गोविन्द चापागाईं
सोमवार, फाल्गुन १२, २०७६
7878

राजधानी काठमाडौंको ठीक उत्तरपूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत एक पर्यटकीय महत्व बोकेको धार्मिक स्थल हो, कागेश्वरी महादेव मन्दिर । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ अन्तर्गत गागलफेदिमा यो मन्दिर अवस्थित छ ।
मुलुकले अहिले नेपाल भ्रमण वर्ष–२०२० भव्यताका साथ मनाउँदै आइरहेको अवस्थामा राजधानीभित्र रहेका विभिन्न धार्मिक पर्यटकीय गन्तव्य बोकेका स्थानहरूमध्ये कागेश्वरी महादेव मन्दिर पनि एक धार्मिक पर्यटकीय महŒव बोकेको अत्यन्तै महत्वपूर्ण मन्दिर हो ।

किंवदन्तीअनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको थियो ।
रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल ल्याई कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छासमेत पूरा हुने जनविश्वास रहिआएको छ । यो ऐतिहासिक महŒव बोकेको धार्मिक स्थलका रूपमा पनि परिचित हुँदै गइरहेको अवस्था छ भने सत्ययुगमा सेतीदेवीको अङ्ग पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको भन्ने विभिन्न शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ ।
यस नगरपालिकाले समेत भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न अभियानसमेत सञ्चालन गर्दै आइरहेको छ भने धार्मिक तथा ऐतिहासिक महŒव बोकेको यस कागेश्वरी महादेव मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा समेत विशेष महŒवका साथ नगरपालिकाले अभियान संचालन गरिरहेको छ भने नगरपालिकाले विशेष गरी पर्यटकीय गन्तव्य (स्थल) वृद्धि गर्न यस मन्दिरमा कागेश्वरी महादेवको पहिचानका रूपमा २ सय २७ किलोको धातुको कागको मूर्ति समेत बनाएको छ ।
अहिलेको परिवेशमा पनि भ्रमण वर्ष चलिरहँदा दिनहुँजसो आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने धेरै संख्यामा आवतजावत भइरहेको छ ।
यसै नगरपालिकाले आफ्नो पहिचान, प्रवद्र्धन, आर्थिक समृद्धि हाम्रो पहिचान र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नगरपालिकाले फागुन ५ गते भव्यताका साथ मोटरसाइकल ¥यालीसमेत सम्पन्न गरेको थियो । भ्रमण वर्षलाई सफल बनाउन नगरपालिका तथा स्थानीयवासीहरूले कागेश्वरी महोत्सव २०७६ फागुन ७ गते भव्य रूपमा उद्घाटनसमेत गरे भने उल्लेख्य मात्रामा उक्त कागेश्वरी महादेव मन्दिरमा श्रद्धालु भक्तजनहरूको समेत बाक्लो उपस्थित थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि आफ्नो ब्यानरमा यसै क्षेत्रभित्र रहेको पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू जस्तै कागेश्वरी मन्दिर, गोकर्ण रिसोर्ट, मूलपानी क्रिकेट रंगशालालगाएत धेरै धार्मिक तथा ऐतिहासिक महŒव बोकेका स्थानहरूको चर्चा–परिचर्चा गरेको थियो ।
यस महोत्सवले पर्यटकहरूको आगमनमा वृद्धि, आर्थिक सम्मुनति तथा ऐतिहासिक तथा धार्मिक महŒव बोकेका देवालयहरूको समेत स्वदेश तथा विदेशमा महŒवपूर्ण परिचयात्मक भूमिका निर्वाह गर्छ । यो एक महोत्सव मात्र नभएर हामी सबै नेपालीलाई एकसूत्रमा बाँध्ने, भाइचारा सम्बन्ध कायम गर्ने तथा कागेश्वरी मनोहरालाई स्वदेश तथा विदेशमा समेत चिरपरिचित गराउन यस महहोत्सवले महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
सांस्कृतिक सम्पदा, धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र हाम्रा मौलिक सम्पत्ति हुन् । यसको जगेर्ना गर्न, संवद्र्धन गर्न र पर्यटकीय क्षेत्रको वृद्धि विकास गर्नसमेत यस महोत्सवले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैले आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलगायत सबै जनालाई कागेश्वरी महोत्सव सफल बनाउन, नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र कागेश्वरी मनोहराको आर्थिक विकास, सामाजिक विकास तथा हाम्रो पहिचान प्रवद्र्धन गर्नसमेत नगरपालिका तथा स्थानीय स्तरबाट महोत्सव सफल पार्न नगरवासीहरूलाई समेत आह्वान गरिएको छ ।


सातामा धेरै पढिएको