विश्वास गौचन
मंगलबार, भदौ ३१, २०७६
602

 

जनताको जीवनमा आएको सकारात्मक र अर्थपूर्ण परिवर्तनको वाहकका रूपमा कुलमानलाई अथ्र्याए सान्दर्भिक र व्यावहारिक हुनेछ ।


सानो छँदा राजारानी र देशभक्तिले भरिएको गीत र समाचार रेडियो नेपालबाट घन्किन्थ्यो । यति सानो रेडियोमा कसरी मान्छे अटाएको होला भनेर अचम्म लाग्थ्यो । राजसंस्थाप्रति असीम श्रद्धा थियो । गाउँमा बिजुली थिएन, घरमा मट्टीतेलको मधुरो टुकी बल्थ्यो, तर बगाले परिवारको जिन्दगी रमाइलो र जीवन्त थियो ।

६ वर्षको सानो उमेरमै मुवाबुवाले हिँडेर तीन दिन लाग्ने पोखराको आवासीय स्कुलमा भर्ना गरिदिनुभयो । छुट्टीमा आउँदा–जाँदा बुवाले मलाई बोक्ने भरियाको व्यवस्था गर्नुहुन्थ्यो । हिँड्ने रहर लागेसम्म हिँड्थेँ । राति सुत्नुअगाडि मधुरो टुकीको प्रकाशमा बुवाले तातो तोरीको तेलले गलेको मेरो खुट्टा मालिस गरिदिनुहुन्थ्यो । बिजुलीको पहिलो अनुभवचाहिँ पोखरा आएर मात्र भयो ।
कुश्माबाट म्याग्दी जान मोदीखोलाको पुल तरेर जानुपथ्र्यो । खोला दुई डाँडाको फेदमा निकै तल बग्ने भएकाले ठाडो र लामो ओरालो र उकालो हिँड्नुपथ्र्यो । कुश्मा पुग्दा कुश्मा र ग्यादी जोड्ने पुलको कल्पना गर्थें । केही वर्षअगाडि त्यहाँ पुल बनेको रहेछ, छोरीछोरालाई देखाउन लगें । नौ–दस वर्षको उमेरमा कल्पना गरेको झोलुंगे पुल बन्न करिब चार दशक लागेछ ।
०४६ सालको जनआन्दोलनमा पूरै होमिएको थिएँ । हामीजस्ता युवा देशमा केही सकारात्मक र अर्थपूर्ण परिवर्तन चाहन्थ्यौं । आन्दोलन राजसंस्थाविरुद्ध थिएन, निर्दलीय व्यवस्थाविरुद्ध थियो । काठमाडौँको गल्ली–गल्लीमा हुने आन्दोलनमा गर्मीका बेला घरमाथिबाट पानी फ्याँकेर समर्थन र स्वागत गरिन्थ्यो । रातिचाहिँ बत्ती निभाएर आन्दोलनलाई निरन्तरता दिइन्थ्यो । रातभर बलेको टायरको खरानी र दिउँसो आन्दोलनरत हुँदा घरघरबाट फ्याँकिएको पानीका कारणले जुत्ता कालाम्य हुन्थ्यो । जुत्ता देखेर जोकोहीले पनि सजिलै अनुमान लगाउँथे । ६ जना दिदीबहिनीको एक्लोभाइ भएकाले काठमाडौँ बसेका दिदीबहिनीले पीर गर्थे । गाउँमा फोन नभएकाले मुवाबुवा र अरू बहिनीहरूले चाहिँ चाल पाएनन् । म त्यतिखेर टंगाल, नरदेवीमा नेवार दाइको घरमा बस्थेँ र खाना खान हरेक बिहान र साँझ भोटेबहाल र पछि महाबौद्ध आफन्तको होटलमा जान्थेँ । विद्यार्थी जीवनमा बिजुलीको अभाव कहिल्यै महसुस भएन ।
प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो निर्वाचनमा जनताले उल्लासपूर्वक सहभागिता जनाइए नेपाली कांग्रेसलाई बहुमत दिलाए । गिरिजाप्रसाद कोइराला २०४८ जेठ मा पहिलो निर्वाचित प्रधानमन्त्री बने । नयाँ व्यवस्थाप्रति सबैको ठूलो अपेक्षा थियो । मचाहिँ फागुनमा सीए पढ्न भारत लागें । सीएको प्रमाणपत्र लिएरै मात्र नेपाल फर्कने अठोट गरेको थिएँ । त्यसैले बीचमा गाउँबाट एक हप्ता लगाएर मुवाबुवा मलाई भेट्न मद्रास नै आउनुभयो । अठोट पूरा गर्दै तीन वर्षपछि २०५२ साउनमा सीएको सर्टिफिकेटसहित नेपाल फर्कें । त्यस दिन नेपाल बन्द थियो, काँकरभिट्टाबाट बिर्तामोडसम्म रिक्सामा आएँ । तीन वर्षपछि देश फर्कंदा बिजुली आपूर्ति दुरुस्त थियो ।
त्यतिखेर मनमोहन अधिकारी प्रधानमन्त्री थिए । आन्तरिक कलहका कारण बहुमतको नेपाली कांग्रेसको सरकार कार्यकालभन्दा डेढ वर्षअगाडि नै ढलेर संसद् विघट नभई २०५१ साल कात्तिकमा दोस्रो निर्वाचन भएको थियो । वास्तवमा नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले नै देशमा राजनीतिक अस्थिरताको बीउ रोपेकोथियो ।
गिरिजाको पहिलो सरकारले लिएको उदारीकरणको नीति मनमोहनले अगाडि बढाएका रहेछन् । सरकारी संस्थाहरू धमाधम निजीकरण हँुदै थिए र मेरा सिए मित्र माहाप्रसाद अधिकारी निजीकरण विभागका संयोजक थिए । देशको वित्तीय क्षेत्रमा चाहिँ नयाँ लहरै आएको रहेछ । नयाँ बैंक-वित्तीय संस्थाहरू खोलिएका थिए र केही खोलिने क्रममा थियो । साथीहरूले मोटरसाइकल वित्त कम्पनीबाट कर्जा लिएर किनेको देख्दा आश्चर्य लागेको थियो । नयाँ राजनीतिक व्यवस्थाको प्रत्यक्ष सकारात्मक परिणामचाहिँ देशको वित्तीय क्षेत्रमा आएको परिवर्तनले अनुभूति गरेको थिएँ । सात वर्षपछि दसैंमा गाउँ फर्कंदा बुवाले जेनेटर सञ्चालन गरेर गाउँमा बिजुली वितरण गर्नुभएको रहेछ । हाम्रो गाउँका लागि बिजुलीको यो पहिलो अनुभव थियो ।
मनमोहनपछिको प्रधानमन्त्री शेरबहादुरको पालामा फागुन २०५२ बाट देशमा माओवादी हिंसात्मक द्वन्द्व सुरु भयो । देश दुई दशकभन्दा लामो राजनीतिक अस्थिरताको सिकार भयो । यतिसम्म कि प्रजातन्त्र पुनस्र्थापनाको सात वर्षमा निर्दलीय पञ्चायतकालका दुई प्रधानमन्त्री लोकेन्द्र-सूर्यबहादुर पुनः पालैपालो केही महिनाका लागि प्रधानमन्त्री भए । जेठ २०५८ सालको राजपरिवार नरसंहारपछि देशको परिस्थिति थप जटिल, असुरक्षित, विकृत, निराशाजनक बन्दै गयो र आन्तरिक मामिलामा विदेशीहरू थप सक्रिय हुँदै गए । २०५६ सालतिर केही समस्या देखिए पनि खिम्ती जलविद्युत् आयोजना सम्पन्न भएसँगै विद्युत् आपूर्ति सहज भएका थियो ।
दसवर्षे माओवादी द्वन्द्वकालको परिणाम विविध रूपमा देखियो । युवाहरू वैदेशिक रोजगारीमा जानु, उद्योगधन्दा-पर्यटन व्यवसाय धराशाही हुनु, ग्रामीण भेगबाट सहरमा व्यापक बसाइँसराइ हुनु, आपराधिक गतिविधि बढ्नु आदि द्वन्द्वकालको सीधा असर थियो । साथै स्रोत परिचालनको हकमा भने देशको सबैभन्दा महŒवपूर्ण जलस्रोत क्षेत्रमा नयाँ लगानी हुन सकेन । राज्य-निजी क्षेत्र दुवैले नचाहिँदो जोखिम लिन सक्ने अवस्था थिएन ।
अन्ततोगत्वा माओवादी द्वन्द्वकाल २०६३ साल मंसिरमा अन्त्य भयो । तर, लगत्तै देशले पुनः अर्को समस्याको सामना गर्नुप¥यो— विद्युत् संकट द्वन्द्वकालमा जलविद्युत्मा भएको शून्य लगानी र अन्य विविध कारणले देशले अर्को एक दशक लामो चरम विद्युत् संकट झेल्नुप¥यो । हिउँदमा १८ घण्टासम्मको बिजुली कटौती चुपचाप सहँदै नेपाली जनताले द्वन्द्वकाललाई दोष दिएर अँध्यारोमा बस्ने बानी बसालेका थिए । यस अवधिमा देशले बर्सेनि अर्बांै रुपैयाँको इन्भर्टर, ब्याट्री, जेनेरेटर, इन्धन आयात गरेको थियो र यसको व्यापार निकै फस्टाएको थियो । संकट जति गम्भीर भयो त्यति चलखेल बढ्ने, व्यापार बढ्ने, मुनाफा बढ्ने । द्वन्दकाल अन्त्य भए पनि ऊर्जा अभावलगायत अन्य विविध कारणले उद्योग तथा व्यवसाय पूर्ण क्षमतामा चल्न सक्ने अवस्था थिएन ।
हिउँदको समय लामो समय बिजुली नहँुदा सा¥है कष्टकर हुन्थ्यो । बिजुली आउने समयअनुसार आमजनताले आफ्नो जिन्दगी ढालेका थिए । काठमाडौँको चिसो र लामो रातमा एकहोरो टोल्हाएर बस्दा शरीर शिथिल, दिमाग भाउन्न, मन शून्य हुन्थ्यो । जताततै अँध्यारो, मानौं देशलाई अँध्यारोले निलेको छ । बिजुलीबिनाको करिब पाँच महिना लामो हिउँद कठिन र विरक्त लाग्थ्यो । विरक्तिमा मान्छे सिर्जनशील र उत्पादनशील हुन सक्दैन ।
२०७३ सालको तिहारमा भने काठमाडौँवासीले एक दशकपछि भरमन बिजुली बाल्ने रहर पूरा गरे । यो नेपालीका लागि अकल्पनीय सुखद क्षण थियो । एक दशक लामो देशको पीडा एकाएक इतिहास बनेको थियो । यसै क्रममा देशले यौटा महानायक पायो— कुलमान घिसिङ, नेपाल विद्युत् प्राधिकरणका नयाँ प्रबन्ध निर्देशक । डेढ महिनाअगाडि भदौ ३० गतेमात्र उनी सो जिम्मेवारीमा पदस्थापन भएका थिए । साढे एक वर्षअगाडि देशले बेहोरेको महाभूकम्प तथा भारतले लगत्तै लगाएको नाकाबन्दीका कारण सबैजसो निर्माणाधीन जलविद्युत् आयोजना सम्पन्न हुने अवधि अनिश्चितताका बाबजुद उनले देशलाई अँध्यारोमुक्त बनाएका थिए । त्यस दिनदेखि काठमाडौँ र पोखरामा निर्वाध रूपले बिजुली उपलब्ध भए पनि ३१ वैशाख २०७५ का दिनचाहिँ उनले देशलाई लोडसेडिङमुक्त घोषणा गरे ।
नेपालको विद्युत् आपूर्तिमा भारतबाट आयात गरिएको बिजुलीको महत्वपूर्ण हिस्सा छ । आव ०७२-७३ मा भारतबाट आयातित बिजुलीको हिस्सा ३४ प्रतिशत थियो भने कुलमानले जिम्मेवारी लिएको आव ०७३-७४ मा सो हिस्सा १ प्रतिशतले बढेर ३५ प्रतिशत पुगेको थियो । तर, उनले आफ्नो व्यावसायिक कुशलताको प्रदर्शन गर्दै काठमाडौँ र पोखरालाई केवल डेढ महिनाभित्रै लोडसेडिङमुक्त बनाएका थिए । वास्तवमा सो आव भारतबाट अघिल्लो वर्षको दाँजोमा कुल बिजुलीको केवल ६ प्रतिशतमात्र अतिरिक्त विद्युुत् आपूर्ति भएको थियो । कुलमानले प्राधिकरणको बागडोर सम्हाल्नुअगाडिका वर्षहरूदेखि नै भारतबाट सोही अनुपातमा विद्युत् आयात भए पनि देशले एक दशक लामो विद्य्ुत् संकट भोग्नुपरेको थियो । तसर्थ विद्युत् संकट सामाधानको सम्पूर्ण श्रेय भारतलाई दिनु कुलमानको योगदानलाई अवमूल्यन गरेसरह हुनेछ ।
उनले बागडोर सम्हाल्दा प्राधिकरणको अघिल्लो आवको घाटा ८ अर्ब ९० करोड रुपैयाँ थियो । बर्सेनि घाटामा गएको प्राधिकरणको विगत नौ वर्षको कुल घाटा ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको थियो । उनले जिम्मेवारी सम्हालेको पहिलो वर्षदेखि नै प्राधिकरणलाई १० वर्षपछि पहिलोचोटि नाफामा लगेका छन् । गत आवको प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्दै ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । विद्युत्को पहुँच विगत तीन वर्षमा ६० प्रतिशतबाट ७८ प्रतिशत पुगेको छ । विद्युत् चुहावट २५.७८ बाट १५.३२ प्रतिशतमा झरेको छ । यी अविश्वसनीय सफलताले उनी एक अत्यन्त कुशल व्यवस्थापक र निष्ठावान् व्यक्ति भएको प्रमाणित गर्छ । उनी अहिले नेपालका सबैभन्दा रुचाइएका रोलमोडल हुन् भन्दा अतिसयोक्ति नहोला ।
२०७२ सालको महाभूकम्प र भारततीय नाकाबन्दीका कारण ०.६ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर नियमित विद्युत् आपूर्ति र पूर्वाधार पुनर्निर्माणसँगै आव ०७३-७४ मा ७.९ प्रतिशत, ०७४–७५ ६.३ प्रतिशत र गत आव ७.१ प्रतिशत पुगेको छ । विगत चार दशकको नेपालको आर्थिक विश्लेषण गर्दा देशले पहिलोचोटि लगातार तीन वर्ष मुद्रास्फीति दरभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरेको छ । उनले सम्हाल्नुअगाडिका आठ वर्ष विद्युत् उत्पादनको औसत वार्षिक वृद्धिदर १ प्रतिशतमात्र थियो भने उनी आएपछिको तीन वर्षको औसत वार्षिक वृद्धिदर १४ प्रतिशतभन्दा धेरै छ । सम्भवतः यो आवमा देशको विद्युत् उत्पादन क्षमता माथिल्लो तामाकोसी निर्माण सम्पन्नसँगै दोब्बर भएर २ हजार मेवाभन्दा बढी पुग्ने देखिन्छ । थपिन लागेको बिजुलीको सही तथा उच्चतम उपयोगले देशको आर्थिक वृद्धिमा थप टेवा पु¥याउने निश्चित छ र सरकारले प्रक्षेपण गरेजस्तो आर्थिक वृद्धिदर ८.५ प्रतिशत प्राप्त नभए पनि विगत तीन वर्ष हासिल गरेको उच्च वृद्धिदर कायम हुने आधार प्रशस्त भएको छ । यसको पहिलो श्रेय कुलमानलाई नै ।
जनताकै बलिदानमा ठूला राजनीतिक परिवर्तन भए, तर देशमा अर्थपूर्ण बदलाव आएको अहिलेसम्म अनुभूति भएको छैन । बिहान घरबाट निस्कँदा र बेलुकी घर फर्कंदा नितान्त व्यक्तिगत जोड–घटाउबाहेक राष्ट्रलाई जोडेर प्रफुल्ल हुने अवस्थाको अनुभूति अहिलेसम्म हुन सकेको छैन । तर, कहिलेकाहीं तीन वर्षअगाडिसम्मको अवस्था सम्झँदा आज घर अँध्यारो छैन भन्ने सामान्यबोधले पनि मन उज्यालो र हल्का हुन्छ । घर फर्किएपछि परिवारसँग गुनिलो समय बिताउन पाइएको छ । हेर्दा सामान्य लाग्ने यस्ता विषय मनोविज्ञानका हिसाबले अत्यन्त गहन र गम्भीर छन् । बिजुली संकटको एक दशकले कति नेपालीको जीवन वास्तवमै अन्धकार भएको होला ? हामीकहाँ यस्ता गहन विषयमा अध्ययन–अनुसन्धान गर्ने अभ्यास छैन । आपराधिक घटनाका अतिरिक्त सो अवधिमा धेरै नेपाली डिप्रेसनले ग्रसित भएको हुनुपर्छ ।
हाम्रा विकासका चाहनाहरू सामान्य छन् । प्रजातन्त्र पुनस्र्थापना भएको तीन दशकसम्म पनि विकासका आधारभूत आवश्यकता पूरा नहुनु दुर्भाग्य हो । कुलमानको प्रसङ्ग कालो बादलमा चाँदीको धर्काको प्रतिविम्ब हो । देशले हरेक क्षेत्रमा चाहेको नायकको प्रतिविम्ब हो कुलमान । यौटै व्यक्तिको सोच, क्षमता र निष्ठाले समाज र राष्ट्रमा गर्न सकिने सकारात्मक परिवर्तनको प्रतिविम्ब हो कुलमान । कुलमान क्षमतावान्, कर्तव्यनिष्ठ, इमानदार, कर्णधार नेपालीको सरल र प्रभावकारी पर्यायवाची हो । जनताको जीवनमा आएको सकारात्मक र अर्थपूर्ण परिवर्तनको वाहकका रूपमा कुलमानलाई अथ्र्याए सान्दर्भिक र व्यावहारिक हुनेछ ।
अत्यन्त सम्भावना बोकेको देशको जलविद्युत् क्षेत्रले कुलमान पाएको छ । मेरो देशले सबै क्षेत्रमा कुलमान पाओस् । मेरै पालामा समृद्ध नेपाल देख्न मात्र होइन, बाँच्न पनि पाइयोस् । कुलमानले नेपाल विद्युत् प्राधिकरणको बागडोर सम्हालेको आज तीन वर्ष पुगेको छ र त देश उज्यालो छ । मेरा लागि आजको दिन कुलमान दिवस !
(लेखक वरिष्ठ चार्टर्ड एकाउटेन्ट तथा अर्थशास्त्री हुन् ।)