ढुनबहादुर बुढाथोकी
बुधवार, आश्विन १०, २०७५

पछिल्लो तीन वर्षयता केरुङ–काठमाडौं रेल कनेक्टिभिटीको प्रसंगले राम्रै चर्चा पाउने गरेको छ । रेल कनेक्टिभिटीको कुरा गर्नुपूर्व चिनियाँ रेल इतिहास कोट्याउनु प्रासंगिक हुन्छ । जहाँसम्म चिनियाँ रेल इतिहासको कुरा छ, चीनमा पहिलो पटक सन् १८६४ मा रेल सञ्चालनमा आएको थियो । भारत तथा नेपालमा जस्तै उक्त रेल ब्रिटेनले व्यापारिक लाभका लागि सञ्चालनमा ल्याएको थियो ।

2640
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

हेर्दाहेर्दै नेपाल इन्जिनियरिङ कलेज (नेक) स्थापना भएको २४ वर्ष पूरा भई २५ औं वर्षमा प्रवेश गरेको छ । ‘नेपालमा गैरसरकारी क्षेत्रमा इन्जिनियरिङ शिक्षा सम्भव नै छैन’ भन्ने खालको धारणा नेपालका शिक्षाविद् तथा प्राविधिक विशेषज्ञहरूमाझ व्याप्त रहेको समयमा असम्भवलाई सम्भव पारेर देखाउने आँट सबभन्दा पहिले नेपाल इन्जिनियरिङ कलेज (नेक) का सात जना संस्थापकहरूले २०५१ सालमा गरे । त्यो आँटलाई मूर्त रूप दिने काम नेकलाई विश्वास गरी भर्ना हुन आउने पहिलो भर्ना ब्याचका विद्यार्थी रहे । नेकको भविष्यमा प्रश्नचिह्न लागेका बेला आफ्नो पेसालाई दाउमा राखी पढाउन आउने शिक्षक र शिक्षिकाले गरे ।

1871
गजेन्द्र बुढाथोकी
मंगलबार, आश्विन ९, २०७५

यतिखेर सामाजिक सञ्जालहरूसहित आमसञ्चारका माध्यमहरूमा दुई खालका बहस देखिन्छन्— निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु हुँदैन भन्ने र अर्को विमानस्थल बनाइनैपर्छ भन्नेहरू ।

3614
पोष्ट केसी
सोमवार, आश्विन ८, २०७५

नेपालको विडम्वना जुनसुकै दल होस् वा व्यक्तिमा सरकारमा जानेबित्तिक्कै र कुर्सी पाउनेबित्तिक्कै विभिन्न नीति, कार्यनीति र रणनीति लागू गरेर सबैलाई ठीक पार्ने सोच पलाउँदो रहेछ । सरकारभन्दा बाहिरका नागरिकले राम्रो नराम्रो के भन्छन् भनेर बुझाने त्यही अनुसार अगाडि बढ्ने परम्परा नै छैन ।

1414
डा. सुमनकुमार रेग्मी
सोमवार, आश्विन ८, २०७५

नेपालमा खुला सिमानाका कारण जडीबुटीको चोरी–निकासी व्यापक हुने गरेको देखिन्छ । बजार मूल्य उच्च भएपछि जिल्ला–जिल्लामा पाइने महत्वपूर्ण सुनाखरीलगायतका जडीबुटीको चोरी–निकासी बढ्दै गएको भनिन्छ ।

1676
सुदीप बस्नेत
आइतवार, आश्विन ७, २०७५

सोचले हामीलाई बनाउँछ पनि र बिगार्न पनि सक्छ । धेरैजसो समय हाम्रो वरपर वा बाहिर के भइरहेको छ त्यो भन्दा पनि हाम्रो भित्र के भैरहेको छ त्यसले महत्वोपूर्ण भूमिका खेल्दछ ।

3169
दिलीपकुमार मुनकर्मी
आइतवार, आश्विन ७, २०७५

आर्थिक वर्षको अन्त्य र कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरणहरूको प्रकाशनसँगै लगानीकर्ताहरू सम्भावित लाभांशको अनुमान तथा कारोवारीहरूसंभावित लाभांशले मूल्यमा पार्नसक्ने सकारात्मक र नकारात्मक प्रभावको पूर्वानुमान गर्दै सेयर किनबेचका लागि सल्बलाउन थालेका छन् । वास्तवमा लाभांश भनेको कम्पनीले आर्जन गरेको खुदमुनाफाबाट प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गरी बाँकी रहेको रकमबाट लगानीकर्ताहरूलाई वितरण गरिने प्रतिफल हो ।

5470
भगवान खनाल
शुक्रवार, आश्विन ५, २०७५

वि.सं २००८ सालको पहिलो बजेटबाट नेपालमा सार्वजनिक वित्त व्यवस्थापनको आधुनिक विकास भएको देखिन्छ । सरकारी सयन्त्रमार्फत गरिने आम्दानी र खर्चको एकीकृत स्वरूप नै सार्वजनिक वित्तीय व्यवस्थापन हो । यस लेखमा सरकारी (सामुदायिक) विद्यालयको सार्वजनिक वित्त व्यवस्थापनका आधारभूत सबालहरू उठान गर्न खोजिएको छ ।

3028
प्रा. डा. हरि शर्मा
शुक्रवार, आश्विन ५, २०७५

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरूको उडान र अवतरणको बढ्दो चापलाई मध्यनजर राखेर अब उप्रान्त थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नेपाल आउने इजाजत प्रदान नगर्ने निर्णय गरेको छ । अघिल्लै सम्झौतानुसार थाइल्यान्डको लायन एयर र ओमनको सलाम एयरले नेपालमा आफ्नो सेवा थालिसकेको अवस्था छ ।

1900
कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

नेपाल राजनीतिक संक्रमणबाट गुज्रिरहदा आमनेपाली नागरिक यसबाट कहिले पार पाइएला र विकासले गति लेला भनेर कुरेर बसिरहेका थिए । तर, संविधान कार्यान्वयन भएर स्थिर सरकार बनेपछि विकास अघि बढ्ला कि भन्ने लागेको छ । स्थिर सरकारले पनि अब आर्थिक क्रान्ति अघि बढाउनुपर्छ भन्दैछ ।

1214
कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

सामान्यतया मानिसका आधारभूत आवश्यकताहरूको परिपूर्तिका लागि आवश्यक पर्ने रकम र यसको उचित व्यवस्थापन गर्ने प्रणालीलाई अर्थतन्त्रका रूपमा बुझ्न सकिन्छ, अर्थात् मानिसका आधारभूत आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, विनिमयका माध्यमबाट बिक्री–वितरण र यसको उपभोगको व्यवस्थापन गर्ने आर्थिक प्रणाली नै अर्थतन्त्र हो ।

2232
डा. भरतराम ढुंगाना
बुधवार, आश्विन ३, २०७५

वित्तीय समावेशीकरणमा वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहे पनि अधिकांश यस्ता संस्थाहरू बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सहरी तथा अर्धसहरी क्षेत्रहरूमा सीमित रहेको पाइन्छ । वाणिज्य बैंकलगायत अन्य वित्तीय संस्थाहरूको संख्या तथा शाखाहरूको विस्तारमा हरेक वर्ष उल्लेखनीय रूपमा वृद्धि हुँदै आए पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसले बैंकिङ तथा वित्तीय सेवाहरू सहज रूपमा प्राप्त गर्न नसक्नु वित्तीय क्षेत्रको एउटा प्रमुख चुनौती हो । वित्तीय पहुँच क्षेत्रगत रूपमा विश्लेषण गर्दा प्रदेश ६ र ७ मा सन्तोषजनक छैन ।

2361
प्रकाश शर्मा ढकाल
बुधवार, आश्विन ३, २०७५

नेपालको अर्थतन्त्रका प्रमुख आधार कृषि, ऊर्जा र पर्यटन हुन् । यसमा पनि पर्यटन क्षेत्र नेपालका लागि तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक लाभयुक्त क्षेत्र हो । नेपालको अर्थतन्त्रमा यस क्षेत्रको वास्तविक योगदानको आँकडा अहिले न त तथ्यांक विभागसँग रहेको छ, न त पर्यटन मन्त्रालयसँग नै ।

1488
गम्भीरबहादुर हाडा
मंगलबार, आश्विन २, २०७५

रसरकारी संस्थाहरू विशेष वर्ग र व्यवसायको हितका लागि स्वस्फूर्त रूपमा स्थापना र सञ्चालन हुने आपसी सद्भाव तथा समझदारीका आधारमा आफ्ना कार्यक्रमहरू अगाडि बढाउने हुँदा सरकारी क्षेत्रका तुलनामा बढी गतिशील, व्यावहारिक प्रभावकारी तथा कर्तव्यनिष्ठ भई कुनै पनि राष्ट्रको उत्थान र चौतर्फी विकास अभियानमा आफ्ना विविध कार्यक्रमको कार्यान्वयनद्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने मान्यता रहिआएको छ ।

2462
गजेन्द्र बुढाथोकी
मंगलबार, आश्विन २, २०७५

देशमा न पर्याप्त सरकारी लगानी छ, न त उद्योग–व्यवसायको नै विस्तार भएको देखिन्छ । रोजगारी सिर्जना त परै जाओस्, अलिअलि काम गरिरहेका युवावर्ग पनि हरेक दिन लर्को लागेर विदेश पलायन भइरहेका छन् । कृषिक्षेत्रको उत्पादनको अवस्था हेर्यो भने विरक्त लागेर आउँछ ।

1630