समीर रेग्मी
बिहिवार, आश्विन ३०, २०७६
497

भर्खरै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण सम्पन्न गरेका छन् । उनले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग संयुक्त रूपमा सहकार्यको रणनीतिक साझेदारी स्थापनको घोषणा गरेका छन् । उक्त घोषणामा दुई मुलुकबीच विकास र समृद्धिका लागि दीर्घकालिन मित्रता रहने उल्लेख गरेका छन् । यो सौहार्दपूर्ण वातावरणमा हुने र विन–विन समन्वयमा हुने उल्लेख छ ।
यो घोषणा सीले भण्डारीले गरेको भ्रमणको आमन्त्रणमा अक्टोबर १२ देखि गरेको दुई दिने भ्रमणमा उल्लेख छ ।

नेपालका लागि गरिएको यो भ्रमण सीको पहिलो हो । चिनियाँ राष्ट्र प्रमुखले गरेको यो भ्रमण २३ वर्षमा पहिलो पटक हो । यो ऐतिहासिक भ्रमणले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धको पहिलो खाका हो । यसले नेपाल–चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याएको छ ।
नेपाल र चीनले असल मित्र हुन् र उनीहरूले पारस्परिक सम्मान र विश्वास, आपसी लाभका लागि राम्रो साझेदारको साझेदारी गरेका छन् । सीले पनि नेपाल भ्रमण पूर्व नेपाली अखबारमा लेखेका लेखको आधारमा यो पुष्टि भइसकेको छ । सीको भ्रमणको समयमा नागरिकदेखि सबै तहबाट उनको भव्य स्वागत समेत भएको छ ।
सीको भ्रमणलाई ऐतिहासिक महत्व दिइएको नेपाली राष्ट्रपतिले बताएकी छन् । यो भ्रमण नेपालीको खुसीका साथ सम्पन्न भएको उनले बताइसकेकी छन् ।
चीन र नेपालले नजिकको राजनीतिक सम्बन्ध बनाउने, बढी पहुँच योग्य कनेक्टिभिटी नेटवर्क बनाउने, सार्वजनिक धारणाको आधार तयार पार्ने र बहुपक्षीय समन्वय सञ्चालन गर्ने अपेक्षा सीले गरेका छन् ।
अप्रिलमा विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरेकी थिइन् । उक्त समयमा उनले दोस्रो बीआरआई समन्वयमा सहभागिता जनाएकी थिइन् । उनले उक्त समयमा २०१९ बेइजिङ इन्टरनेसनल हर्टिकल्चर प्रदर्शनीमा पनि सहभागिता जनाएकी थिइन् ।
यसपटकको सीको नेपाल भ्रमणलाई यसै वर्षभित्र दुई मुलुकका प्रमुखले गरेको राजकीय भ्रमणलाई पूर्णता दिएको मानिएको छ ।
द्विपक्षीय सम्बन्धलाई माथि उठाउने दुई देशको निर्णयले समानता, सौहार्दताको सह–अस्तित्व, दीर्घकालीन र बृहत् समन्वयको सिद्धान्तको अनुसरण गरेको छ ।
दक्षिण एसियामा चीनको महत्वपूर्ण विकास साझेदार नेपालसँगको व्यावहारिक समन्वयलाई फराकिलो पार्न सीको भ्रमणको महत्वपूर्ण लक्ष्य रहेको छ ।
उनले दुवै पक्षले हिमालयको वारपारमा सबै चरणका समन्वय र बहुपक्षिय केनेक्टिभिटी नेटवर्कलाई विकास गर्नका लागि प्रोत्साहन आदान प्रदान गर्ने प्रस्ताव गरेका छन् ।
उनले शासकीय तहमा समन्वयको रणनीतिलाई दुवै पक्षले बलियो बनाउनुपर्ने बताएका छन् । बीआरआईलाई समन्वयात्मक तहमा अगाडि बढाउनका लागि उनले आग्रह गरेका छन् । उनले नेपाल–चीनबीचको सीमा आरपार आर्थिक समन्वयको क्षेत्रको निर्माणलाई गति दिने बताएका छन् । यसका साथसाथै शिक्षा, पर्यटन र उपराष्ट्रिय आदान–प्रदानलाई बढावा दिने बताएका छन् । सीको प्रस्तावलाई नेपाली पक्षले पनि सकारात्मक रूपमा लिएको छ । नेपालले चीनको मित्रता, संवेदनशीलता, आपसी लाभ र छिमेकी राष्ट्रसँगको कूटनीतिको प्रशंसा गरेको छ ।
बाह्य अवस्थामा परिवर्तन आए पनि चीनप्रतिको नेपाली मित्रता र उनीहरूसँगको मित्रवत् सम्बन्ध परिवर्तन नआउने पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले नेपाल–चीनबीचको सम्बन्धमा नेपालको बलियो विश्वास व्यक्त गरेका छन् ।
चीनले पनि नेपालले आत्मसात् गरेको एक चीन नीतिको जोडतोडका साथ प्रशंसा गरेको छ । चीनको मुख्य स्वार्थमा नेपालको पनि समर्थन रहँदै आएको छ ।
विश्वव्यापी र क्षेत्रीय मुद्दामा दुवै मुलुकले समान किसिमको धारणा आगाडि सार्दैै आएका छन् । जलवायु परिवर्तन र दिगो विकासमा दुवै मुलुकले नजिकको समन्वय कायम गर्दै आएका छन् ।
नेपाल–चीनबीचको सम्बन्धलाई बलियो बनाउन सीको भ्रमणले नयाँ आयामसमेत थपेको छ ।


सातामा धेरै पढिएको