कारोबार संवाददाता
मंगलबार, असार २३, २०७७

नेपालमा जब आर्थिक वर्ष सकिन लाग्छ तब पूर्वाधार विकासको नाममा विनाशको खेती सुरु हुदै जाने गर्छ । हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास केवल बजेट सक्ने काम मात्रै हुने गरेको पाइन्छ । सरकारले बजेट पारित अघिल्लो वर्षको असारमै गरे तापनि बजेट सक्ने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा लापरवाही हुने गरेको छ । यसले गर्दा हरेक वर्ष विकास–निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हालेसरह भएको छ ।

228
अधिवक्ता सरोजकृष्ण घिमिरे
मंगलबार, असार २३, २०७७

राइट दाजुभाइले पहिलो पटक विमानको प्रदर्शन गरेर गाउँलेहरूलाई देखाउँदा यस यन्त्रले विश्व बजारको महत्त्वपूर्ण स्थान लिनेछ भन्ने कुरा कसैले सोचेका थिएनन् होला । तर, त्यही यन्त्र विकसित हुँदै जाँदा अहिले प्रत्येक वर्ष करोडौंभन्दा बढी व्यक्ति जहाजमा उड्ने गर्छन् । विज्ञानको विकासले क्रमशः फड्को मार्दै जाँदा विकासको अग्रगतिसँगसँगै विश्वले नयाँ–नयाँ यन्त्र र उपकरणहरू देख्न थाल्यो । त्यस्ता यन्त्रहरूमध्ये एउटा आश्चर्यजनक यन्त्र वायुयान थियो ।

265
रवीन्द्र भट्टराई
मंगलबार, असार २३, २०७७

सेयर तालिमको पहिलो दिन परिचयसँगै सबै सहभागीले सेयरबारे आफ्नो अनुभव बताउने कार्यक्रम थियो । यसै क्रममा विनोद नाम बताउने एक सहभागीले आफ्नो अनुभव सुनाउँदै भने, “मेरो बुवाको बाकसमा केही सेयर प्रमाणपत्र छन् । कहिलेकाहीं बैंकबाट ठूलो खाममा किताबजस्ता केही वार्षिक प्रतिवेदन भन्ने पनि आउँछन् । ती सेयर र प्रतिवेदनका बारेमा मलाई त्यति थाहा छैन । बुवा पनि अलिक पाको हुनुभयो । हिँडडुल गर्न पनि उहाँलाई गा-हो हुँदैछ । यसैले यो के रहेछ भनेर बुझ्नका लागि सिक्न आ’को ।”

551
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण गएको चैत ११ गतेबाट देश बन्दाबन्दीको अवस्थामा रहेको छ । यस अवस्थाले अहिले पनि निरन्तरता पाइरहेको छ, जसको प्रत्यक्ष रूपमा विद्यार्थीको शैक्षिक र शिक्षण सिकाइ गतिविधिमा नकारात्मक असर पारेको छ । आजका विद्यार्थी नै भोलिको राष्ट्रका लागि बलियो खम्बा हुन् । आजका दिनमा विद्यार्थीको प्रत्यक्ष कक्षा हुन नसक्दा विभिन्न प्रविधिहरूको प्रयोग गरेर भए पनि विद्यार्थीहरूले शिक्षा आर्जन गर्नुपर्ने अवस्था रहेको छ ।

232
बाबुकाजी कार्की
सोमवार, असार २२, २०७७

कोरोना संक्रमणका कारण शिक्षण संस्था अनिश्चितकालीन बन्द रहेको अवस्थामा सरकारले भर्खरै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको छ । यही असार १ गतेबाट घरमा बसेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ५० लाख विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको वैकल्पिक सिकाइ कार्यक्रम विवादरहित छैन । निजी विद्यालयमा अध्ययनरत ३० लाख बालबालिकालाई समेट्ने खालका शिक्षण सामग्री नभएको गुनासो सञ्चालकहरूको छ । सञ्चालन भइराखेको कार्यक्रमको वस्तुस्थिति हेर्दा र सरोकारवाला पक्षको प्रतिक्रिया सुन्दा असार महिनाका लागि मात्र छुट्याइएको २५ करोड रुपैयाँको लगानी बालुवामा पानी नहोला भन्न सकिन्न ।

180
विजयराज पोखरेल
सोमवार, असार २२, २०७७

कुनै पनि व्यवसाय सञ्चालनका लागि लगानी महत्वपूर्ण पाटो हो । व्यक्ति वा संस्थाले आफ्नो स्वलागतबाट मात्र व्यवसाय सञ्चालन तथा विस्तार गर्न आवश्यक लगानीका लागि पुंजी जुटाउन सम्भव नहुने हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा सहयोग अपरिहार्य हुन्छ । कृषिक्षेत्रको विकास तथा विस्तारका लागि पनि थप लगानीको उत्तिकै अवश्यकता रहन्छ । वि.सं. २०२४ मा स्थापना भएको कृषि विकास बैंकको उद्देश्य नै कृषि विकासमा गतिशीलता ल्याई सर्वसाधारण जनतालाई आर्थिक हित कायम गर्न कृषि विकासका लागि आवश्यक पुंजी सरल र सुलभ तरिकाबाट ऋणस्वरूप उपलब्ध गराउने रहेको थियो । विगतमा यस बैंकले देशको कृषि विकासमा महत्वपूर्ण योगदान पु-याएको तथ्यलाई नकार्न सकिँदैन ।

259
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो रोग कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन नै घोषणा गरेको हो । सन् २०२० जुलाई २ को बिहानसम्म कोभिड–१९ भाइरसका कारण विश्वका २ सय १५ देशका १ करोड ८ लाख १० हजारभन्दा बढी मानिस बिरामी रहेका छन् भने तीमध्ये ५ लाख १९ हजार ५० जनाले आफ्नो अमूल्य जीवन गुमाएका छन् ।

334
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

नेपालको कुल आन्तरिक आम्दानी आधा–आधी हुने अनि बाँकी आधा–आधी बाहिर ऋणबाट चलाउने हाम्रो परम्परा थियो र रहिआएको छ । यस्तो अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रमा विगत १५ वर्षजतिबाट हाम्रो सम्भावनाका ठूलो जनशक्ति वैदेशिक रोजगारीमा गएपछि अर्थतन्त्रलाई अलि राहत पुगेको हो । तर, यस प्रकारको रेमिट्यान्सले थेगेको अर्थतन्त्रको बजार कोरोनाले तहसनहस बनाइसकेको छ । विश्वभरि कोभिड–१९ को कहरले गर्दा ठूलो श्रमबजारमा उतार चढाव आएको छ र यसको प्रत्यक्ष असर हाम्रो बजारलाई परेको छ ।

384
दिलीपकुमार मुनंकर्मी
आइतवार, असार २१, २०७७

सरकारी र नियामकीय निर्देशनसँगै २०७६ चैत १० गतेबाट बन्द पुँजीबजार वैशाख ३० र ३१ गतेको संक्रमणकालीन कारोबारपछि २०७७ असार १५ गते नियमित कारोबारका लागि खुल्दा विगतको विषम परिस्थितिको पाठ र बजार सरोकारवालाहरूको अनुमानविपरीत पहिलो दिन नकारात्मक (नेगेटिभ) सर्किटपछि केही सम्हालिँदै दोस्रो र तेस्रो दिन सकारात्मक (पोजिटिभ) सर्किट तथा चौथो दिन नेगेटिभ सर्किटसँगै कारोबार रोकियो ।

923
कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७

कोबिड–१९ र लकडाउनले बन्द भएको सेयर बजार करिब तीन महिनाभन्दा पछि खुल्दा लगानीकर्ताहरूमाझ सकारात्मक सन्देश ल्याएको छ । लकडाउनपछि नियमित रूपमा बजार खुलेको दोस्रो दिन मंगलबार तथा बुधबार सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेर कारोबार बन्द भएको छ । कोबिड–१९ ले विश्व जनमानसमा पारिरहेको असरले नेपाल पनि अछुतो रहन सकेन । अझै पनि नेपालमा कोरोना संक्रमण दिनानुुदिन बढ्दै गइरहेको अवस्थामा खोलिएको सेयर बजारले लगानीकर्ताहरूमा उच्च मनोबल प्रदान गरेको छ । चारैतिर आर्थिक क्रियाकलाप ठप्पजस्तै भएको अवस्थामा सेयर बजारले दिएको सकारात्मक सन्देशले आर्थिक गतिविधि पहिलेकै अवस्थामा पुुग्न धेरै समय नलाग्ने देखिन्छ ।

572
कृष्णमणि पराजुली
शुक्रवार, असार १९, २०७७

बजेटलाई आर्थिक दस्ताबेजका रूपमा हेरिने दृष्टिकोणमा परिवर्तन आएको हुनाले यसलाई कुनै निश्चित अवधिको आयव्ययको दस्ताबेजका रूपमा मात्र हेर्न सकिँदैन । यसलाई आजकाल अर्थ राजनीतिको दस्ताबेजका रूपमा लिइने गरिन्छ । बजेटले आर्थिक विषयलाई समेट्नु त स्वाभाविकै भयो । त्यसका अतिरिक्त राजनीतिक विषयलाई पनि समेट्ने हुँदा यसलाई सरकारले संसद्मा पेस गर्ने अर्थ राजनीतिको दस्ताबेज भनिएको हो । सरकारले कुनै निश्चित अवधिभित्र गर्नुपर्ने जति नै कामहरू हुन्छन्, ती सबैलाई यही दस्ताबेजमा कैद गरिएको हुन्छ । यिनै कामहरू कार्यान्वयन गरी कुनै पनि सरकारले जनताको मन जितेको हुन्छ ।

265
जगदीश दाहाल
शुक्रवार, असार १९, २०७७

आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेटले आमनगरिकलाई के दियो, कति दियो भन्नुभन्दा पनि सरकारले के लियो, कति लियो भन्नुचाहिँ सजिलो छ । जनताले यतिमा सन्तोष मान्दा हुन्छ कि अर्थमन्त्रीले सडक उपभोक्तालाई सडक कर, पक्की पुल उपभोक्तालाई पक्की पुल उपभोग कर लगाएनन् र ठूलो गुन लगाए ।

394
नरेन्द्रमान श्रेष्ठ
बिहिवार, असार १८, २०७७

पछिल्लो समयमा डबल नेकपाको ओली नेतृत्वको बहुमतको सरकारको प्रसस्त आलोचना हुने गरेको छ । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनको काण्ड होस् वा कामरेड वामदेव गौतमलाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्न संविधान संशोधन गर्ने चर्चाले होस् वा आफ्नो जन्म दिनमा नेपालको नक्सा अंकित झन्डा भएको केक काटेको जन्म दिनमा स्वयं प्रधानमन्त्रीले तडकभडक ग-यो भनेर होस् वा भारतविरुद्ध भडकाउपूर्ण अभिब्यक्तिका कारण प्रधानमन्त्री ओली र सरकारको आलोचना भए । तर पनि ओलीको गुनासो भनेको सरकारले गरेको राम्रो कामको पनि प्रशंसा भएन, गरेन, खालि नराम्रो मात्र भनेर विरोध मात्र गरे भन्ने र चित्त दुखाउनेमात्र छ ।

280
प्रा.डा.गंगाप्रसाद खरेल
बिहिवार, असार १८, २०७७

कोभिड–१९ महामारीले विश्व नै थलिएका बेला सदियौँदेखि भान्सा र औषधोपचारमा उपभोग हुँदै आएको बेसारबारे सर्वसाधारण जनताको ध्यान आकर्षित भएको छ । यसै अवसरमा बेसारबारे अतिरिक्त जानकारी प्रसारण गर्ने हेतुले यो आलेख तयार पारिएको छ । आशा छ, पाठक मित्रहरूले यसबाट फाइदा उठाउनुहुनेछ ।

473
कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७

अमेरिकी अनुदान सहयोगमा पूर्वपश्चिम ४ सय केभीएको ३ सय १२ किमि विद्युत् प्रसारणलाइन र पश्चिम तराईमा १ सय किमि सडक स्तरोन्नति गर्ने परियोजना सम्पन्न गर्न अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता अहिले विवादको शिखरमा छ । यो सम्झौता वास्तवमा कसले विरोध वा कसले समर्थन गर्नुपर्ने हो, छुट्याउन सहज हुने गरी यो लेखमा विश्लेषण प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

331