रमेश भट्टराई
मंगलबार, फाल्गुन २९, २०७४

नेपालमा ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ । नेपाललाई कृषिले समृद्धिको दिगो मार्गमा डोर्याउन सक्ने देखिन्छ, तर यसका लागि आधुनिक पद्धति र नवीन सोचको भरपर्दो माध्यम आवश्यक छ । हाम्रो देशको तराई क्षेत्रलाई अन्नको भण्डार त भनिँदै आइयो, तर बाँझो जग्गा र कमाइ योग्य जमिन भएर पनि उचित रूपमा व्यवस्थापन गर्न सकिएन ।

2051
गजेन्द्र बुढाथोकी
मंगलबार, फाल्गुन २९, २०७४

यतिखेर नेपालमा सबैभन्दा बलियो शासक-प्रशासक को होला ? प्रधानमन्त्री–मन्त्रीहरू, मुख्यमन्त्री, मुख्य सचिव–सचिवहरू, गभर्नर वा अन्य ! एकपटक अनुमान लगाऊँ । वास्तविकता तपाईं–हामीले सोचेभन्दा फरक छ । बरु दुईतिहाइ बहुमतसहित बनेको सरकारका प्रधानमन्त्री वा मन्त्रीहरूलाई भेट्न वा उनीहरूसमक्ष आफ्ना समस्या राख्न सजिलो होला, देशमा धनाढ्यहरूको नयाँ शासक वा सामन्त बन्दै गएका बैंकरहरूलाई एक सामान्य नागरिकका नाताले भेट्न त्यति नै कठिन छ ।

2638
नारायण पौडेल
सोमवार, फाल्गुन २८, २०७४

विगतका सरकारले जनजीविकाका धेरै सवालमा यथेष्ट कार्यहरू गर्न नसकेको कुरा हामीमाझ स्पष्ट छ । वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले तहसनहस बनाएको नेपाली जनजीवनलाई सामान्य अवस्थामा फर्काउने सरकारी प्रयास सुस्त देखियो र पीडितले हालसम्म पनि भनेबमोजिम राहत पाउन सकेका छैनन् ।

1445
लीलाराज ढकाल
सोमवार, फाल्गुन २८, २०७४

नेपालको राज्य प्रणालीमा राणाकालदेखि नै सञ्चालकहरूले राज्यलाई सुशासनको मार्गमा चलाउनुभन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्ति कायम छ । अर्को अर्थमा भन्नुपर्दा हालसम्म जनता प्रवृत्ति राज्यसत्तामा पुगेकै छैन । नेपालको परिवेशमा यहाँका राज्यसंयन्त्रलाई चलायमान बनाउने पदाधिकारीहरू चाहे कर्मचारीहरू हुन् वा राजनीतिक दलका पदाधिकारीहरू नै हुन्, कालो धनलाई सेतो बनाउने कामबाट नै सबै सुरक्षित हुन महसुस गर्ने गरेको विगतका अभ्यासबाट देखिएको छ ।

1499
रमेश घिमिरे
आइतवार, फाल्गुन २७, २०७४

जापान, अस्ट्रेलिया, इजरायल, युरोपदेखि कोरिया, मलेसिया तथा खाडी मुलुकहरूमा दुई–चार वर्ष काम गरेर १–२ करोड रुपैयाँसहित फर्केका युवाले विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरूबाट अनुत्पादक क्षेत्र घरजग्गाका साथै उत्पादक क्षेत्र मध्यमस्तरका उद्योग जस्तै रेस्टराँ, कृषि फार्म, यात्रु बसलगायतमा भइरहेको छ ।

14062
दिलीपकुमार मुनकर्मी
आइतवार, फाल्गुन २७, २०७४

सामूहिक लगानी कोषसम्बन्धी कानुनको निर्माणपश्चात् नेपाली धितोपत्र बजारमा सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरूको उपस्थिति अहिले १४ पुग्न लागेको छ । लगानीयोग्य ससाना रकम एकत्रित गरी धितोपत्र बजारलाई चलायमान बनाउन यिनीहरूको उल्लेख्य भूमिका रहनेमा दुईमत रहन्न । सामूहिक हित र जोखिम न्यूनीकरण सिद्धान्तका आधारमा मुनाफा बाँडफाँड तथा जोखिम वहनका लागि स्थापित तथा सञ्चालित कोष नै सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्ड हुन् ।

1648
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

अहिलेका जनप्रतिनिधिहरूले नागरिक समाजलाई कतै बिर्सिन खोजेको त होइन भन्ने भान भइरहेको स्थानीय नागरिक अगुवाहरूको अनुभव छ । यो स्थानीय सरकारका जनप्रतिनिधिहरूको कार्यशैलीबाट पनि प्रस्ट हुन्छ । संस्था दर्ता ऐन २०३४ अनुसार सरकारले राखेका उद्देश्य, नीति तथा कार्यक्रम र योजनाहरूलाई सहयोग गर्ने उद्देश्यका साथ नागरिक संस्थाहरू स्थापना भएका हुन् ।

3041
रत्न प्रजापति
शुक्रवार, फाल्गुन २५, २०७४

राज्यको आयको प्रमुख स्रोत नै राजस्व हो । आयकर, भन्सार महसुल, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी कर आदि राज्यको आयका स्रोत हुन्, जसलाई समग्रमा राजस्व भनिन्छ । भन्सार कार्यालय, अन्तःशुल्क कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालय आदि राज्यका लागि राजस्व संकलन हुने मुख्य केन्द्र हुन् ।

1828
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

वित्तीय साक्षरता भनेको सामान्य अर्थमा आम्दानी, खर्च, बचत र लगानी तथा कर्जालाई व्यवस्थित ढङ्गबाट व्यवस्थापन गर्नु हो । नेपालको परिदृश्यमा हेर्ने हो भने सीमित मानिसमा मात्रै वित्तीय साक्षरता अथवा ज्ञान रहेको पाइन्छ । ज्ञान भएर पनि कतिपयले यसलाई व्यवहारमा लागू गर्न सकिरहेका छैनन् । ग्रामीण क्षेत्रको तुलनामा सहरबजारमा धेरै मानिसमा वित्तीय ज्ञान रहेको पाइन्छ, तर ग्रामीण क्षेत्रमा त शून्य नै छ भन्दा पनि फरक पर्दैन ।

2601
जगदीश दाहाल
बिहिवार, फाल्गुन २४, २०७४

राज्य कति स्वतन्त्र र सक्षम छ भन्ने कुराको मुख्य सूचक अर्थतन्त्र नै हो । अर्थतन्त्र जति मजबुत भएर समृद्धितर्फ उन्मुख हुन्छ, मुलुक त्यति नै बलियो हुन्छ । नेपालको संविधान २०७२ को भाग ४ धारा ५१ (घ) मा राज्यले के–कस्तो नीति अवलम्बन गर्ने भन्ने कुरा उल्लेख छ । त्यसैगरी भाग ५ धारा ५७ मा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडबारे, भाग १५ धारा १९७ मा प्रदेशसभाको व्यवस्थापकीय अधिकारबारे र भाग १३ धारा १६२ मा प्रदेशको कार्यकारिणी अधिकारबारे तथा अनुसूची ५, ६ र ७ मा संघ र प्रदेशको साझा अधिकारबारे व्यवस्था गरिएको देखिन्छ ।

5089
ढुनबहादुर बुढाथोकी
बुधवार, फाल्गुन २३, २०७४

दूरसञ्चार प्रविधिको आविष्कार आजभन्दा १ सय ४१ वर्षपूर्व अर्थात् सन् १८७६ मा भएको थियो । अहिले दूरसञ्चारका क्षेत्रमा पूर्ण परिवर्तन भएको छ । आकाशवाणी तथा टेलिग्राफ इतिहास भएको छ । एनालग प्रविधिलाई डिजिटल प्रविधिले विस्थापन गरेको छ । वायरलाइनको विकल्पमा वायरलेस प्रविधि विकास भएको छ । पहिलो तथा दोस्रो पुस्ताको इन्टरनेटलाई तेस्रो तथा चौथो पुस्ताको इन्टरनेटले प्रतिस्थापन गर्दो छ ।

1317
रुप खड्का
बुधवार, फाल्गुन २३, २०७४

मूल्य अभिवृद्धि कर (मूअक) लाई वाइनसँग तुलना गरिन्छ । वाइन जति पुरानो हुँदै जान्छ त्यति नै स्वादिलो हुन्छ । यसैगरी मूअक जतिजति पुरानो हुँदै जान्छ, यसको कार्यान्वयन परिष्कृत हुँदै यो राजस्वको महत्वपूर्ण स्रोत बन्दै जान्छ । मूअकसम्बन्धी उक्त अवधारणाबाट नेपालको अनुभव पनि टाढा छैन, यद्यपि मंसिर १, २०५४ देखि नेपालमा लागू भएको यस करका प्रारम्भिक दिनहरू त्यति सहज थिएनन् ।

1696
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

हालै दोलखा जिल्लाअन्तर्गत शैलुङ गाउँपालिकाले चर्नावती जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रोपावर डेभलपर लिमिटेडलाई वार्षिक रु. १० लाख कर लगाउने विषयको समाचारले ध्यानाकर्षण गरेकाले यो लेख लेख्ने प्रयास गरेको छु । नेपालको संविधानको अनुसूची ८ अनुसार स्थानीय तहले स्थानीय करका नाममा सम्पत्ति कर (एकीकृत घरजग्गा कर), घरबहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, भूमिकर (मालपोत), मनोरञ्जन कर, विज्ञापन कर र व्यावसाय कर लगाउन सक्नेछन् भने गैरकरअन्तर्गत सेवा शुल्क, दस्तुर, पर्यटन शुल्क र दण्ड–जरिवाना गर्न सक्नेछ ।

2711
गजेन्द्र बुढाथोकी
मंगलबार, फाल्गुन २२, २०७४

वाम गठबन्धनको सरकारले आफ्नो कार्यभार आरम्भ गरेसँगै अर्थतन्त्रका अपेक्षाहरू क्रमशः सार्वजनिक हुँदै छन् । निजी क्षेत्रका संस्थाहरू लाइन लागेर नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न अर्थमन्त्रालय पुगिरहेका छन् । अर्थमन्त्री डा. खतिवडाले सेयर बजारमा लगानीलाई ‘अनुत्पादक’ भन्ने टिप्पणी गरेकै भरमा नेपालको एकमात्र पुँजीबजारले छहरे गति लियो भनेर टिप्पणी गर्ने भुइँफुट्टा बजार विश्लेषकहरू पनि निस्केका छन् ।

1588
रमेश घिमिरे
सोमवार, फाल्गुन २१, २०७४

नकारात्मक सोच कसरी त्याग्ने, सकारात्मक सोच कसरी बढाउने भनेर कयौं तालिम, सेमिनार, गोष्ठी, प्रवचन हुने गर्दछन् । मानिसहरूले मिहेनत गरेर कमाएको धन त्यसका लागि खर्च गरिरहेका छन् र रिसोर्स पर्सन भनिनेले यसबाट आम्दानी गरिरहेका छन् । इन्टरनेट र भौतिक समाज दुबैमा यो उदाउँदो नाफाको व्यवसाय बनिरहेको छ ।

5149