रमेश घिमिरे
आइतवार, मंसिर १०, २०७४
1335

प्यारासिटामोल (अमेरिकामा असिटामेनोफेन) विश्वमा सबैभन्दा बढी प्रयोग हुने एलोपेथिक औषधि हो । दुखाइ र ज्वरो कम गर्न यसको प्रयोग गरिन्छ । यो डाक्टरको सिफारिसबिना नै किन्न पाइन्छ । यो सबैभन्दा सुरक्षित र उपयोगी औषधि मानिन्छ । सबैभन्दा सुरक्षित भनिएको औषधिका समेत कति साइड इफेक्ट हुन सक्छन् भन्ने मेडिकल साइन्सकै लिटरेचर हेरौं ।
प्यारासिटामोलले कलेजोमा प्रत्यक्ष असर गर्छ । प्यारासिटामोलले गर्ने असर त गर्छ नै । त्यसैले तपाईं हाम्रो शरीरले कतिसम्म थेग्न सक्छ, त्योभन्दा बढी सेवन गरेमा लिभर ड्यामेज हुन्छ । प्यारासिटामोल वयक्सका लागि अधिकतम मात्रा प्रति पटक १ ग्राम अर्थात् १ हजार एमजी र दैनिक ४ ग्राम अर्थात् ४ हजार एमजी हो । यो मात्रा कटेपछि कलेज बिग्रने मेडिकल साइन्सको लिटरेचर बताउँछ ।

अल्कोहलले पनि लिभरलाई असर गर्छ । रक्सी सेवन गर्ने मानिसले प्यारासिटामोल सामान्य मात्राभन्दा कम खानुपर्छ । कलेजोको रोग भएको व्यक्तिले पनि प्यारासिटामोल खानु हुँदैन । रुघाखोकी, दुखाइ, एलर्जीलगायत धेरै समस्यामा दिइएका औषधिमा प्यारासिटामोल मिसाइएको हुन्छ । त्यस्ता औषधि सेवन गरिरहेको व्यक्तिले प्यारासिटामोल प्रयोग गर्दा कुल मात्रा ननाघ्ने गरी गर्नुपर्छ ।
कलेजो कमजोर भएको व्यक्तिले सिटामोल खानु हुँदैन । हेपाटाइटिस अर्थात् कलेजो सुन्निने रोगका लागि कुनै औषधि दिइँदैन । त्यो रोग लागेको बेला ज्वरो आए वा दुखाइ भएमा सिटामोल खानु मिल्दैन । गर्भवती महिलाले पनि सिटामोल खानु हुँदैन । पेटको शिशुलाई प्रतिकूल असर पर्न सक्छ । दुधे शिशु भएकी आमाले पनि सिटामोल खानुु हुँदैन । स्तनपानबाट शिशुमा सिटामोल जान्छ । दुुई वर्षभन्दा सानो बच्चालाई सिटामोल दिनु हुँदैन ।
तीन दिन सिटामोल खाँदा पनि ज्वरो कम भएन भने सिटामोल खान छोड्नुपर्छ । सात दिन सिटामोल खाँदा पनि दुखाइ ठीक भएन भने सिटामोल छोड्नुपर्छ । यसको मतलब सिटामोल लगातार खाने औषधि होइन, यसले साइड इफेक्ट गर्छ । सिटामोल खाएपछि शरीरले नकारात्मक प्रतिक्रिया जस्तो :रातो हुने, सुन्निने, छाला पोल्ने, टाउको दुख्नेलगायत शरीरमा कुनै नौलोपन देखियो भने खान छोड्नुपर्छ ।
सिटामोलले कुनै रोग सन्चो पार्ने होइन । शरीरमा ज्वरो शरीरको कुनै अंगमा दबाब परेर, पीडा भएर वा खराबी भएर आउने हो । त्यसविरुद्ध शरीरले बढी बल लगाउनुपर्दा वा तीव्र प्रतिक्रिया जनाउनुपर्दा शरीरलाई प्रेसर परेर ज्वरो आउने हो । सिटामोलले ज्वरोको कारणलाई निदान गर्दैन । यसले पीडाको जानकारी मस्तिष्कमा पुु¥याउने केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने मात्र हो ।
शरीरलाई समस्या प¥यो, समाधान गर भन्नका लागि स्नायु प्रणालीले सूचना पठाउँछ । सिटामोलले त्यही सूचनालाई रोक्ने काम गर्छ । पीडा भएको थाहा नपाएपछि मानिसलाई मानसिक तनाव हुँदैन र त्यही सामान्य अवस्थामा शरीरले ज्वरोको कारणसँग आफैं लडेर ज्वरो सञ्चो हुने हो ।
सामान्य कारणले आएको ज्वरो र पीडा सहजै निको हुन्छ । गम्भीर कारण रहेछ भने छिटो निको नहुन सक्छ र सिटामोलको कुनै अर्थ हुँदैन । सिटामोलले काम नगर्ने र नकारात्मक असर गर्ने दुुई अवस्थामा आफैं सेवन नगर्न र डाक्टरसँग सल्लाह लिन भनिन्छ । बजारमा दुुई थरी डाक्टर छन् । एउटै समस्यामा एकथरीले प्रायः औषधि दिँदैनन्, अर्कोथरीले पेन किलर, भिटामिन, पेन्टासिड, टोनिक, एन्टिबायोटिकसहित औषधिको भारी बोकाउँछन् ।
एन्टिबायोटिक खाएपछि ग्यास्ट्रिक हुन सक्छ भनेर पेन्टासिड दिइन्छ । एन्टिबायोटिकले गर्ने अन्य साइड इफेक्ट त छँदैछ । पेन्टासिडले समेत विभिन्न साइड इफेक्ट गर्न सक्छ । यसले आमाशय (पेट) मा एसिड पैदा गर्ने इन्जाइमलाई थुनेर अमिलचुकी आउनबाट रोक्छ भनिन्छ । यो ग्यास्ट्रिकको सम्पूर्ण औषधि होइन, यसले ग्यास्ट्रिकलाई थोरै हदमा अल्पकालको लागि काम गर्ला, दिगो लाभ दिंदैन ।
सामान्यतया घरमा बिरामी भएपछि सिटामोल वा बु्रफेनबाट मानिसहरू औषधि बजारमा प्रवेश गर्छन् । कसैले त्यस्ता औषधि सेवन गर्दैनन्, आफैं निको हुन्छ । कसैले प्रयोग गरे पनि निको हुँदैन । निको नभएपछि औषधिको मात्रा र भेराइटी बढाउँदै लगिन्छ । यसले साइड इफेक्ट पनि बढाउँदै लैजान्छ । एउटा औषधिको साइड इफेक्ट कम गर्न अर्को औषधि दिइन्छ । त्यसको साइड इफेक्ट कम गर्न पुनः अर्को औषधि दिइन्छ । औषधिको साइड इफेक्टको अनुुगमन गर्न डाक्टरको निगरानीमा बिरामी राख्नुपर्छ ।
प्रायः सबै प्रकारका एलोपेथिक औषधिले मानिसको कलेजो र मृगौलामा प्रतिकूल असर पार्छ । औषधि प्रयोग गर्न थालेपछि डाक्टरको काम ल्याब टेस्ट गराउने र साइड इफेक्टको अनुुगमन गर्ने हुन्छ । डाक्टरको काम साइड इफेक्ट भयो भने औषधि खान बन्द गराउनु हो । अन्ततोगत्वा शरीर आफैंले रोगसँग लडेर जित्यो भने रोग निको हुने हो । औषधिको भूमिका कहिलेकाहीं सहायक, कहिलेकाहीं झन् प्रतित्पादक र कहिलेकांही निष्क्रिय हुन्छ ।
केही स्पेसिफिक औषधिबाहेक कुनै पनि औषधि रोग ट्वाक्कै सन्चो पार्न बनेकै होइनन् । रोगलाई सहयोग गर्छ कि भनेर बनाइएका हुन् । तर, झन् हानि गर्न सक्ने खतरा रहेको हुँदा डाक्टर अर्थात् विस्तृत ज्ञान र अनुुभव भएका व्यक्तिको निगरानीमा सेवन गर्न भनिन्छ । सर्पदंश, रेबिजजस्ता स्पेसिफिक औषधिले मात्र ट्वाक्कै सञ्चो पार्ने हुन् ।
धेरै लाग्ने रोग टाइफाइड, निमोनियाँ, कान पाक्ने, घाउ खटिरा आउने, रुघाखोकी, ब्रोङकाइटिस आदि हुन् । सबै रोगका लागि एउटै एन्टिबायोटिकसहित औषधिको झुन्ड दिइन्छ । भाइरसका कारण रोग लागेको भए पनि दिने एन्टिबायोटिक नै हो । भाइरस विरुद्धको औषधि नै हुँदैन । त्यसैले जेले रोग लागे पनि ब्याक्टेरियाविरुद्धको औषधि दिइन्छ । भाइरल आफैं सञ्चो हुन्छ भनिन्छ । ब्याक्टेरियल इन्फेक्सन हुनबाट रोक्न एन्टिबायोटिक दिनुपर्छ भनिन्छ । भाइरल आफैं निको पार्न सक्ने शरीरले ब्याक्टेरियल पनि निको पार्न सकिहाल्छ ।
मेडिकल लिटरेचरलाई नै मान्दा सबैभन्दा सुरक्षित सिटामोल त यति हानिकारक हुन्छ भने अन्य औषधिले गर्ने हानी हामी अनुमान गर्न सक्छौं । औषधिले विश्वमा धेरै व्यक्तिलाई धनी र धेरै देशलाई समृद्ध बनाएको छ । यो अन्तर्राष्ट्रिय व्यापारको मुख्य वस्तु हो । औषधि जति बढी सेवन ग¥यो, उति शरीर खराब हुने र थप औषधि सेवन गर्नुपर्ने अवस्था आइपर्छ । यसले औषधि उत्पादक र विक्रेतालाई नै लाभ पु¥याउँछ । त्यसको रस राजनीतिकर्मी र पेसाकर्मीदेखि कहाँसम्म पुग्छ ।
औषधिको उद्योग व्यापार गर्नेसँग पर्याप्त पैसा हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँच हुन्छ । औषधिको विज्ञापन गर्न पाइँदैन । यदि विज्ञापन नै गर्न पाइने हो भने यसको उपभोग कति बढ्दो हो र एक पक्षलाई कति गरिब र अर्को पक्षलाई कति धनी बनाउँदो हो । औषधिलाई क्रिटिकल दृष्टिकोणबाट हेर्ने चेतना र आँट कसैमा भएको देँखदैन । त्यसैले सर्वसाधारण आफैं सचेत भई औषधिको वास्तविकता बुुझेर यसको खरिद र सेवन गर्नुपर्छ ।