अच्युतप्रसाद पौडेल ‘चिन्तन’
बिहिवार, कार्तिक २१, २०७६
433

 
प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नुपर्छ, हानिलाई होइन ।


जलवायु पविर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्ष देशहरूको २५ औँ सम्मेलन आउँदो मंसिरमा चिलीको सान्टियागोमा हुने कुरा प्रकाशमा आएको छ । त्यसो त यसैको पूर्वसन्ध्यामा भुटानको थिम्पुमा हालै अतिकम विकसित देश भनौँ एलडीसीका वातावरण, वन, जलवायु परिवर्तन मन्त्री, उच्च अधिकारी एवं विज्ञहरू भेला भई हरित ग्यासको उत्सर्जन कम गर्ने नीति र कार्यक्रम बनाउन सबैलाई ध्यानाकर्षण गराएका छन् । एलडीसीको ४७ देशको नेतृत्व भुटानले गर्दै गर्दा थिम्पुमा यसरी मन्त्रीस्तरीय बैठक बसेको हो । बैठकको मूल विषय भनेको विश्वको तापक्रम सरदर १ः५ डि.से.भन्दा बढ्न दिन नहुने भन्ने नै रहेको देखिन्छ ।

यस सम्मेलनमा नेपालको तर्पmबाट वन र वातावरण एवं परराष्ट्र मन्त्रीको उपस्थिति रहेको देखियो । विश्वव्यापी रूपमा बढेको जैविक विविधताको ह्रासका कारण संयुक्त राष्ट्रसंघीय दिगो विकासका लक्ष्यहरू अलपत्र पर्न सक्ने वैज्ञानिकहरूको चिन्ता बढ्न थालेको छ । नेपाल यसमा अछुतो हुने कुरो भएन ।
त्यसो त नेपालले यसपालिको विश्व सीमसार दिवस जलवायु परिवर्तन र सिमसार भन्दै गत वर्ष २०७५ माघ १९ गते पोखरामा सम्पन्न गरेको थियो । सिमसार भनौँ नदी, वन, जलाशयको अतिक्रमणकै कारण आज मानव आक्रान्त बनेको छ । ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ आज आममानव । अधिक कार्बनको उत्सर्जनले कडा रोगको उच्च जोखिममा पनि छ । मानव सभ्यताको इतिहास लामो छ । अर्थात् ५५ करोड वर्ष नाघिसकेको छ । ढुंगे यगको मान्छे आजको विकासक्रममा आइपुग्नु चानचुने कुरा होइन, साँच्चै भन्ने हो भने मान्छे पहिले फिरन्ते अवस्थामा नै थियो । जब–जब मानवले बस्ती बसाउँदै आयो उसले आपूmलाई नदी, जलाशय, खोलानालाकै छेउछाउ मन परायो । इन्दस नदीको वरपर हिन्द, मिश्र, रोम, मेसोपोटामिया जे भने पनि ठूला मानव सभ्यता सिमसार, नदी, खोलानाला, जलाशय वरपरबाटै सुरु भएको देखिन्छ । विश्व प्रसिद्ध सहर न्युयोर्क, लन्डन, सांघाई, ढाका, दिल्ली, क्वालालम्पुर सबैजसो मुख्य सहरहरू नदी, खोला, सागरछेउछाउ नै छन् अहिले पनि ।
नेपालको राजधानी काठमाडौँ सहर बस्ती बस्नुपूर्व यहाँ रहेको पानीलाई वरदा र मोक्षदा शक्तिको प्रयोग गरी चोभारको डाँडो काटी पानी बाहिर पठाई सहर बसालेको इतिहास सबैलाई जगजाहेर छ । भनिन्छ, पानीको स्रोत मन पर्ने नेपालका अधिकांश क्षेत्रमा हाल पनि नागदेवता विराजमान छन् । काठमाडौँ उपत्यका मात्र होइन, हाम्रा ठूला भनिएका मुख्य सहरहरू भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर बट्टार, जोमसोम, नारायणघाट, बुटवल, वेनी, महेन्द्रनगर सहर सबैजसो नदी खोला सिमसार क्षेत्रनजिकैै रहेका छन् । कार्बन उत्सर्जनको प्रमुख कारक मानिस नै हो तर प्रकृतिलाई नबिर्सने हो भने सिमसार, वन, नदी, खोलानालाहरूले मानव उत्सर्जित कार्बनलाई सोसेर लिन्छ । विश्व खाद्य संगठन भन्छ, माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ । जल, जमिन, वन, ऊर्जालाई खलल पु¥याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असरलाई मानव संसारले स्वीकार नगरी सुखै छैन । प्रकृतिले कार्बन लिन्छ, अक्सिजन दिन्छ । तर, मानवको अभिन्न अंग बनेको प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ हिजोआज । संसारकै प्रसिद्ध मुलुकमा बढी चिसोका कारण मानिसको अवशान भएको छ । माइनस ७० डिग्रीको अमेरिकामा र अष्ट्रेलियामा प्लस ४७ डिग्रीको खबर बाहिर आएको छ गत वर्ष । प्लस ४७ डिग्री सेल्सियसको कथाव्यथाले के पूर्व के पश्चिमा मुलुक सबैतिर सकस भइराखेको अवस्था छ । समग्रमा भन्नुपर्दा पृथ्वीको पर्र्यावरणीय संकट दिनदिनै चुलिँदै छ । विश्वका ३२ जना वैज्ञनिकले हालै संयुक्त रूपमा प्रकाशन गरेका नेचर सस्टेनेबिलिटी जर्नलले सो कुरा बाहिर ल्याएको हो ।
पानी प्रदूषित हुनुमा, पानीमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्बन उत्सर्जन नै हो । वन जंगलले, पानीले, जमिनले, नदी, सिमसारले कार्बनलाई सोसेर लिन्छ । विश्व स्वास्थ्य संगठनको भनाइमा पनि माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ । कार्बनअक्साइडकै कारण आज मानव कडा रोगको उच्च जोखिममा छ । सबैभन्दा बढी कार्बन सोसेर लिने वन नै हो । वन, नदीनाला, सिमसारक्षेत्रको अतिक्रमणले मानव आफँै मृत्युको मुखमा परिरहेको छ । विश्व सिमसार दिवसको हाम्रोे नारा जलवायु परिवर्तन र सिमसार भन्ने रहेको छ । ताल, नदी, इनार, खोला, वन, जलाशयहरूको संरक्षण गर्ने काम स्थानीयकै हो, स्थानीय सरकारकै हो । सिंगो देशको हो । चेतना जगाउने काम बौद्धिक जगत् हो ।
नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसत ०.०६ डि.से. ले बढेको छ । अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा यसको दर बढी छ । विश्व जनसंख्याको ०.४ प्रतिशतमात्र नेपालमा बस्छन्, विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२५ प्रतिशत मात्र नेपालले उत्सर्जन गर्छ तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ । विगत एक शताब्दीमा नेपालको उच्च भूभाग हिमाली क्षेत्र सगरमाथाको हिमभाग ३ सय ३० फिट गलेको छ । फलस्वरुप नयाँ हिमतालको निर्माण हुन गएको छ भने यसै शताब्दीको अन्त्यमा नेपालका नदीनालाहरूमा पानीको बहाव भारी मात्रामा घट्नेछ । पानीको बहावको कमीकै कारण भोलिका दिनमा ऊर्जा संकट थपिने सम्भावना बढी छ । अहिले लोडसेडिङ छैन भनेर हामी निदाउन मिल्दैन कोही पनि ।
नेपालको वार्षिक वर्षा क्रममा पनि व्यापक हेरफेर भइसकेको छ । लामो समय खडेरी पर्ने वा तीव्र वर्षा हुने क्रम देखा परेको छ । अहिले रात र दिन दुवैमा चिसो कम छ । १ सय मि.मि. वा सोभन्दा बढी परिमाणमा पानी पर्ने दिनहरूको संख्या पनि बढ्दै छ । यता मुसलधारे वर्षा यसै वर्ष पनि धेरै देखियो । हावाहुरीको ताण्डव नृत्यले के मात्र गराएन यसपालि हामीलाई । भूस्खलनले मलिलो माटो त खेर गयो नै, मानव सम्पत्ति धेरै क्षतिसमेत बन्न पुग्यो । खण्ड वृष्टि, अतिवृष्टि र अनावृष्टिले हाम्रो मुलुक आक्रान्त भएको छ भन्दा हुन्छ । पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ । एकातिर हिमनदीहरू पातलिएका छन् भने अर्कातिर हिमतालको आकार बढ्दै गएको छ हाम्रा सामु अहिले ।
जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ । यसै वर्षामा पनि भूस्खलन, बाढी, पहिरोजस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएका उदाहरणले हाम्रा आँखा गलेका छन् । मनसुनको आरम्भ हुनासाथ गत असारको तेस्रो हप्ताको प्राकृतिक विपत्तिलाई एकपटक सम्झेर हेरौँ, सबैकोे छाती चिरिन्छ । अतीतदेखि वर्तमानसम्म आइपुग्दा तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्यसमेत हामीकहाँ छैन भन्दा हुन्छ । जलवायु परिवर्तनबारेको चेतना, अनुकूलनका अभ्यास र नवीकरणीय ऊर्जाको प्रयोग र प्रवद्र्धन गर्न जानेनौं हामीले । यससम्बन्धी प्रगति धीमा गतिमा छ हामीकहाँ । सन् २००९ देखि मात्र मुलुकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एजेन्डा प्रयोगमा ल्याएको देखिन्छ । अन्तरिम योजना २०६४ ले मात्रै वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको पाइन्छ । दिगो विकास एजेन्डा, २०५९ र सहस्राब्दी विकास लक्ष्य, २०५८ ले पनि सम्बोधन सम्म चाहिं गरेको हो ।
वायुमण्डलमा जल वायु परिवर्तन नियमित प्रक्रिया हो । तथापि उद्योग क्षेत्र र यातायातमा खनिज इन्धनको अधिक प्रयोगले यसको प्रक्रिया थप बढेको हो । वनविनाश, मानव वस्तीको विकास, सहरीकरण, हरितग्यासको अधिक उत्सर्जनले जलवायु परिवर्तनमा तीव्रता आएको हो । सन् १९९२ मईमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि तयार भएको र यसैको जुनमा रियो द जेनेरियोमा वातावरण र विकाससम्बन्धी सं.रा.स. सम्मेलनमा हस्ताक्षर खुला भई १२ जुन १९९२ मा नेपालले हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल यसको पक्षमा आएकाले यति वेलादेखि नेपालमा यसबारे चासो बढ्न थालेको हो । तर, चासो केवल लिपिबद्ध भई पुस्तकालयका दराजमा सड्न पुगे । काठमाडौैँको फोहोरको डंगुर हेर्दा यसो भन्न सिकाएको हो । महिनौँ सम्म फोहोर उठ्दैन, यहाँ दसैँ बिदामा पनि फोहोर उठ्छ भनेर महानगरपालिका अर्ती उपदेश दिन्छ सञ्चार माध्यमबाट ।
जलवायु परिवर्तनमा मानव क्रियाकलाप नै मुख्य कारण हो । हरित गृह ग्यासको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थान विशेष रूपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटो छिटो परिवर्तन हुने गर्छ । बेमौसममा गुुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौं । बेमौसमका खानेकुरा खान खुब सोख हुन्छ हामीलाई तर कति घातक छ भन्ने चासो छैन । मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो । यसको प्रत्यक्ष प्रभाव गरीव, विकासोन्मुख, भूपरिवेष्टित र पर्वतीय मुलुकहरूमै बढी पर्ने गर्छ । हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि यसलाई सहजै अनुमान लाउन सकिन्छ । जलवायु परिवर्तनको जोखिमबाट बच्ने उपाय भनेको जन चेतना नै हो, अनुकूलनका अभ्यासहरूको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट त आउँछ नै । खाने मुखहरू थपिदै जाने तर उत्पादनहरू भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिस्टममै असर पर्छ, परेको छ र अझ पर्न सक्छ भविष्यमा । यस अर्थमा हाम्रो भविष्य थप जोखिममा छ । हाम्रा सन्ततिहरू बढी जोमिखमा छन् ।
हामीकहाँ जलवायु पविरर्तनले आर्थिक र समग्र सामाजिक विकासका क्षेत्रमा परेको प्रभाव असर पर्न सक्ने प्रभाव असर बारे यकिन गर्ने संयन्त्र अझ भनौं वैज्ञानिक संयन्त्रको कमी छ । जोखिम क्षेत्रहरूको पहिचानको समस्या छ । हरितगृह ग्यास उत्सर्जन न्यून गर्ने संयन्त्रको विकास हुन सकेको छैन । सामाजिक र आर्थिक विकासलाई जलवायुमैत्री बनाउनु कम कठिन छैन । साथै उपल्लो र तल्लो तटीय भूभागमा परेको र पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति तय गर्न सकिएको छैन ।
विकास निर्माण, बसाइँसराइ, औद्योगीकरण, सहरीकरण जस्ता पूर्वाधार विकासका लागि हुन् विनाशका लागि होइनन् । प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नुपर्छ हानिलाई होइन । जलवायु परिवर्तनसम्बन्धी स्थलगत कार्यक्रमहरू गर्दा अत्यधिक खर्च स्थानीय त्यहींकै लागि गर्नु बेस हुन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायुमैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकुल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकास तर्फ अग्रसर हुन जरुरी छ । स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई विर्सनु हुन्न । स्वच्छ ऊर्जा जलविद्युत्का सम्भावना धेरै छ हामीकहाँ । पुनर्नवीकरणीय र वैकल्पिक ऊर्जा, सोलार ऊर्जा वृद्धि गरी हतिरगृह ग्यासको उत्सर्जन न्यून गर्नुपर्छ । हिमाल, पहाड, चुरे, तराई क्षेत्र, प्राकृतिक सम्पदाले भरिपूर्ण छन् तिनको सन्तुलित र गतिलो दोहन गर्न सकिन्छ । कुखुराको अन्डा दोहन गर्दा कुखुरै मर्ने गरी भने कतै दोहन गर्नु हुँदैन । काठमाडौँको धूवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको दर्दनाक अवस्था हेर्दा जो कोहीलाई पीडा र छट्पटाहट हुनु स्वाभाविक हो । विकीरणयुक्त धूवाँ पैmलाउने काठमाडौँका इट्टाभट्टाहरू हाल कम भए पनि ढुंगा खानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या ज्यूँका त्यूँ रहेको छ । बिहानैदेखि क्रसर उद्योगमा सुरु हुने धूलो र यातायातको चापले जीवन संचालन कष्टकर बनेको छ । लेलेस्थित नख्खु खोलामा क्रसरहरू, चापागाउँस्थित ढुंगाखानीहरू, टीकाभैरवको बाटो भई गुड्ने ठूला ट्रकहरूले जो–कोही पनि पीडित देखिन्छन् । क्रसरको धूलोले खोलाको पानी प्रदूषित भएका छेउ, किनाराका बस्तीहरू बढी मारमा परेको कुरा प्रत्यक्ष भोगीहरू बताउँछन् । ढुंगाखानीका कारण पानीको मुहान सुकेको, वनक्षेत्र अतिक्रमण भएको र धूवाँ धूलोका कारण दम र छातीको रोग बढ्दै गएको छ । उपत्यकावरिपरिका गाउँमा पानीको मुहानसमेत सुक्नाले ग्रामीणभेगी जनताको जीवनसमेत पीडाग्रस्त सहरी जीवनजस्तै भएको छ ।
बत्तीमुनि अँध्यारो भनेजस्तै काठमाडौँकै मुटु मुख्य नदीहरूमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौँ सहर थप जटिल हुनेछ । काठमाडौँमा भएको अव्यवस्थित सहरीकरणका कारण, सिमेन्टका ठूला खम्बाहरूभैmँ ठूला भवनहरू देखापरेका छन् । तर, ती भवनमा रहने मानिसहरूबाट निष्कासन भएको प्रदूषणको कारण काठमाडौँको स्रोतभूमिको पानी प्रदूषित बनेको छ । नदीहरूमा अक्सिजन शून्यप्रायः छ । बाग्मती, विष्णुमती आदि उपत्यकाका धेरै सहायक नदीहरूमा अब जीवन छैन । बाग्मतीको कटुवालदहदेखि पशुपतिको आर्यघाटसम्म १२.५ कि.मि. क्षेत्रमा कुनै जलचर भेटिँदैनन् । हिउँदमा मात्र होइन, वर्षायाममा पनि यी नदीहरूमा अब पानी होइन ढलमात्र बग्छन् । पशुपतिदेखि सुन्दरीजलसम्मको मुहानक्षेत्र पनि अव तीव्र रूपमा विषाक्त हुने क्रम जारी छ । एउटा अध्ययन प्रतिवेदनअनुसार वि.सं. २०४७ सालसम्म कटुवालदहदेखि थापाथली पुलसम्म मात्र जलचर थिएनन् । ३० वर्षपछि अब पूरै नदीमा चलचर छैनन् । अक्सिजन नहुँदा पनि बाँच्ने काइरोनोमिड र ओलिजोकेड जीव मात्र यहाँ बाँकी रहेको छ, जुन गड्यौँला प्रजातिमा पर्छ । नदीमा पूरै ढल बग्ने र मुहानको पानी वितरणमा प्रयोग भएकाले अव उपत्यकाको मुख्य नदीहरूमा जीवन्तता नपाइने भएको छ । सडक, सिमेन्ट, ढल आदिका कारण आकाशबाट परेको पानी पनि जमीनले सोस्न सक्ने अवस्था नहुँदा जमीनमुनिको पानी पनि अब विषाक्त बनिसकेको छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोग योग्य हुँदैन ।
साँच्चैै हामीले बाँझो, छोडेको जमिन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमिनमा लाभदायक रूख–बिरुवा रोप्न सकिन्छ । प्रकोप व्यवस्थापन गर्न बिमा नीतिहरू तय गर्न सकिन्छ । वर्षाको पानी संकलन, मुहानको भरपुर संरक्षण, पर्यावरणीय सरसफाइ, डढेलो नियन्त्रण, वन क्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतको रूपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्वतयारी र समग्रमा इच्छाशक्ति नै आजको आवश्यकताको विषय हो ।