नारायण घिमिरे
शुक्रवार, कार्तिक २२, २०७६
474

तराई र पहाडमा बसोबास गर्ने नेपालका धेरै मानिस जीवनको कुनै समयमा जडीबुटी निर्मित ओखती सेवन गरेका भेटिने गरे तापनि शरीरले शरीरकै नियमित उपचार गराउन सहयोगी हुने उपचारमूलक वा हिलिङ खानाहरूबारे त्यति जानकारी राख्दैनन् ।
जहाँ उनीहरू बसोबास गर्छन् त्यहाँ रहेका जडीबुटीहरू शताब्दीयौं पुरानो स्वदेशी आयुर्वेदिक स्वास्थ्य सेवा प्रणालीको हिस्सा हो । नेपालको रैथाने आयुर्वेदिक स्वास्थ्य सेवा प्रणाली, जसले उचित आहार र जीवनशैलीमार्फत रोकथाममा जोड दिने भए तापनि ग्रामीण भेगमा उक्त ज्ञान खासै पुग्न सकेको छैन । पुगेको छ त आयुर्वेदिक औषधी रोग लाग्दा दिइने ओखती हो भन्ने अर्ध–ज्ञान ।

शरीरको प्रतिरोधक क्षमता बढाउन र रोग सक्रमणमा उपचार गर्न आयुर्वेदिक औषधी र जडीबुटी प्रयोग गरिन्छ भन्ने सामान्य विश्वास जनस्तरमा कहिल्यै पुगेन । शरीरको प्रतिरोध क्षमता नियमित खानामा सानो अंश हिलिङ खानाहरू समावेश गरी बढाउने र रोग लाग्दा आयुर्वेदिक जडीबुटीहरू औषधीका रूपमा उपचार गरिने पद्धति आज विश्वव्यापी रूपमा निकै लोकप्रिय बनेको समाचार र खबरहरू यहाँ कहिल्यै प्रभावकारी रूपमा सम्प्रेषण हुन सकेन । फलतः आज नेपालको रैथाने जडीबुटी आपूर्ति द्रुत रूपमा कम हुँदै रोकिने बिन्दुतर्फ पुगेको छ ।
जुन फसलहरू कारोबार गर्दा निकै कम रकम उत्पादक, संकलक, खेतालाहरूलाई जान्छ र धेरै बिचौलियाहरूको हातमा पुग्छ तिनै मात्र हाल कारोबारमा रहेका छन् । तराई र पहाडमा बसोबास गर्ने नेपालका धेरै मानिस जीवनको कुनै समयमा जडीबुटी निर्मित ओखती सेवन गरेका भेटिने गरे तापनि शरीरले शरीरकै नियमित हिलिङ गराउन सहयोगी हुने उपचारमूलक खानाहरूबारे त्यति धेरै जानकारी राख्दैनन् ।
यथार्थ कुरा उल्लेख गर्ने हो भने यस्ता सु–समाचारहरू सम्प्रेषण हुँदा आफ्नो बजार बिक्रीको हिस्सा गुमाउन पुग्ने व्यापारी र बिचौलिया वर्गको हित पुग्ने गरी रचनात्मक सम्प्रेषण हुनबाटै रोकिन पुग्यो ।
मेरो सरकार समृद्धिको अठोटमा इमानदार थियो भने कर्णालीजस्ता अविकसित इलाकाहरूमा रहेका शोषणात्मक र खस्कँदो औषधी जडीबुटी व्यापारलाई रूपान्तरण मुखी कार्यक्रम बनाएर अघि बढेको आज एक–डेढ वर्ष भइसकेको हुनुपथ्र्यो । नेपालका लोपोन्मुख रैथाने जडीबुटी संकलनकर्ताहरूलाई घर–घर पुगी आफ्नै खर्चमा जङ्गलबाट कसरी वातावरणमैत्री तरिका अपनाएर वनको संरक्षण गर्दै जडीबुटी सङ्कलन गर्ने भन्ने तालिम दिएर जडीबुटी संकलकको लाइसेन्स वा सङ्कलन उद्योग दर्ताको प्रमाण पत्र बाँडिरहेको देखिनुपथ्र्यो ।
जडीबुटीको खेती गर्ने आफ्नै घर, बारी र पाखा भएका स्थानीय बासीहरूको घरघरमा पुगेरै जैविक कृषि प्रविधि प्रयोग गरेर खेती तथा प्रशोधन गर्ने तालिम दिई सकेको हुनुपथ्र्यो । मेरो सरकारले किसानहरूलाई गरिबीबाट छुटकारा दिन सघाउने र स्थानीय समाजमा जडीबुटी उधम्सिलाको संस्कृति बसाउन उनीहरूलाई दिगो जीविकोपार्जनतर्फ ढाल्न सक्ने प्रकृतिका कम्तीमा एक गाविसमा एक निजी क्षेत्रको जडीबुटी सङ्कलन केन्द्र बनिसकेको भेटिनुपथ्यो ।
मेरो सरकारले स्थानीय किसानहरूलाई स्थानीय स्तरमै पाइने जडीबुटी विज्ञमा परिवर्तन गर्न स्थानीय उत्पादनमुखी उद्योग स्थापना गर्न सघाउने प्रकृतिको प्रशिक्षण दिने खुबी भएका प्राविधिक तालिम केन्द्रहरू स्थापना गरिसकेको हुनुपथ्र्यो । विद्यमान शोषणकारी जडीबुटी सङ्कलन र आपूर्ति उद्यमको अभ्यासलाई प्रतिस्थापन गर्न किसानहरूलाई सहकारीमा सङ्गठित गर्दै सामूहिक मूल्य किटानी, भण्डारण र आपूर्तिमा आफंै लाग्न सक्षम गर्दै प्रेरित गरेको भेटिनुपथ्र्यो ।
मेरो सरकारले कम्तीमा देखिएका श्रृंखलाबद्ध ठगीलाई प्रश्रय दिने बिचौलियाहरूबाट यो व्यवसाय किसानलाई मुनाफा पु¥याउने ध्याउन्नमा लागेको भेटिनुपथ्र्यो । समग्र कल्याण कार्यक्रमहरू जस्तै ध्यान, योग, उचित आहार आदि र वित्तीय र फार्म व्यवस्थापनको जरा बसाल्न सरकारको ध्यान पुग्नुपथ्र्यो ।
आयातले ९९ प्रतिशत हिस्सा ओगटेको चिसापानी पारीको बजारले के–के सामान बेचिरहेछ, तीमध्ये कुन–कुन सामान तत्काल र दीर्घकालमा रूपमा आफ्नै उत्पादन मार्फत प्रतिस्थापन गर्ने सकिन्छ तिनै सामान उत्पादन र बजारीकरणमा स्थानीयलाई सक्षम बनाउनतर्फ मेरो सरकारको ध्यान गएको भए के बिग्रन्थ्यो र ?
स्थानीयलाई सक्षम बनाउन जरुरी ज्ञान र प्रविधि हस्तान्तरणमा विगत धेरै वर्षदेखि लागेर परीक्षामा अनुत्तीर्ण भएका पुराना ज्ञानका विद्यालय तथा तालिम केन्द्रहरूलाई फेरी तेही कामको जिम्मा दिएर नयाँ नतिजा कुर्नु भन्दा आमूल परिवर्तन गर्ने अभिनव संस्कृति (इनोभेटिव कल्चर) स्थापनाको इच्छाशक्ति राख्ने आइडिया इन्कुबेटरहरू आमन्त्रण गर्न लागे हुन्थ्यो।
ज्ञान, सीप र प्रविधि भिœयाउने कुरा राज्यले आफैं सम्पूर्ण खर्च बेहोर्न तयार हुँदा मात्र सम्भव हुने बुझेर सरकारले त्यसको सुरुवातको लागि जरुरी हुने ५–१० मिलियन डलर सक्षम निजी क्षेत्र पहिलाएर अनुदान सहयोग दिने सर्तमा अब त तत्काल काम सुरु गर्न कन्जुस्याइँ नगरे हुने थियो । कर्णालीको दुर्लभ र लोपोन्मुख सुगन्धित, औषधिमूलक तथा हिलिङ जडीबुटीहरूको उत्पादन, प्रशोधन र कमर्सियलाइजेसन गरी हालको विश्व बजारमा रहेको माग पूर्ति हुने सक्ने इनोभेटिव ज्ञान र सीपको खाडल पुर्नेतर्फ मेरो सरकारले काम गरिदिए मेरो नेपाल वास्तवमै समृद्ध नेपाल हुने थियो ।