कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५
1023

पाकिस्तानमाथिको यो हमला अमेरिका र ट्रम्पका लागि त जायज होला, तर यसले पाकिस्तानलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न सक्छ । पाकिस्तानमाथिको यो हमला अमेरिका र ट्रम्पका लागि त जायज होला, तर यसले पाकिस्तानलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न सक्छ । 
पाकिस्तानी प्रजातन्त्रका लागि ट्रम्पका ट्विट खतरा समावेशी र स्थिर राजनीतिक प्रणाली विकास गर्नेतर्फ पाकिस्तानको प्रगति सुस्त छ ।  त्यसमाथि अमेरिकी राष्ट्रपतिका हालका ट्विटहरूले अझ खराब बनाउन सक्छ । उनले संयुक्त राज्य अमेरिकाले विगत १५ वर्षे अवधिमा पाकिस्तानलाई ३३ बिलियन डलरभन्दा बढीको आर्थिक सहयोग गर्नु मुर्खता थियो भनेका छन् । अब अमेरिका पाकिस्तानलाई दिने सहयोग रोक्दै छ । पाकिस्तानमाथिको यो हमला अमेरिका र ट्रम्पका लागि त जायज होला, तर यसले पाकिस्तानलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न सक्छ । यदि पाकिस्तान धर्मरायो भने यसको असर समग्र दक्षिण एसिया तथा इस्लामिक विश्वमा देखिने छ । बङ्गलादेशदेखि मोरक्कोसम्म फैलिएका लगभग ५० इस्लाम बाहुल्य देशहरू राजनीतिक रूपमा विकसित हुन संघर्षरत छन् । पाकिस्तानले यसका लागि अनेकन व्यवधानको सामना गर्नुपरेको छ । ट्रम्पको आक्षेपविपरीत पाकिस्तानले पछिल्लो दशकमा आतङ्कवादविरुद्ध तथा प्रजातान्त्रिक संस्थाहरूको सुदृढीकरणतर्फ ढिलो भए पनि दिगो प्रगति गर्दै आएको छ । पाकिस्तानमा प्रतिस्पर्धात्मक राजनीति सुरु भएको थियो । पीपीपीको पाँचवर्षे कार्यकालपछि नवाज सरिफ नेतृत्वको पीएमेल (एन) ले अर्को निर्वाचनमा पन्जाब प्रान्तमाथिको आफ्नो पकड मात्र कायम राखेन, केन्द्रीय सरकार पनि गठन गर्यो । यो सत्ता हस्तान्तरण शान्त रूपमा भयो र पीपीपी प्रतिपक्षको स्थानमा बस्यो । सेनाका शक्तिशाली जर्नेलहरूले आफ्ना ब्यारेकहरूबाटै यी परिवर्तन र राजनीतिक विकासको अध्ययन गरे । ६० वर्षभन्दा अधिक समयपछि बल्ल आएर जनताको सरकारले सैनिक ‘कू’बाट मात्र फेरबदल हुने सेना नेतृत्वको सरकारलाई पदस्थापन गरेको थियो । यो पाकिस्तानमा विधिको शासन र प्रजातान्त्रिक विकासक्रममा तेस्रो महानतम उपलब्धि थियो । अहिले आएर राजनीतिक प्रणाली र संस्थाहरूको विकासको स्थिति सबल र सुदृढ हुँदै गरेको देखिन्छ । सन् २०१६ मा ‘पनामा पेपर’ ले विश्वका धनी व्यक्तिहरूले गरेका कर छलीका विवरण संसारसामु ल्याउँदा सरिफ परिवारका सदस्यहरूले अवैधानिक रुपमा निकै ठूलो धनराशी विदेशी कम्पनीहरूमार्फत लन्डन तथा मध्यपूर्वमा लगानी गरेको कुरा बाहिर आयो । यो रहस्योद्घाटनपछि पाकिस्तानको आफ्नै ‘अरब स्प्रिङ’ आन्दोलनले गति लियो । यस विद्रोहलाई पूर्वक्रिकेटर इमरान खानको ‘पाकिस्तान तेहेरेक–ए–इन्साफ’ पार्टीले पर्याप्त अवसर जुटाइदियो । न्याय तथा सुशासनलाई आधार बनाएर सन् २००८ को आमनिर्वाचनदेखि सो दलले स्तरीय सेवा तथा भ्रष्टाचारहिनताको माग राख्ने सहरी युवाहरूको सहयोग पाउँदै आफ्नो स्थिति दह्रो पारेको छ । आफ्नो बलियो स्थितिको फाइदा लिँदै पीटीआईले सरिफ खानदानको आर्थिक हिसाबकिताब उचित तरिकाले छानबिन नगरिए आफ्ना समर्थकलाई सडकमा ल्याउने धम्की दिएको थियो । न्यायपालिकाले ‘पानामा पेपर’ ले उद्घाटित गरेका तथ्य माथि अनुसन्धान गर्ने निर्णय लिँदाताका पनि पाकिस्तानले सम्भावित राजनीतिक सङ्कट टार्न सक्यो । जुलाई २०१७ मा पाकिस्तानी सर्वोच्च अदालतले शरिफलाई दोषी ठहया¥याउँदै प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुका साथै राष्ट्रियसभाको सदस्य हुन पनि अयोग्य ठहर गर्यो । पीएमएलएनले मन्त्रिपरिषद् सदस्य शाहिद खाकान अब्बासीलाई पार्टीमा शरिफको उत्तराधिकारी तथा नयाँँ प्रधानमन्त्रीका रूपमा चयन गर्यो । सैनिक नेतृत्वले यसलाई सन्तोषजनक रूपमा लियो । पाकिस्तानी प्रजातन्त्र त्यति बलियो रूपमा संस्थागत भइनसकेको र आतङ्कवादको अझै पनि भय रहेको परिप्रेक्ष्यमा शरिफको सत्ताच्युतको घटनाले देशमा अस्थिरता बढ्ने कुरालाई पनि नजरअन्दाज गर्न सकिन्न । राष्ट्रिय सुरक्षाका चासोका वास्तविक विषयमा केन्द्रित नरहेर ट्रम्प जसरी आफ्ना राष्ट्रवादी र विदेशी (विशेष गरेर मुसलमान) विरोधी नीतिहरूमा लागिपरेका छन्, त्यसले यो जोखिम अझ बढाएको छ ।तर आशा गर्ने पनि केही ठाउँ छन् । हालसालैका राजनीतिक प्रतिकूलताविरुद्ध पाकिस्तान जसरी जुधेको छ, त्यसले पाकिस्तान प्रजातान्त्रिक लडाइँप्रति निरन्तर प्रतिबद्ध छ भन्ने देखाउँछ ।
साहिद जावेद बुर्की, प्रोजेक्ट सिन्डिकेट