प्रा.डा. विकाशराज सत्याल
बिहिवार, फाल्गुन ३, २०७४

समृद्धि अचेल हरेकको मुखमा झुन्डिएको शब्द बनेको छ । प्रदेश र केन्द्रमा जितेका सबै प्रतिनिधिको एउटै चाहना सुनिन्छ, ‘आफ्नो क्षेत्रमा समृद्धि ल्याउने’ । अचेल यही शब्द जप्नाले आफू लोकप्रिय हुन सक्ने सबैले अनुमान गरेको देखिन्छ । तर, समृद्धि ल्याउने कसरी, भन्नेचाहि थोरैले मात्र सोचेका होलान् । किनकि यसका लागि ज्ञान र अनुभवबाहेक इमान्दारीपूर्ण कर्मठता चाहिन्छ जो देशमा अचेल अधिकांशमा सकिन लागेको संकेत देखिँदै छ ।

2128
सुनिता भण्डारी घिमिरे
बुधवार, फाल्गुन २, २०७४

महिला सशक्तीकरण अभियानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न उपकरणमध्ये लघुवित्त पनि एक हो । कतिपय अवस्थामा महिला सशक्तीकरण अभियानमा नकारात्मक प्रभाव पारेको भनेर आलोचना खेप्नुपरे पनि लघुवित्तले समाजमा महिलाहरूलाई सशक्त बनाउन खेलेको भूमिकालाई बेवास्ता भने गर्न सकिँदैन ।

1751
प्रल्हाद गिरी
बुधवार, फाल्गुन २, २०७४

“नयाँ सरकार आउनेबित्तिकै उद्योगको फाइल धमाधम अगाडि बढ्छ,” आइतबार नेपाल व्यवस्थापन संघको कार्यक्रममा एमाले अध्यक्ष तथा ‘पीएम इन वेटिङ’ केपी शर्मा ओलीले भने । उनको यो भनाइले अहिले समग्र औद्योगिक जमात हौसिएको छ । वैदेशिक लगानी भित्र्याउनुपर्ने चर्चा चलिरहेकै बेला स्वदेशी लगानीकर्तालाई पनि कसरी उद्योग खोल्ने वितृष्णा र अन्यमनस्कतालाई चिर्ने भन्ने टड्कारो आवश्यकतामाझ ओलीको उक्त भनाइले सार्थकता पाउन वाम गठबन्धनको आर्थिक मार्गचित्रले कसरी काम गर्ने हो भन्नेतिर सोच्न बाध्य तुल्याएको छ ।

1594
नारायण पौडेल
मंगलबार, फाल्गुन १, २०७४

तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता हो । त्यसैले बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ र बैंकले यस्तो क्षमतामा असर नपर्ने गरी कर्जा नीति तय गर्नुपर्छ । बैंकमा व्यक्ति तथा विभिन्न संघसंस्था, कम्पनी, संस्थान आदिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं बैंकको हुन्छ ।

2810
गजेन्द्र बुढाथोकी
मंगलबार, फाल्गुन १, २०७४

हालै मात्र सञ्चारकर्मी, डाक्टरसहितका केही व्यक्तिले आफूले ७–८ प्रतिशतमा लिएको ऋणको ब्याजदर अहिले १३ देखि १७ प्रतिशतसम्म पुर्याइएको भन्दै बैंकहरूप्रति सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे । बैंकहरूको ब्याज वृद्धिको चक्रमा प्रायः सबै वित्तीय क्षेत्रबाट ऋण खानेहरू परेका छन् । तरलता अभाव र अन्य विभिन्न कारण जनाउँदै ब्याज वृद्धि गर्ने प्रवृत्ति नेपालको बैंकिङ क्षेत्रमा विगत केही वर्षदेखि हाबी हुँदै गएको छ ।

2261
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

राष्ट्रिय बजेट खर्चको प्रवृत्ति, विप्रेषणलगायत अन्य चरहरूबाट वित्तीय स्रोत विस्तार एवं संकुचन गराई समग्र आर्थिक क्रियाकलापलाई सन्तुलित गराउँदै निर्दृष्ट आर्थिक लक्ष्य प्राप्तिमा टेवा पुर्याउन केन्द्रीय बैंकले वार्षिक रूपमा मौद्रिक नीति तर्जुमा गर्ने गर्छ । बजारमा हुने वित्तीय स्रोतको विस्तारसँगै वित्त बजारमा तरलताको सहजता सिर्जना हुन्छ भने संकुचनसँगै तरलताको संकट देखा पर्न थाल्छ, जसबाट बैंकिङको व्यावसायिक विस्तार तथा मुनाफा प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित बन्छ ।

1193
रत्न प्रजापति
सोमवार, माघ २९, २०७४

नेपाललाई कृषिप्रधान देश भनिन्थ्यो र अझै पनि कृषिप्रधान देश नै भनिँदै छ । अद्यापि देशका ६७ प्रतिशत जनसंख्या कृषिमा संलग्न रहेको सरकारी तथ्यांक पनि छ । तर, यही तथ्यांकलाई आधार मानेर मात्रै देशलाई कृषिप्रधान देश भन्नुचाहिँ असान्दर्भिक भइसकेको छ । बरु कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दै गएको र रेमिट्यान्सको योगदान बढ्दै गरेको अवस्थामा देशलाई रेमिट्यान्सप्रधान देश भन्नु उपयुक्त हुने देखिएको छ ।

1547
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

नयाँ संविधानको कार्यान्वयनका क्रममा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय तहका प्रतिनिधिका तुलनामा स्थानीय जनप्रतिनिधि र आमजनताबीचको सम्बन्ध निश्चय नै नजिक र भावनात्मक हुने गर्छ । यही कारण स्थानीय चुनाव अन्य दुई तहको चुनावको दाँजोमा मतदानका दृष्टिकोणले अब्बल हुन पुगेको हो ।

1782
दिलीपकुमार मुनंकर्मी
आइतवार, माघ २८, २०७४

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकहरूले मुनाफा तथा अन्य वितरणयोग्य कोषहरूको रकम परिचालन गरेर यथाशक्य बोनस सेयर जारी गरे भने उल्लेख्य परिणाममा हकप्रद सेयरसमेत बिक्री गरे । केही बैंकहरू मर्जर र प्राप्तिमा गए । तैपनि आव ०७४-७५ को दोस्रो त्रैमाससम्म १९ वटा बैंकले मात्र तोकिएको पुँजी पुर्याए, ९ वटा बैंक पुँजी जुटाउन प्रयासरत छन् । हुन त बैंकहरूको पुँजी कति चाहिन्छ भन्ने पुँजी पर्याप्तता मापदण्डले निर्देशन र नियन्त्रण गर्छ ।

3254
पदमराज अवस्थी
शुक्रवार, माघ २६, २०७४

सागिना दिदी कोइरालो भेना मेरी मउ पाल्दिया, म झुसे वैशाख आउँला मेरी गाली जन दिया । सुदूर तथा मध्यपश्चिम क्षेत्रका मेला–पाखामा गाइने यो डोटेली लोकगीत वि.सं. २०२७ मा यो क्षेत्रमा ठूलो भोकमरी आइलागेपछि रचिएको लोकप्रिय गीत हो । यो गीतले माघदेखि चैतसम्म सागिना र कोइरालो खाएर बाँच्नु र वैशाखमा मात्र झुसे जौ आउँछ, त्यसपछि आटा (जौको पीठो) खाएर बाँच्नु भन्न खोजेको हो ।

2627
प्रा.डा. कमलराज ढुंगेल
शुक्रवार, माघ २६, २०७४

आर्थिक समृद्धिका कुरा सहजै हुने गरेका छन् । आर्थिक समृद्धिका निमित्त उच्च आर्थिक वृद्धिदर हुनु जरुरी हुन्छ । आर्थिक वृद्धिदर भन्नाले प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुनु हो । कुल गार्हस्थ्य उत्पादन भन्नाले एक वर्षभित्र नेपालको अर्थव्यवस्थामा विभिन्न क्षेत्रले आर्जन गरेको आम्दानीको कुल योग हो । यसरी प्राप्त गर्ने आम्दानीमा वर्षैपिच्छे थप आम्दानीको आशा गरिएको हुन्छ । आर्थिक समृद्धिका निमित वार्षिक आम्दानीमा हुने थप आम्दानीमा उच्च दरले वृद्धि हुनु जरुरी हुन्छ ।

2289
ज्ञानबहादुर अर्याल
बिहिवार, माघ २५, २०७४

पर्यटन क्षेत्रले बहुआयामिक पक्षहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्छ । मानव सभ्यताको आधुनिकीकरणसँगै पर्यटन क्षेत्रको विकास भएको हो । घुमफिरबाट सुरु भएको पर्यटन क्षेत्र हाल आएर मेडिकल पर्यटन, आध्यात्मिक पर्यटन हुँदै अन्तरिक्ष पर्यटनसम्म पुगेको छ । सही योजना र नीति–निर्माणका लागि तथ्यपरक सूचना तथा तथ्याङ्कको आवश्यकता पर्छ । वस्तुनिष्ठ तथ्याङ्कबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन क्षेत्रको सही आकलन र प्रक्षेपण गर्ने गरिन्छ ।

2226
कमल रेग्मी
बिहिवार, माघ २५, २०७४

सामाजिक एवं प्राकृतिक कारणबाट उत्पन्न हुन सक्ने जोखिमको हस्तान्तरणबाट वित्तीय सुरक्षाको रक्षावरण गर्ने व्यवसायलाई बिमा भनिन्छ । अर्थतन्त्रका आधारशिलाका रूपमा रहेका प्रमुख दुई खम्बामध्ये एक बिमा व्यवसाय हो । राज्यको अर्थतन्त्र कतिको चलायमान र गतिशील छ भनी मूल्यांकनको सूचकमा बिमाको अंश उच्च रहने गर्छ । विश्वमा इसापूर्वदेखि नै व्यापार–व्यवसायको विकासका लागि बिमा व्यवसायलाई साथसाथै लिएर अगाडि बढेको यियो । त्यसै गरी विश्वमा पञ्चवर्षीय योजनाको सुरुवात सन् १९२८ मा रूसबाट भएको हो ।

1519
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

केही वर्षअघि सरकारले चितवन र धादिङका राजमार्गमा सञ्चालित सवारी यात्री लक्षित होटलको अनुगमन र स्तर निर्धारण गर्ने कार्य गर्यो । त्यो प्रयत्न पर्याप्त र दिगो हुन सकेन । सामान्यतया केही होटललाई सरसफाइ गर्न दबाब पर्यो। देखिने सरसफाइ त्यस क्षेत्रका होटलको प्रमुख समस्या होइन । पर्याप्त खुला ठाउँ र पानीको सुविधा भएको ठाउँमा सरसफाइ सहजै हुन्छ । त्यस्ता होटलमा यात्रीले भोग्नुपर्ने समस्या र त्यसका समाधानका उपाय अलि फरक ढंगले सम्बोधन गर्नुपर्छ र यो काम नियमित गर्नुपर्छ ।

2384
डा. अतीन्द्र दाहाल
बुधवार, माघ २४, २०७४

समयक्रमको उतारचढावसँगै यो संसारलाई नियमित रूपमा अनेकन अपेक्षित तथा अनपेक्षित समस्याहरूले घेर्दै लगेको छ । राजनीतिमा आधारित शक्ति र दम्भले निर्माण गरेका अतिवादी अनि जडसूत्रवादी चिन्तनका अतिरिक्त विभिन्न अववयहरू भएका सामाजिक तथा मनोवैज्ञानिक सशक्त समस्याहरू पनि सतहमा आउँदै छन् । यस्ता अनौठा समस्याको चंगुलमा एजिङ भनिने वृद्घ उमेर भएका मानिसहरूको संख्यामा उच्च बढोत्तरी पछिल्लो नयाँ समस्या बन्दै छ । विख्यात लेखक जलमान स्यालोमी आफ्नो पुस्तक ‘फ्रम एजिङ टु सेजिङ’मा यसलाई एक घातक समस्याका रूपमा चित्रण गर्छन् ।

1861