कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
640

गृह मन्त्रालय मातहत रहेको अध्यागमन विभागले हालै निकालेको एक तथ्यांकअनुसार सन् २०१९ को जनवरी महिनाको तुलनामा सन् २०२० को पहिलो महिनामा अर्थात् जनवरी महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या केही घटेको देखिएको छ । अध्यागमन विभागको पछिल्लो तथ्यांकलाई उद्यृत गर्दै एक आर्थिक दैनिकले समाचारमा लेखेअनुसार सन् २०१९ को जनवरी महिनामा ८१ हजार दुई सय ७३ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने, सन् २०२० को पहिलो महिना अर्थात् जनवरी महिनामा ७९ हजार ६ सय ८६ जना विदेशी पर्यटकले मात्रै नेपालको भ्रमण गरेका छन् । यसरी संख्याकै आधारमा हेर्ने हो भने, सन् २०१९ को पहिलो महिनाको तुलनामा सन् २०२० पहिलो महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या लगभग १८ सयको संख्याले कमी आएको देखिन्छ ।
हुन त जनवरी र फेब्रुअरी महिना भनेको नेपालका लागि मात्रै नभएर विश्वका अन्य देशका लागि पनि चिनियाँ पर्यटकहरु ‘बम्पर उपहार’को रुपमा रहेका हुन्छन् । किनभने ती दुई महिनामा चिनियाँ पर्यटकहरु बिदा मनाउन देश–विदेश घुम्न निक्लने महिना हो । तर, यो वर्षको सुरुमै चीनको मध्य–दक्षिण भागमा पर्ने हुवेई प्रान्तको बुहान सहर, जुन चीनकै छैठौं ठूलो सहर पनि हो भने, विकीपिडिायको सन् २०१७ एक तथ्यांकअनुसार सो सहरको जनसंख्या ७५ लाख ४१ हजार ५ सय २७ रहेको छ । जे होस्, सो सहरबाट फैलन सुरु भएको नोबेल कोरोना भाईरसले विस्तारै विश्य पर्यटन बजारलाई नै असर पुर्याएको छ । हुन पनि पछिल्लो तथ्यांकअनुसार हालसम्म नोबेल कोरोना भाइरसकै कारण लगभग एक हजार जना नागरिकहरुले ज्यान गुमाई सकेका छन् भने विश्वभरिका लाखौं मानिसहरु नोबेल कोरोना भाइरसका कारण विरामी परेका छन् । साथै यो भाइरसले त्यति चाँडै विदा लिने संकेत पनि देखिँदैन ।

यता हाम्रो देशले भने यही समय (सन् २०२०) लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेर भ्रमण वर्ष औपचारिक रुपमा मनाउँदै गरेको अवस्था पनि हो । सोहीअनुसार हाल नेपाल भ्रमण वर्ष चलीरहेको पनि छ । तर, अभैm पनि पर्याप्त पूर्वाधार बिना नै नेपाल भ्रमण वर्ष मनाइँदै गरेको हुनाले सन् २०२० को नेपाल भ्रमण वर्षमा सरकारले तोकेको वा निर्धारण गरेको कुनै पनि लक्ष्य पूरा नहुने पक्का जस्तै थियो । त्यसमाथि सन् २०२० को सुरुमै चीनको मध्य–दक्षिण भागमा पर्ने हुवेई प्रान्तको बुहान सहरबाट फैलन सुरु भएको नोबेल कोरोना भाईरसले विस्तारै विश्य पर्यटन बजारलाई नै असर पुर्याउने देखिएको छ । हुन पनि गत केही वर्ष अघिदेखिको नेपाल आउने विदेशी पर्यटकहरुको संख्या सम्बन्धी तथ्यांकअनुसार चीनबाट आउने समग्र पर्यटकको ३५-३८ देखि ४०-४२ प्रतिशत पर्यटकहरु हरेक वर्षको जनवरी, फेबु्रअरी, मार्च र अप्रिल महिनामा आउने गरेको तथ्यांक रहेको देखिन्छ । जनवरी २७–२८–२९ ताका भने नेपालमा लगभग तीनसय जना चिनियाँ पर्यटक मात्रै भित्रिएको देखिन्छ । तापनि सुखद कुरो के भने, गत वर्षको पहिलो महिनाभन्दा यो वर्षको पहिलो महिनामा चीनबाट नेपाल भ्रमणमा आएका पर्यटकको संख्या लगभग तीनसय ले बढेको देखिएको छ । स्मरणीय छ, गत वर्षको पहिलो महिनामा १२ हजार ९ सय १६ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, यो वर्षको सोही महिनामा १३ हजार ३ सय ३ जना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो पक्कै पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सकारात्मक संकेत हुन सक्छ । र, संवभतः नोबेल कोरोना भाइरसका नफैलिएको भए गत जनवरी महिनामा लगभग २५-२६ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्ने थिएछन् ! भनी भन्न सकिन्छ । तर, ....
निनाम कुलुङ ‘मंगले’