समीर रेग्मी
सोमवार, कार्तिक ४, २०७६
515

सुधार र खुलापनदेखि चीनको गरिबीमा रहेका जनसंख्यामा नाटकीय रूपमा गिरावट आएको छ । २०१३ देखि २०१८ सम्मको अवधिमा चीनको ग्रामीण क्षेत्रमा ८ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनिबाट बाहिरिएका छन् । यसैबीच मुलुकको गरिबीको तह १०.२ प्रतिशतबाट १.७ प्रतिशतमा झरेको छ ।
७० वर्षसम्म पर्याप्त खाना र पोसाक नभएका मानिसको मुलुक विश्वव्यापी गरिबी निवारणमा विश्वकै ठूलो योगदान गर्नेमा गनिएको छ । १९७८ सम्म चीनमा ९७. ५ प्रतिशत मानिस गरिबीको रेखामुनी रहेका थिए ।

कम्युनिस्ट पार्टीको मातहतमा चीनको व्यापक राजनीतिक लाभले गर्दा नै चीनको गरिबी ओरालो लागेको हो ।
चीनको कम्युनिस्ट पार्टीको १८ औ राष्ट्रिय कांग्रेसदेखि गरिबी घटाउनका लागि पार्टीको केन्द्रीय समिति र राज्यका अंगहरूले यो प्रयासमा सघाउनका लागि १ हजार ७ सय २७ कार्यकर्तालाई छनौट गरेको थियो र सहयोग कोषमा ७१.४ अर्ब युआन अर्थात् १० अर्ब अमेरिकी डलर लगानी गरेको थियो ।
२००१ देखि २०१० सम्मको अर्थ मन्त्रालयको तथ्यांकका अनुसार केन्द्रीय सरकारले गरिबी निवारणका लागि १४४ अर्ब युआन छुट्ट्याएको थियो । केन्द्र सरकारले २०१९ मा स्थानीय सरकारलाई गरिबी निवारणका लागि १२६.१ अर्ब युआनको सहुलियत दिएको छ ।
७० वर्षको लगातार प्रयासपछि विशेष गरी चीनको कम्युनिस्ट पार्टीको १८ औं राष्ट्रिय कांग्रेसदेखि चीनले ‘तीनमा एक’ गरिबी निवारणको ढाँचा ल्याएको थियो । चीनको गरिबी निवारणले कसरी काम गर्छ ?
विकासमुखी गरिबी राहतलाई बढावा दिनका लागि र सामाजिक तथा आर्थिक विकासका लागि सर्वप्रथमत सही विधि छनौट गर्नुपर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङले बताएका छन् । उनले स्थानीय अवस्थालाई मिल्ने खालको योजना ल्याउनुपर्ने विषयमा जोड दिएका छन् ।
उत्तरी चीनको हिबेइ प्रान्तको लुआनपिङ काउन्टीको गरिबी निवारणलाई विशेष प्राथमिकता दिइएको थियो । अहिलेसम्म यो आयोजनाले युइङ गाउँका २ सयभन्दा बढी मानिसलाई रोजगारी दिएको छ । यो गाउँको प्रत्येक कामदारले औसतमा प्रतिदिन १ सय ५० देखि २ सय युआनको आम्दानी गर्ने गरेका छन् । यिइङ गाउमा अभैm पनि गरिबीको रेखामुनि रहेको एक मात्र परिवार छ । यो गाउँमा गरिबीको रेखामुनि रहेका मानिसको अनुपात २०१४ को ३६.१ प्रतिशतबाट ०.२ प्रतिशतमा झरेको छ ।
दक्षिण पश्चिम चीनको गुइझोउ प्रान्त जुन देशको गरिबी निवारणका अभियानको युद्ध मैदानकै रूपमा रहेको छ, यो क्षेत्र केन्द्रीकृत प्रयासको महŒवपूर्ण साक्षीका रूपमा देखा परेको छ । यो वर्षको सुरुवातदेखि गुइझोउले धेरै सहरहरू सांघाई, ग्वानझोउ, हानझोउ र डालियानबाट सहयोग प्राप्त गरेको छ ।
यो वर्षको जुलाईदेखि विभिन्न सहरले ११ संयुक्त बैठकको आयोजना गरेका छन् । यसमा ३ सय छुट्टाछुट्टै व्यक्तिगत र पारस्परिक भ्रमणको आयोजना भएको छ । यो भ्रमणबाट गरिबी निवारा योजनाको २.७ अर्ब युआनको वित्तीय सहयोग सुनिश्चित गरेको छ र गरिबी निवारण कार्य सञ्चालन गर्नका लागि २ सय १५ अधिकारी र १ हजार ३ सय ३० पेसाकर्मी तथा प्राविधिज्ञहरूलाई ग्वानझोउ पठाइएको थियो ।
आज गरिब गाउँमा पार्टी समितिको प्रमुखका रूपमा सेवा पु-याउनका लागि पूरै देशभरिबाट २ लाख ६ हजार अधिकारीहरु छनौट गरिएको छ । यसमा ७ लाख अधिकारी सोही गाउँमा बस्ने र काम गर्ने रहेका छन् ।
विगत ७ दशकको अवधिमा चीनले गरिबी निवारणलाई लक्षित गरेर आधारभूत रणनीति स्थापित गरेर चिनियाँ विशेषताका साथ गरिबी निवारण प्रणालीको सिर्जना गरेको छ । यो गरिबी निवारणका लागि उल्लेख्य उपलब्धि हासिल हो ।
यो वर्षको अन्त्यसम्ममा हाल गरिबीको रेखामुनि रहेका ९५ प्रतिशत र पूरै काउन्टीको ९० प्रतिशतभन्दा बढी गरिबीबाट माथि उठ्ने अपेक्षा गरिएको छ ।