झलनाथ खतिवडा
बुधवार, भदौ २५, २०७६

प्रकृतिभन्दा ठूलो मानिस हुँदैन । प्रकृति न त मानिसको अधीनस्थ भएरै बस्न सक्छ, न त यसले धनी–गरिब नै छुट्ट्याउँछ । प्रकृतिलाई आफ्नो वशमा पारेर आफू राज गर्छु भन्नु आममानिसको ठूलो भूल हो र हामी फेरि पनि सचेत गराउन चाहन्छौं कि प्रकृति हाम्रो संसारमा पाइने अरू खुसीभन्दा करोडौं गुणा बढी खुसी हो । त्यसैले हामीले हाम्रो वातावरण सुहाउँदो कार्य गर्नु जरुरी छ ।

306
लबेश प्याकुरेल
बुधवार, भदौ २५, २०७६

नेपालमा पहिलो पटक मोटर गाडी भित्रिएको वि.सं. १९५८ मा हो । मकवानपुरको भीमफेदीबाट थुप्रै मानिसले काठमाडौंको थानकोटसम्म मोटर गाडी बोकेरै भित्र्याएका चित्र यदाकदा हेर्दा कथाझैं लाग्छ । नेपालमा मोटर भित्रिएकै समयमा पेट्रोलियम पदार्थ पनि भित्रिएको मान्न सकिन्छ । किनकि मोटर चल्न पेट्रोलियम पदार्थ चाहिन्छ । तर, त्यसबेला इन्धन बोतलमा, जर्किनमा अनि ड्रममा भित्रिन्थ्यो । त्यसबेला मात्र होइन, धेरै पछिसम्म पनि इन्धन नेपालमा त्यसैगरी भित्रिन्थ्यो । पछि त्रिपुरेश्वर र कालीमाटी क्षेत्रमा केही पेट्रोलपम्प खुले । तिनले ट्याङ्करको सहयोगमा भारतीय कम्पनीबाट नेपालमा इन्धन आपूर्ति गर्थे । नेपालमा इन्धनको माग यसरी नै धानिएको थियो ।

324
बाबुकाजी कार्की
बुधवार, भदौ २५, २०७६

बिजुली बसबारे लामो समयको बहस र चर्चापछि अन्ततः निजी क्षेत्रको सुन्दर यातायातले काठमाडौं उपत्यकामा सञ्चालनको सुरुवात गरेको छ । सरकारको पहलमा साझा यातायातले ल्याएका पाँचवटा बस गैरजिम्मेवारीपन र विवादका कारण ग्यारेजमा थन्किएका छन् । नेपालको अर्थतन्त्र सुधारका लागि विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य नै भैसके पनि सरकारी कार्यशैली सुधार नहुँदा नेपालको व्यापारघाटा बढ्दै गइरहेको छ । किनकि व्यापारघाटा उच्च हुनुको प्रमुख कारण इन्धन आयत नै हो ।

294
समीर रेग्मी
मंगलबार, भदौ २४, २०७६

एक वर्षअगाडिदेखि अमेरिका र चीन व्यापारयुद्धमा होमिएका छन्, तर यसले अमेरिका होस् वा चीन कसैलाई पनि फाइदा पुगेको छैन । पहिलेदेखि नै ओरालो लाग्न थालेको चिनियाँ अर्थतन्त्रमा थप गिरावट आएको छ । चाइना इन्टरनेसनल क्यापिटल कर्पको आँकडाअनुसार २०१८ को जुलाईदेखि २०१९ को मेसम्मको अवधिमा चीनको म्यानुफ्याक्चरिङ क्षेत्रमा १९ लाख रोजगारी गुमेको देखिएको छ ।

1250
सागर परियार
मंगलबार, भदौ २४, २०७६

कृषिलाई आधार बनाएर पर्यटक भित्र्याउने रणनीतिअनुरूप जुम्लाका किसानहरू व्यावसायिक कृषिमा जुटेका छन् । जुम्ला ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनका रूपमा अथाह सम्भावना बोकेको जिल्ला हो, तथापि नेपालकै पहिलो अर्गानिक जुम्लाका कृषि सम्भावनालाई पर्यटनसँग जोड्नका लागि जुम्लाका किसान तथा सरोकारवाला जुटेका छन् । एग्रो टुरिजमका रूपमा विकास गर्न जुम्लाका विभिन्न ठाउँमा व्यावसायिक कृषि गरिएको छ । तिला–७ का प्रेम बस्नेत, तिला–३ का कर्णबहादुर हमाल, तिला–३ कै कर्णबहादुर राउत र तातोपानी–१ का परान धरालाले व्यावसायिक तरकारी, नर्सरी, स्याउ, च्याउ तथा केसर खेती गरेका छन् भने पातारासी गाउँपालिका–२ की पुतली बोहोराले विगत एक वर्षदेखि व्यावसायिक रूपमा रैथाने बाली कोदा र कागुनो खेती गरेकी छन् ।

314
गजेन्द्र बुढाथोकी
मंगलबार, भदौ २४, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार एक कार्यक्रममा वर्तमान सरकारको समयमा ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि भएको यसको अपव्याख्या गरेर सरकारको आलोचना बढेको भन्दै पत्रकारहरूप्रति रिस पोखे । अर्थमन्त्री खतिवडाले मात्रै होइन, केही समयअघि प्रधानमन्त्रीका मुख्य सल्लाहकार डा. कुन्दन अर्यालले पनि यही विवरणलाई अघि सारेर इतिहासकै उच्च आर्थिक वृद्धिदर भएको भन्ने ट्विट गरेका थिए । पहिलो कुरा त यो उत्पादकको मूल्यमा जारी प्रक्षेपित आर्थिक वृद्धिदरमात्र हो ।

507
दामोदर तिमल्सेना
सोमवार, भदौ २३, २०७६

राजनीतिक परिवर्तन संस्थागत हुँदै गएको अवस्थामा कर्मचारीतन्त्रलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा एकातिर सार्वजनिक सेवा प्रवाहमा प्रतिकूल प्रभाव परेको छ भने अर्कातिर कर्मचारीहरूको वृत्तिविकासमा अन्योल सिर्जना भएको छ । पमा लिन सकिन्छ, तर जातीय आधारमा यसको दुरुपयोग भइरहेको छ । जातीय आधारमा पनि आर्थिक तथा सामाजिक रूपले सम्पन्न वर्गले नै यसको फाइदा लिनु, एकै व्यक्तिले पटक–पटक यसको फाइदा लिनु, कुनै निश्चित समयका लागि भए पनि जातीयताका आधारमा दीर्घकालीन आवश्यकताको विषय बनाइनु, गरिब, असहाय, उत्पीडित वा पिछडिएको क्षेत्रका मानिसहरूको संरक्षण, उत्थान, सशक्तीकरण र आरक्षणको लागि खासै पहल नहुनु नै यो व्यवस्थाको नकारात्मक पक्षहरू हुन् ।

326
प्रकाश शर्मा 
सोमवार, भदौ २३, २०७६

जम्मा ५५ वटा एयर स्ट्रिप छन्, जसमध्ये ३३ वटा मात्रै सञ्चालनमा छन् । यीमध्ये प्रायः दुर्गमका एयरपोर्टहरू सञ्चालनमा आएका छैनन् । कुनै समय टिकट पाउन हम्मे–हम्मे हुने कतिपय विमानस्थल एक्कासि निकम्मा भए भने कतिपय निर्माण भएर चौरमा मात्रै सीमित भए । यो विडम्बनापूर्ण अवस्था आउनुका कारण धेरै होलान्, तीमध्ये केही यहाँ प्रस्तुत गरिएको छ । दुर्गममा सेवाको दौरान हासिल गरेका यात्रु तथा सज्जनवृन्दहरूको भनाइलाई आधार मानेर केही समस्या केलाउने प्रयास गरिएको छ ।

545
जगदीश दाहाल
सोमवार, भदौ २३, २०७६

संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षा पूरा गर्न स्वेच्छाले एकताबद्ध व्यक्तिहरूबाट स्थापित संगठन सहकारी हो । समाजका विभिन्न तप्काका नागरिकहरूमा रहे–भएको नगद सहकारीको माध्यमबाट जम्मा गरी सदस्यहरूबीचमा मात्रै परिचालन हुने अर्थात् एक–अर्काको उद्यम–व्यवसायमा मद्दत पु¥याउने कुरा भएकाले सहकारीको अवधारणा आफैंमा अत्यन्त राम्रो हो ।

2514
भगवान खनाल
आइतवार, भदौ २२, २०७६

आज निजामती दिवस । अपराह्न ४ बजे सिंहदरबारभित्र विविध कार्यक्रम पनि गरिँदैछ । हरेक वर्षका निजामती दिवसका नारा भने त्यसले प्रवाह गरेको सेवाले कुरीकुरी बनाइरहेको प्रतीत हुन्छ । संसारभर सार्वजनिक प्रशासन त्यहाँका जनताको सेवाप्रवाहको कार्यका लागि बनेको सार्वजनिक निकाय हो । यसलाई देशको सार्वजनिक प्रशासन हाँक्ने एक मियो मानिन्छ ।

2436
रिसव गौतम
आइतवार, भदौ २२, २०७६

सन् १९३० को विश्व आर्थिक मन्दीको प्रभावस्वरूप अन्तर्राष्ट्रिय व्यापारमा उदारीकरणका कदमलाई अधिकांश मुलुकबाट आर्थिक रणनीतिका रूपमा स्वीकार गरिएको पाइन्छ । विश्वयुद्धले जर्जर बनाएको विश्व अर्थव्यवस्थालाई पुनर्जीवन दिने प्रयास सन् १९४४ बाट भएको पाइन्छ । सन् १९४४ भएको ब्रेटन उड सम्मेलनबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक अभिवृद्धि र मौद्रिक स्थिरताका लागि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय व्यापार संगठन लगायतको स्थापना गरिएको थियो । यो संस्था मध्ये विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष कार्यान्वयनमा आउन सफल रहे । अन्तर्राष्ट्रिय व्यापार संगठन भने कार्यान्वयनमा आउन सकेन ।

331
दिलीपकुमार मुनंकर्मी
आइतवार, भदौ २२, २०७६

बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ०७५-७६ वित्तीय विवरणमा ६५ अर्ब रुपैयाँ मुनाफा देखाएपछि बैंकले बढी नाफा कमाउन थालेका नियन्त्रण गर्नुपर्छ भन्ने सर्वत्र आवाज उठ्यो । तर, बैंकहरूको मुनाफाका लागि परिचालित रकम, सञ्चालन तथा कर्मचारी खर्च र आयकर कटाएर बाँकी रहेको खुद मुनाफाबाट नियामकीय कोष छुट्याउँदा सेयरधनीको हातमा पर्ने लाभांशको दर मुद्रास्फीतिलाई समेत नधान्नेतर्फ कसैको ध्यान पुगेको देखिन्न ।

3171
गोविन्द चापागाईं
शुक्रवार, भदौ २०, २०७६

राजधानीको उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा महामेला लागेको छ । भाद्र शुक्ल अष्टमी अर्थात् कागे अष्टमीका दिन बर्सेनि यहाँ मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ । यो महामेला ३ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने आयोजकले बताएको छ ।

413
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

दलविहीन पञ्चायती व्यवस्थामा औद्योगिक विकासको जग बसाल्ने प्रयास नभएको थिएन, तर निजी क्षेत्रको पहुँच र भूमिका सीमित थियो । विशेष गरी जलविद्युत्को क्षेत्रमा राज्यको उपस्थितिलाई सीमित गरिएको थियो । २०४७-४८ ताका स्थापना भएको सरकारले देशमा आर्थिक विकासलाई जोड दिन सर्वदलीय बहस सुरु गरियो । बहसमा भएको निष्कर्षले एउटा औद्योगिक लगानी मञ्च खडा गर्ने निधो भयो ।

362
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

वित्तीय संस्थाहरूले व्यक्ति तथा व्यावसायिक समूहहरूसँग करार गर्ने ब्याज र ब्याजदरको अभ्यास झट्ट हेर्दा सम्पूर्ण रूपले प्राविधकजस्तो लागे पनि यसको सामाजिक पक्ष पनि उत्तिकै महत्वपूर्ण र झन् सान्दर्भिक हुन आउँछ । साहू–महाजनकहाँ गई ब्याजमाा पैसा लिएर गर्जो फुकाउने हाम्रो नेपाली परम्पराले वि.सं. १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको स्थापनासँगै संस्थागत रूप हासिल गरेको इतिहास सर्वविदितै छ । स्थापनाकालमा सो बैंकको मुख्य काम भनेकै धितोमा निक्षेप स्वीकार गरी ब्याजमा कर्जा प्रवाह गर्ने थियो ।

328