समिर रेग्मी
सोमवार, असार २३, २०७६

जापानमा भएको जी–२० को सम्मेलनमा अमेरिका र चीनले व्यापारयुद्धमा युद्धविराम गरेका छन् । यसले गत साता धितोपत्र बजार र तेलको मूल्य उकालो लाग्यो, तर अझै पनि बलियो नमानिएको युद्धविरामले व्यापारयुद्धले घाइते भएको विश्वव्यापी अर्थतन्त्रमा देखा परेको दबाबलाई केही राहत दिएको छ ।

600
सुदर्शन अधिकारी
सोमवार, असार २३, २०७६

भ्रष्टाचार हाम्रो सन्दर्भमा ठूलो समस्या बन्दै गएको छ । भ्रष्टाचारकै कारण हाम्रो विकासको गति पछाडि धकेलिएको देखिन्छ । जबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन तबसम्म जनताले अपेक्षा गरेअनुरूप विकासका कार्यहरू हुन सक्तैनन् । सुशासन कायम गर्नका लागि पनि भ्रष्टाचारको अन्त्य अनिवार्य सर्त हुन आउँछ । हरेक सरकारले भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्घता जनाउँछन् तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुनुको साटो झनै भ्रष्टाचार मौलाउँदै गएको पाइन्छ । देशमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि विभिन्न निकाय र संवैधानिक अंगको व्यवस्था पनि नगरिएको भने होइन ।

343
प्रा.डा. विकाशराज सत्याल
सोमवार, असार २३, २०७६

देशको अर्थतन्त्र उकासिएको चर्चा सरकार र केही अन्तर्राष्ट्रिय संस्थाले गरिरहेका बेला त्यसको बेग्लै कथा अर्थतन्त्रका आँकडाहरूले देखाएका छन् । बजारभाउ बढेर भएको रुपैयाँको अवमूल्यन, अकासिएको व्यापारघाटा, बढेको सरकारी ऋणभार, सरकारी तलब–भत्ता सुविधामा भएको वार्षिक चढाव, बढेको पुँजीगत खर्च गर्न नसक्दा सरकारी पैसा बजारमा प्रवाहित नहुँदा सुस्ताएको बजार, नबढेको रोजगारी बजार आदिले देशको ढुकुटी सबैतिरबाट चुहिएर रित्तिन लागेको संकेत गर्छ ।

541
कारोबार संवाददाता
आइतवार, असार २२, २०७६

सार्वजनिक सेवा जनताको रुचि र आवश्यकताअनुसार जनतालाई प्रदान गरिने सेवा–सुविधा हो । राज्य अथवा कुनै पनि निकायद्वारा सार्वजनिक हित वा सामुदायिक रुचिका अनुसार प्रदान गरिएको सेवा वा सुविधा सार्वजनिक सेवाअन्तर्गत पर्छ । व्यवस्थित र सुगम सार्वजनिक सेवा प्रवाह जवाफदेही सरकारको द्योतक हो र सरकारको क्षमता र सफलता सार्वजनिक सेवा गुणस्तरले मापन गरिन्छ । यसर्थ सार्वजनिक सेवा प्रवाहलाई अझ धेरै व्यवस्थित बनाउन राज्य र सरोकारवाला सबैले आवश्यक पहल गर्नुपर्ने हुन्छ ।

346
किरण आचार्य
आइतवार, असार २२, २०७६

सीमा नाकाबाट अनिवार्य रूपमा विषादी परीक्षण गरेर मात्र फलफूल तथा तरकारीजन्य वस्तु नेपाल भित्र्याउने सरकारी निर्णय दुई साता पनि टिकेन । कुटनीतिक दबाबका कारण विभिन्न नाकाबाट विषादी परीक्षण नगरी नछाड्ने अडानबाट सरकारपछि हटेपछि सरकारी कदमलाई ताली दिएरहेका जनता पुनः गालीमा उत्रेका छन् ।

379
सन्तोष मैनाली
आइतवार, असार २२, २०७६

जनयुद्ध तथा दशकौंको राजनीतिक अस्थिरतापछि देशले दुईतिहाइको स्थायी सरकार प्राप्त गरेको छ । दशकौंदेखिका राजनीतिक मुद्दा स्थापित हुँदै नयाँ संविधानसमेत कार्यान्वयन भइसकेको अवस्थामा अब सरकारको चासो र क्रियाकलापहरू देशको समग्र आर्थिक उन्नति, गरिबी निवारण, बेरोजगारी दरमा कमी तथा साक्षरता दरमा वृद्धि गरी प्रतिव्यक्ति आय बढाउन तथा जनताको जीवनस्तरमा गुणात्मक सुधार गर्नतर्फ केन्द्रित हुनुपर्छ ।

361
बाबुकाजी कार्की
शुक्रवार, असार २०, २०७६

हाम्रो शिक्षा गरिखाने भन्दा पनि मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौंतारिने भन्दा पनि रोजगार सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षा जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारीका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्छ ।

520
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

देशभरिबाट माध्यमिक तह एसईई परीक्षामा उत्तीर्ण हुनुभएका सबै भाइबहिनीहरूलाई बधाई तथा सफलताको शुभकामना । यो माध्यमिक तहको फलामे ढोका पनि हो । अझ धेरै यस्ता ढोका पार गरेपछि एउटा सफल बिन्दुमा पुग्न सकिन्छ । जसले कम ग्रेड ल्याएका छन् ती सबैलाई धेरै–धेरै बधाई छ ।

398
रमेश घिमिरे
शुक्रवार, असार २०, २०७६

पृथ्वीमा उडनतस्तरी (एलियन) का अपुष्ट घटना सुनिन्छ । पृथ्वीको सर्वोत्कृष्ट प्राणी मानिने मानव जाति नै पाहुना प्राणी हो, अर्थात् यहाँको उत्पत्ति होइन भन्ने प्रसंग खासै सुनिँदैन । यस लेखमा हामी मानवको उत्पत्ति पृथ्वीमा भएको होइन भन्ने तर्कबारे विवचेना गरिएको छ ।

1641
गोकुलचन्द्र अधिकारी
शुक्रवार, असार २०, २०७६

नेपालको बैंकिङ क्षेत्रमा लघुवित्त संस्थाहरूको मर्जरसम्बन्धी विषय यतिबेला निकै चर्चामा छ । खासगरी सरकारको बजेट वक्तव्यपछिका दिनहरूमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने समय साँघुरिँदै गर्दा यससम्बन्धी विषयले चर्चा पाउनु पनि स्वाभाविकै मानिन्छ ।

356
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

‘धानखेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ असार १५ गते राष्ट्रिय धान दिवस मनाइयो । यसै क्रममा कृषक समूह महासंघ नेपालले संघीय, प्रदेश तथा स्थानीय सरकारको सम्पर्क, समन्वय र सहकार्यमा १६ औं राष्ट्रिय धान दिवस मनाएर कृषकहरूलाई धानखेतीप्रति अभिप्रेरित गर्ने कार्य ग-यो ।

309
बाबुकाजी कार्की
बिहिवार, असार १९, २०७६

नेपालको संविधान, २०७२ ले विद्यालयतहको शिक्षाको व्यवस्थापन र नियमन गर्ने कार्य सम्पूर्ण रूपमा स्थानीय तहलाई सुम्पिएको छ । संघीय संविधानअनुसार शिक्षासम्बन्धी मौलिक हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा सहज पहुँचको सुनिश्चितता गरेको छ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्कका साथै अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने हकको व्यवस्था गरेको छ ।

281
प्रा. डा. हरि शर्मा
बिहिवार, असार १९, २०७६

आधुनिक युगमा सिनेमा निश्चित रूपमा पर्यटन प्रवद्र्धनका निम्ति एउटा प्रभावकारी माध्यम हो । सिनेमामा देखाइने आकर्षक प्राकृतिक तथा अनुपम दृश्यहरूको एउटा माध्यमबाट स्वदेश तथा विदेशमा रहेका पर्यटनप्रेमीहरूलाई ती गन्तव्यप्रति आकर्षित गर्न सकिन्छ ।

409
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

पुस्तक आयातमा सरकारले पुस्तकको बिक्री मूल्यको १० प्रतिशत शुल्क लगाउने निर्णय गरेकाले पुस्तकको मूल्य बढ्न जानेछ । सरकारले यो निर्णय नेपालको मुद्रण व्यवसायको काम बढाउने व्यवस्था गर्न गरेको हो भने पनि यो ज्ञानको प्रवाह रोक्न गरिएको एकतर्फी निर्णय हो ।

376
रत्न प्रजापति
बुधवार, असार १८, २०७६

हरेक वर्ष बजेट आउँछ, तर बजेटमा सबैले आशा र अपेक्षा गरेको कुरा आउँदैन । त्यसैले बजेट आएको भोलिपल्टैदेखि अर्को बजेटको प्रतीक्षा सुरु हुन्छ अनि आगामी बजेटमा पनि उस्तै आशा र अपेक्षा राखिन्छ । आफ्नो गाउँ र जिल्लाका लागि आफूले मागेको आयोजनामा बजेट विनियोजन नहुँदा रुष्ट हुने जनप्रतिनिधिहरूको गुनासो र आक्रोश पनि आफ्नै ठाउँमा हुन्छ । त्यस्ता जनप्रतिनिधिहरू पनि आगामी बजेटमा जसरी पनि आफूले चाहेको परियोजनामा बजेट विनियोजन गराउन कम्मर कसेर लागिपर्छन् । यसर्थ बजेटको प्रतीक्षाले सबैलाई अधैर्य बनाउँछ, तर हरेक पटकको बजेटले सबैलाई समान खुसी दिन सक्दैन । त्यसैले बजेटसँगसँगै असन्तुष्टि र आक्रोश पनि आउँछ ।

391