समीर रेग्मी
सोमवार, आश्विन १३, २०७६
1358

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता अमेरिकी चिप निर्माता माइक्रोनटेक्नोलोजीको नामै उच्चारण गरे । उनले चीनले बौद्धिक सम्पत्तिको चोरी गरेको अमेरिकाको लामो अवधिदेखिको दाबीको विषयमा संयुक्त राष्ट्रसंघमा भाषण दिने क्रममा उक्त कम्पनीको नाम उल्लेख गरेका हुन् ।
माइक्रोनलाई उनले चीनलाई सामग्री बिक्री गर्नका लागि प्रतिबन्ध लगाएका हुन् । उनले आपूmले न्यायको खोजी गरिरहेको बताएका छन् ।

तर जब माइक्रोनले बिहीबार कारोबार बन्द भएपछि आम्दानीका बारेमा जानकारी गरायो चीनसँगको सम्बन्धका कारण निकट भविष्यमै समस्या आउने उल्लेख गरेको छ । यो कम्पनी चीनको नेटवर्किङ कम्पनी हुवावेलाई केही निश्चित किसिमका उपरकण बिक्री गर्न अमेरिकी सरकरले लगाएको प्रतिबन्धका कारण समस्यामा पर्न गएको छ ।
माइक्रोनलाई जुनमा वासिङ्टनबाट कुनै पनि छुट दिइएको थिएन । वासिङ्टनले उक्त महिनामा हुवावेलाई केही उत्पादनको बिक्री सुचारु गर्नका लागि छुट दिएको थियो, तर त्यो पर्याप्त थिएन । हुवावे सरकारको प्रतिबन्धित सूचीमा परेको थियो ।
हुवावेलाई गरिने बिक्रीमा ठूलो अनुपातमा गिरावट आयो र अनुमानको तुलनामा ठूलै अन्तरको गिरावट आएको माइक्रोनका सिइओ संजय मेहरोट्राले बताइसकेका छन् । यसै समयमा उनले वाणिज्य विभागमा थप सामग्री बिक्रीका लागि अनुमतिका लागि आवेदन दिएका थिए । तर हालसम्मको अवधिमा पनि अनुमतिपत्र दिने विषयमा कुनै निर्णय भएको छैन । आपूmहरूले अमेरिका–चीन व्यापारयुद्धको छलफलमा अभैm अनिश्चित अवस्था देखेको उनले बताएका छन् ।
यदि हुवावेविरुद्धको प्रतिबन्धको सूचीले निरन्तरता पाएमा र आपूmहरूले अनुमति पत्र नपाएमा हुवावेलाई गरिने बिक्री झनै खराब अवस्थामा पुग्न सक्छ । आगामी त्रैमासहरू झनै खराब हुने निष्कर्ष उनको छ ।
उनको यो टिप्पणीले वाल स्ट्रिटमा एकाएक गिरावट आएको छ । गत शुक्रबार माइक्रोनको सेयरमा ११ प्रतिशतले गिरावट आएको थियो । यो एस एन्ड पी–५०० मा रहेका कम्पनीमध्येकै खराब हो ।
चीनको व्यापार गोपनीयताका बारेमा माइक्रोनको दुःख अभैm धेरै रहेको छ । यो कम्पनीले चीनको राज्यको सहयोग प्राप्त कम्पनी फुजियान जिन्हुवा र ताइवानी सेमिकन्डक्टर कम्पनी युनाइटेड माइक्रोइलेक्ट्रोनिक कर्पोरेसनविरुद्ध २०१७ को डिसेम्बरमा क्यालिफोर्निया संघीय अदातलमा मुद्दा दायरसमेत गरेको थियो । बौद्धिक सम्पत्ति चोरीको विषयमा माइक्रोनले यी कम्पनीहरूका विरुद्धमा मुद्दा दायर गरेको हो ।
न्याय विभागले यो मुद्दालाई पछ्याएको छ । उसले फुजियान जिन्हुवा, युनाईटेड माइक्रोइलेक्ट्रोनिक्स र तीन ताइवानी व्यक्तिमाथि माइक्रोनबाट व्यापार गोपनियता चोरेकोमा दोषी प्रमाणित गरेको थियो ।
उक्त समयमा माइक्रोनले संघीय सरकारलाई सहयोगका लागि धन्यवादसमेत दिएको थियो ।
माइक्रोनले आफ्नै बौद्धिक सम्पत्तिको विकासका लागि दशकौंसम्मको अवधिमा अर्बौ डलर खन्याएको माइक्रोनका सल्लाहकार जोइल पोपेनले बताएका छन् । यो मुद्दाले आपराधिक गलत कामलाई दुरुत्साहन गर्ने अपेक्षा गरेका छन् ।
ट्रम्प प्रशासनको बौद्धिक सम्पत्ति चोरीको पेचिलो मुद्दालाई समाधान गर्नका लागि गरेका प्रयासमा माइक्रोनको समर्थन भए पनि ट्रम्पको व्यापार नीतिले कम्पनीलाई स्पष्ट रूपमा चोट पुराएको छ ।
मेहरोट्राले आफ्नो कम्पनीको आम्दानीलाई विविधीकरण गर्ने बताए पनि हुवावेलाई प्रतिबन्धित सूचीमा राख्दा आफ्नो निर्यात प्रभावित हुने पनि स्वीकार गरेका छन् ।
तर, चीनका बारेमा माइक्रोनको अर्को चिन्ता पनि रहेको छ । व्यापारयुद्धका कारण चीनको उपभोक्ताले माइक्रोनको मेमोरी चिप्सको भण्डारण गरेर राख्न सक्छन् ।
चीनमा केही ग्राहकले कुनै तहसम्म चिप्सको भण्डारण गरेर राखेको हुन सक्ने दाबी पनि मेहरोट्राको छ ।
मुख्यभूमि चीनमा मुख्यालय रहेका उपभोक्ताबाट मागमा वृद्धि भएको आपूmले पाएको उनले बताए । उनीहरूमध्ये केहीले उच्च तहमा मौज्दात राख्ने रणनीतिक निर्णय गरेका हुन सक्छन् ।