख ३०, २०७७

संसद्को वर्षे अधिवेशन आह्वान गरिएको छ । सामान्यतया बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ र हिँउदे अधिवेशनलाई विधेयक अधिवेशन । यसरी नामकरण गरिएका वर्षमा दुईपटक ६ महिनाको फरक नपारी संचालन गरिने संसद् अधिवेशनमध्ये बजेट अधिवेशन संवैधानिक रूपले पनि अहिले आह्वान गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ ।

661
झलनाथ खतिवडा
सोमवार, बैशाख २९, २०७७

आजको यस कोभिड–१९ को विश्वव्यापी प्रभावका कारण विश्वका शक्तिशाली राष्ट्रहरू पनि आक्रान्त बनिसकेको र कतिपय राष्ट्रले ती विषम परिस्थिति पार गरी आफ्नो देश र नागरिकको दैनिकी सरल बनाउने प्रयत्न गरिरहेका छन् । नेपालले पनि अन्य देशहरूको परिस्थिति विचार गरी र अन्य देशहरूले कोरोना नियन्त्रण र रोकथामका लागि चालिएका कदमहरू अवलम्बन गरिरहेकोे भए पनि यस महामारीको मौका छोपी नेपालको राजनीतिलाई तरंगित बनाएको मात्रै छैन कि यसले कोरोना रोकथाम र नियन्त्रणभन्दा पनि गठगत राजनीति, शक्ति प्रदर्शन र विवादास्पद नीति–नियम लागू गरी आआफ्नो व्यक्तिगत स्वार्थमा अडान लिई नेपालमा हाल देखिएको कोरोना भाइरसभन्दा पनि राजनीति भाइरसले दिन–प्रतिदिन सोझा नेपाली जनतालाई सताएको र प्रकोपको त्रासमा, भोकमरीको त्रास, रोजीरोटीको त्रास, घरपरिवारदेखि एक्लो बसोबास गरी बस्नुपर्ने बाध्यता अनि त्यसमाथि पनि महँगीले गाँजेको दैनिकीलाई नेपाली जनताले कसरी सामना गरिरहेका छन्, सरकार के पार्टीभन्दा माथि उठेर निःस्वार्थ भावनाले देश र जनताका बारेमा सोच्न र गम्भीर बन्न सकिन्न ?

354
मनिषा चम्लागाईँ
सोमवार, बैशाख २९, २०७७

कोरोना कहरका बीच फिल्ड रिपोर्टिङमा गएको डेढ महिनाभन्दा बढी भइसकेको छ । देश लकडाउनमा भए पनि पत्रकारले सूचना प्रवाहमा कुनै किसिमको लकडाउन गर्नु हुँदैन । सोही अनुरुप समाचार संकलन गर्नु, प्रकाशन गर्नु पत्रकारको कर्तव्य हो भन्ने मान्यताले काम गरिरहेको छु । साविकझैँ फिल्डमा पुग्न नसके पनि फिल्ड रिपोर्टिङबाट भने म टाढा भएको छैन । अझ यो जोखिमपूर्ण अवस्थामा नागरिकलाई सुसूचित गराउनुपर्ने कर्तव्यबाट जो कोही पत्रकार टाढा रहनै मिल्दैन । फरक, यतिबेलाको दैनिकी भने केही फेरिएको छ । दैनिक कार्यालय पुग्ने म अहिले अधिकांश समय घरको कोठालाई कार्यालय बनाएर काम गर्दै आइरहेकी छु ।

450
कारोबार संवाददाता
सोमवार, बैशाख २९, २०७७

तरकारी, फलफूल तथा दूधदहीजस्ता कृषिजन्य पदार्थहरू साधारण अवस्थामा धेरै समय भण्डारण गर्न सकिँदैन । त्यसैले दालचामलजस्तो ताजा तरकारी एकैपटक धेरै किनेर घरमा राख्न सम्भव हुँदैन । घरको भान्सा तरकारीबिना अपुरो हुने भएकाले बिहान बेलुका नै जोहो गर्नुपर्ने हुन्छ । एकातिर तरकारी महँगिदा होस् वा भनेअनुसार किनमेल गर्न नपाउँदा भान्सा प्रभावित हुन पुग्छ भने अर्कातिर तरकारी उत्पादक कृषकले पनि आफ्नो उत्पादन तत्कालै बिक्री गर्न नसके खेर जाने हुन्छ । विभिन्न कारणबाट आपूर्ति श्रृंखला खलबलिएसँगै बजारमा अभाव र मूल्य वृद्धिको श्रृंखला पनि देखा पर्छ । यस अवस्थामा तरकारी कृषक र उपभोक्ता दुबैले तितो अनुभव गर्नु परिरहेछ ।

445
कारोबार संवाददाता
आइतवार, बैशाख २८, २०७७

शीर्षकले नेपालको पुरानो वा भनौं पुरातनवादी समाजमा चलेको चलनअनुसार नेपालको कुनै जाति वा समुदाय विशेषलाई इंगित गरेर चलेको भनाइ वा कहावत हो । तापनि यहाँ सो भनाइलाई नकारात्मकभन्दा पनि सकारात्मक अर्थ र विम्बका लागि प्रयोग गरिएको छ । विशेषतः गत अप्रिल २९ तारिखका दिन भारतीय समाचार संस्था ‘एसियन न्युज एजेन्सी’ (एएनआई) ले अमेरिकाको ‘वासिङ्टन पोस्ट’लाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार ‘गत जनवरी र फेब्रुअरीमा अमेरिकाका राष्ट्रपति ट्रम्प महोदयलाई अमेरिकी गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलीजेन्स एजेन्सी’ (सीआइए) ले कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग आक्रमण गर्न सक्ने भनी पटक–पटक गरेर १२ पटकसम्म सूचित गरेको थियो ।’

1092
पल्लव पन्त
आइतवार, बैशाख २८, २०७७

अपाङ्गता भन्ने धेरै जनाको मानसपटलमा ह्विलचेयरमा या वैशाखीको सहाराले हिँड्डुल या सेतो छडीको सहाराले जीवीकोपार्जन गरिरहेको छवि आउन सक्छ । समाजमा अहिले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न उपनामले जिस्क्याउने र समाजमा केही काम गर्न नसक्ने र सधैं अरूको दयाको भरमा बाँच्नेको रूपमा धेरैले धारणा बनाएका हुन्छन् ।

844
दिलीपकुमार मुनंकर्मी
आइतवार, बैशाख २८, २०७७

कोभिड–१९ (कोरोना) को महामारी र संक्रमण रोक्ने अचुक उपायका रूपमा सरकारले २०७६ चैत ११ गतेदेखि गरेको बन्दाबन्दी ४५ दिनपछि २०७७ वैशाख २६ देखि ससर्त केही आर्थिक गतिविधि खुलेको छ । तर, महामारी कहिले टर्छ ? आर्थिक–सामाजिक गतिविधि कुन रूपमा, कहिलेदेखि, कसरी अगाडि बढ्छ ? ठ्याक्कै भन्ने अवस्थामा कोही छैनन् । नागरिक, व्यवसायी, धनी, गरिब सबै जीवन र अस्तित्वका लागि बन्दाबन्दीमा रहँदै गर्दासमेत तत्कालको आर्थिक जोहो र अनिश्चित भविष्यले चिन्तित् छन् । बन्दाबन्दीले क्षति नपुग्ने र अप्ठेरो नपर्ने कुनै व्यक्ति, व्यवसाय वा राज्य बाँकी नरहेको अवस्थामा सबै आफ्ना आर्थिक दायित्व व्यवस्थापनमा लागेका छन् ।

1214
गोविन्द चापागाईं
शुक्रवार, बैशाख २६, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसले मानव जगत्मा एउटा गतिलो इतिहासका रूपमा सम्झन लायक विषम परिस्थिति सिर्जना गरेको छ । भूकम्पको महामारीको चोट नसकिँदै विश्वव्यापी रूपमा फैलिएको कोरोनाको चोटले आज मानव जगत् नै स्तब्ध भएको छ । विश्व यस महामारीसँग जुधिरहेको छ । आज विश्वका धेरै मुलुकमा लकडाउन भइरहेको छ । लकडाउनको अर्थ हुन्छ, ‘घरभित्रै बसौं ।’ घरभित्र बसे मात्र पनि यो रोगबाट बच्न सकिन्छ भन्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

571
उद्धव अधिकारी
शुक्रवार, बैशाख २६, २०७७

एक्काइसौं शताब्दीको विज्ञानलाई चुनौती दिँदै २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोभिड–१९ विश्वका २ सयभन्दा बढी देशमा फैलिइरहेको छ । चैते हुरीले लटरम्म फाल्नका लागि तम्तयार फूलहरूलाई निर्ममतापूर्वक बोटबाट भुइँमा झारेझैँ कोरोनारूपी हुन्डरीले हजारौं मानिस पृथ्वीबाट अलग्याइसकेको छ । थाहा छैन, अझै कति कलकलाउँदा फूलहरू यो संसार छोडेर बिदा हुन बाध्य हुनेछन् । विश्वले कल्पना नगरेको नियति भोगिरहेको छ ।

443
रोहित रेग्मी
शुक्रवार, बैशाख २६, २०७७

सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यदेखि चीनको हुवान प्रान्तबाट सुरु भएको कोभिड–१९ (कोरोना) को विश्वव्यापी महामारीले सम्पूर्ण विश्वलाई नै तहसनहस बनाउने अवस्थामा पुगिसकेको छ । यो लेख तयार गर्दासम्म विश्वमा करिब २३ लाखमा फैलिएर १ लाख ६० हजार मानवको ज्यान लिइसकेको कोरोना भाइरसबाट विश्वले अझै कहिलेसम्म प्रताडित हुनुपर्ने हो, निश्चित भइसकेको छैन । आधुनिक विज्ञानलाई चुनौती दिँदै सुक्खा जंगलमा डढेलो सल्किएझैं गरी संसारका सबैजसो देशमा कोभिड–१९ अर्थात् कोरोना भाइरस फैलिरहेको छ । धनी होस् वा गरिब, विकसित होस् वा विकासोन्मुख, हिन्दू, मुसलमान, क्रिस्चियन होस् वा अन्य कुनै पनि धर्म मान्ने नागरिक होस् वा पुँजीवादी, समाजवादी जुनसुकै विचारधारा मान्ने देश होस्, कुनै पनि कोरोनाको यो महामारीबाट अछुतो रहेको छैन ।

857
कारोबार संवाददाता
बिहिवार, बैशाख २५, २०७७

आर्थिक विकास एक बहुउद्देश्यीय, बहुक्षेत्रीय, बहुआयामिक अवधारणा हो । यसले अर्थतन्त्रको समृद्घिको अवस्था सिर्जना गर्छ । यसमा भौतिक तथा मानवीय पक्षको विकास पनि समावेश हुन्छ । कृषि, उद्योग, पर्यटन, व्यापार, रोजगारी, जलविद्युत्, यातायात, खानेपानीजस्ता क्षेत्रहरूमा हुने दिगो गुणात्मक र परिमाणात्मक रूपमा आउने सकारात्मक परिवर्तन नै आर्थिक विकास हो । देशको नागरिकको प्रतिव्यक्ति आयमा वृद्धि हुनु, राष्ट्रिय आयमा वृद्धि, मानव विकास सूचकांक उच्च हुनु तथा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आई देश समृद्धितर्फ लम्कँदै देश आत्मनिर्भर हुनु नै आर्थिक विकास हो ।

503
नरसागर श्रेष्ठ
बिहिवार, बैशाख २५, २०७७

हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक म्यानकिव ग्रैगरीले एउटा व्यक्तिले उसका धेरै इच्छाहरूको बीचमा उपलब्ध सीमित साधन र स्रोत तथा तिनीहरूको वैकल्पिक प्रयोगका कारणले सधैं ट्रेड अफको समस्या भोग्नुपर्छ भनेझैं अहिले विश्वका सम्पूर्ण देशहरूले कोभिड–१९ को संक्रमणबाट आफ्ना नागरिकलाई बचाउन लकडाउनको अवधि बढाउने कि सीमित मात्रामा लकडाउन खोली आर्थिक क्रियाकलापहरू जारी गरी अर्थव्यवस्था जोगाउने भन्ने ट्रेड अफको समस्या भोगिरहेको छ ।

483
भोला भट्टराई
बिहिवार, बैशाख २५, २०७७

नेपालमा रहेका ५० हजारभन्दा बढी गैर–सरकारी संघ–संस्था तथा समुदायमा आधारित लाखांै संघ–संस्थाप्रति यतिबेला प्रश्न खडा भएको छ । के यी नागरिक समाजका रूपमा चिनिएका संघ–संस्था तथा नेटवर्कहरूले कोरोनाको महामारीविरुद्ध केही गर्न सक्छन् ? के गर्दैछन् ? के गर्नुपर्छ ? यस्ता प्रश्नहरू नागरिक तह तथा सरकारी स्तरबाट सोधिने–खोजिने गरेका छन् । हुन त यी नागरिक समाजका संघ–संस्था आफैंमा हाम्रो समाजको अन्य अंगभन्दा भिन्न छैनन् र हुँदैनन् पनि । जसरी सरकारको तहबाट कोरोनाविरुद्धको अभियानमा ढिलो र सुस्त गतिमा कार्य भएको प्रतिक्रिया आएको छ । यी हाम्रा नागरिक समाज पनि त्यो अवस्थाबाट अछुतो छैनन् ।

409