कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
556

संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो रोग कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन नै घोषणा गरेको हो । सन् २०२० जुलाई २ को बिहानसम्म कोभिड–१९ भाइरसका कारण विश्वका २ सय १५ देशका १ करोड ८ लाख १० हजारभन्दा बढी मानिस बिरामी रहेका छन् भने तीमध्ये ५ लाख १९ हजार ५० जनाले आफ्नो अमूल्य जीवन गुमाएका छन् । त्यस्तै बिरामीमध्ये ६० लाख ३२ हजार चानचुन बिरामी निको भएर घर फर्केका छन् भने ५७ हजार ९ सय जना अभैm पनि सिकिस्ति बिरामी रहेका छन् । स्मरणीय छ, गत मे २५, २०२० मा कोभिड–१९ का कारण बिरामी हुने मानिसहरूको संख्या ५५ लाख हाराहारी र मृत्यु हनेको संख्या ३ लाख ४७ हजार नजिक थियो । त्यस्तै त्यो बेला २३ लाख २ हजारभन्दा बढी मानिस निको भएर घर फर्केका थिए भने ५३ हजार २ सय मानिस सिकिस्त बिरामी थिए ।
जे होस्, नेपालमा पनि कोभिड–१९ को असर व्यापक हुने लक्षण वा भनौं संकेतहरू देखा परेपछि सरकारले वि.सं. २०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५–१६ ताका नेपालको सुदूरपश्चिममा कोभिड–१९ को ‘स्टेज–२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को १ हप्ताका लागि अर्थात् चैत २४ गतेसम्मका लागि लकडाउन थप्यो । त्यसलाई पनि अधिकांश नेपाली जनताले सहर्ष स्विकारे । तर, यसबीचमा कोभिड–१९ को संक्रमितहरूको संख्या स्थिर रहनुको सट्टा झनै बढ्दै गएपछि अझ भएन भनेर नेपाल सरकारले एकैचोटि (दुई वर्षका लागि) वि.सं. २०७७ वैशाख १५ गतेसम्म लागू हुने गरी लकडाउन घोषणा ग¥यो । त्यसबीचमा उल्टै कोभिड–१९ कै कारण मानिसहरू मर्ने क्रम बढ्दै गएपछि सरकारले फेरि जेठ ३२ गतेसम्म लकडाउन लागू गरेको थियो । हुन त अहिले पनि सपिङ मल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, क्याफे, पार्टी प्यालेस, हवाई यातायात र लामो दूरीको बसलगायतका सार्वजनिक यातायात सुचारु गर्ने अनुमति नेपाल सरकारले दिएको छैन ।

नेपाल सरकारले सुरुमा ‘लकडाउन’ लागू गर्दाताका नेपालमा कोभिड १९ का बिरामी १–२ जना मात्रै देखिएको थियो भने हालसम्ममा कोभिड–१९ का कारण बिरामी हने मानिसहरूको संख्याले १४ हजार नाघेको छ । त्यस्तै २९ जनाले आफ्नो अमूल्य जीवनसमेत कोभिड–१९ कै कारण अकालमा गुमाएका छन् । त्यसैले यस विषयमा सरकारको कमजोरी कहाँ रह्यो ? किन यस्तो अवस्था आयो ? गम्भीर रूपमा छलफल र बहस हुनुपर्ने देखिन्छ । समाज न हो, त्यसमाथि बाँच्नुप¥यो । बाँच्नका लागि खानुप¥यो । खानका लागि आम्दानी गर्नुप¥यो । आम्दानी गर्नका लागि काम गर्नप¥यो । काम गर्नका लागि बाहिरफेर निक्लनैप¥यो । त्यसैले धेरै मानिसले सरुमा ‘लकडाउन’ लाई निको माने तापनि पछि गएर बाँच्नै नसक्ने अवस्था आएपछि निको मानेनन् ।
अभैm पनि विश्वका लगभग एकचौथाइ जनसंख्या कोभिड–१९ नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासबीच ‘लकडाउन’ र ‘संकटकाल’को सामना गर्दै प्रत्यक्ष रूपमा कष्टकर जीवन बाँचिरहेका छन्, अर्बाैं मानिस कोभिड १९ को प्रत्यक्ष वा अप्रत्यक्ष मारमा परेका छन् । राज्यव्यवस्था राम्रो भएको देशका जनतालाई त ‘लकडाउन’ र ‘संकटकाल’का कारण खान नपाएर आज मर्ने कि भोलि मर्ने ? भन्ने पीर छैन, अर्थात् उनीहरूलाई ‘लकडाउन’ र ‘संकटकाल’ अवधिभरि के खाने ? कसरी बाँच्ने ? भन्ने र अहिले के खाऔं, भरे के खाऔं ? भोलि के ... ? भन्ने खासै चिन्ता छैन । किनभने ती देशका सरकारले नै आफ्ना जनताका लगि सबै कुराको व्यवस्था गरिदिएको छ । किनकि ती देशका सरकार तथा राज्य प्रमुखहरू र नीति निर्माण गर्ने तहमा बसेकाहरूले ‘मानव पुँजी’ भनेको के हो ? भन्ने राम्रोसँग बुझेर आत्मसात् गरेका छन् ।
—निनाम कुलुङ ‘मंगले’