कारोबार संवाददाता
बुधवार, चैत्र २६, २०७६
535

आधुनिक विकासको नाममा यो धर्ती नै थर्काउने, चन्द्रमामा वस्ती बसाउने सपना बोकेका वैज्ञानिक, विकासे र यिनका सारथि महापुरुषहरूको मनमा अहिले सामान्य आँखाले देख्न नसकिने अति सूक्ष्म जीवतत्व नयाँ भनिएको कोभिड १९ नाम दिइएको भाइरस कोरोनाले सबैका चमुटुमा ढ्यांग्रो ठोकेको छ । प्रकृतिको विनास र मानवीय मूुल्य मान्यताका सीमाहरूको पर्खाल भत्काएर गरिँदै गरेको तथाकथित विकासले विश्वमा भोगविलास, भोक र रोगको आहालमा बस्न र यसैमा रमाउने मानसिकतासँगै बाच्न बाध्य बनाएको छ । नेपालको विविधतायुक्त प्रकृति र यसको संभार गर्न सक्षम हाम्रो परम्परागत मान्यताहरू र स्थानीय ज्ञानका आधारमा जीवन जिउने कलाको सस्कृतिलाई तिरस्कार गरी विकासे बन्ने दौडमा सामेल हुँदा हामी पछौटेमा गणना हुन पुगेका छौं । यो मर्म आत्मसात गर्ने धैर्यता, साहस र विवेक नपुग्दा तिनैले देखाएको विनासमुखी बाटो पछ्याउँदै यहाँसम्म आइपुगेका हौं । अहिले यसले सबैभन्दा बढी शासकहरूको विवेकको पोल खोलेको छ । मुख्यतः संकटका बेलामा पनि प्रकट नहुने हाम्रा नैतिक मूल्यहरू र यसको वास्तविक धरातल देखाइदिएको छ ।
कोरोनालेभाइरसलाई मात्र हैन समाज वर्ग, लिंग, समुदाय, समग्र प्रकृति र यससँगको हाम्रो अन्तरसम्बन्धको मानवीय चेतनाको सीमा देखाउँदै मानव जातिलाई धरातलमा ल्याएर छोडेको छ । यस अर्थमा, कोरोनाले अहिले हाम्रो जीवनका सबै पक्षका रङ्ग देखाईदिएको छ । अहिले प्रकृतिले यो कोभिड १९, भइरसको माध्यमबाट देखाएको प्रतिक्रिया मानवीय चेतनाका लागि उठाएको एउटा गम्भीर प्रश्न मात्र हो । यदि यो संकेतलाई समयमै आत्मसात नगरे प्रकृति विरुद्धको मानवीय हठको परिणति यो प्रजातिको अस्तित्वमा आउने खतरा र मानसिक विध्वंश नै हो । यसबाट छुटकारा पाउन सचेत प्रयत्नबाट मात्र संभव छ । यो संयोग मात्र भए पनि हामी यसबाट सिक्न र अगाडि बढ्न सक्छौं । महामारी फैलिन नदिन विवेकले काम गरौंं । बरु, प्रकृति, प्रविधि र मानवीय प्रवृत्तिमा आएको फेरबदल आत्मसात गर्दै यो सच्याएर हाम्रो समाजका छेउ परेका मानिसको आत्मसम्मान बढाउन सार्थक पहल गरौंं । आजसम्म विज्ञानले थाहा पाएको ज्ञानको विवेक पूर्वक उपयोग गरौं । प्रतिरोध क्षमता नभएका मानिसमा जोखिम बढि छ उनीहरूलाई विशेष ख्याल गरौं । डरमुक्त विचार, आहार र नियमित अभ्यासले मात्र पनि यो क्षमता धेरै बढ्छ । सकेसम्म आफंै खेती गरौं । यस्तो आहार को बन्दोबस्त गर्ने किसानको आत्मसम्मान बढाउन खाना, माटो र प्रकृति सपार्ने नियतबाट बनाउन सुरु गरौं । प्रकृतिको सानो एउटा प्रजाति कोरोनाले गर्दा हाम्रो हठले संकटग्रस्त प्रकृति सच्चिन सक्छ । यो मानवीय विवेक सच्याउने आधार बन्न ङसकोस् । यो काम आग्रहले मात्र भने हुँदैन । सार्थक र सचेत प्रयत्नमा लागौं । सुरुवात फेरि पनि खाना, माटो र प्रकृति जोगाउनबाट गरौं । यसमा सरकार, नागरिक समाज र समाजका सबै तह र तप्काका अगुवाहरूको उचित ध्यान पुगोस् भन्न चाहान्छौं । हाम्रो अपिल अहिले सरकारले बन्दाबन्दीको घोषणा गरेको छ यो तरिका बाह्य आक्रमणबाट जोगिने मानव सभ्याता विकासको अहिलेसम्मकै उत्कृष्ट तरिका हो । यसमा दुविधा नगरौं । कमसेकम बन्दाबन्दीभरी शारीरिक सक्रियता, योग ध्यान सहित पत्रु खाना बन्देज गरि जैविक आहार बिहारमा रहने कोसिस गरौं । खेती शारीरिक मानसिक तन्दुरुस्ती ल्याउने सबै भन्दा उत्पादनशील उपाय हो । यो बन्दबदीको बेला सबैभन्दा प्रभावित स्वदेश तथा विदेशमा श्रम बेच्न बाध्य श्रमजीवी समुदाय हुन् । उनीहरू कोरोनाको कारण भन्दा पनि खानेकुरा, बास र वातावरण नभएर ज्यान गुमाउने जोखिममा परेका छन् । उनीहरूको उचित ख्याल गरौं । स्थानीय तहमै खानेकुरा उत्पादन नहुदाको अप्ठेरो यस्तै बेला महसुस गर्न बाध्य छौ । यो बन्दबंदीको पछिसम्म प्रभाव पर्न नदिन अहिले नै सचेततापूर्वक कृषि उत्पादनको वितरण प्रणालीमा सुधार गर्ने प्रयत्न गरौं । ड्ड अब सबै तरहले मानव सभ्यताका लागि किसानमुखी जैविक खेतीपाती अपरिहार्य भएको छ, यसमा सबैले ध्यान दिउँ ।
स्वनाम साथी


सातामा धेरै पढिएको