समीर रेग्मी
आइतवार, भदौ २९, २०७६
528

व्यापारयुद्ध नरम भएको संकेतसँगै न्युयोर्कदेखि फ्रांकफर्ट र सांघाईसम्मका विश्वव्यापी बजारहरूमा सुधारको संकेत देखिएको छ । बुधबार विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले अमेरिकासँगको व्यापार वार्ताका लागि मार्गप्रशस्त गर्न केही अमेरिकी सामग्रीमा आयात शुल्क लगाउने आफ्नो अघिल्लो निर्णयलाई केही समयका लागि रोकेको थियो । यसपछि विश्वव्यापी सेयर बजारले एकाएक आफ्नो माथि चढ्ने क्रमलाई बढाएका थिए । शुक्रबार समग्र एसियाली बजार उकालो लागेको थियो ।
हाल बेइजिङ र वासिङ्टनले एक–अर्काको गुडविलका लागि भए पनि पारस्परिक प्रस्ताव अगाडि सारेका छन् र अक्टोबरमा उनीहरूबीचको व्यापार वार्ताका लागि माग प्रशस्त गरेका छन् ।

बुधबार चीनले अमेरिका निर्मित १६ वस्तुमा कम्तीमा पनि १२ महिनासम्मका लागि बढाइएको भन्सार महसुलमा छुट दिने बताएको थियो । उसले आफ्नो २ सय ५० अर्ब डलरका सामग्रीमा अमेरिकाले पनि शुल्क २५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु-याउने निर्णयलाई रोक्छ भन्ने अपेक्षा गरेको छ । अमेरिकाले अक्टोबर १ देखि १५ भित्रमा यो बढेको शुल्क कार्यान्वयन हुने बताउँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर पोस्टमा शुल्क बढाउने निर्णयलाई पर सार्ने निर्णय गरेका छन् । उनले पिपुल्स रिपब्लिक अफ चाइनाको स्थापनाको ७० औं वार्षिक दिवसका अवसरमा चीनसँगको व्यापार विवादलाई बढ्न नदिन यस्तो निर्णय गरेका हुन् । यो दिवस अक्टोबर १ मा पर्छ । यो करोडौं चिनियाँका लागि राहत हो ।
यसको केही घण्टापछि चीनको वाणिज्य मन्त्रालयले चिनियाँ फर्महरूले सुगुरको मासु र भटमासलगायतका अमेरिकी कृषि उत्पादन खरिद गर्ने निर्णय गरेर महत्वपूर्ण तथा राम्रो पारस्परिक सौहार्दताको वातावरण देखाएको छ । अमेरिकी किसानहरू ट्रम्पको विजयका लागि महत्वपूर्ण भएकाले किसानलाई खुसी पार्नु ट्रम्पका लागिसमेत आवश्यक छ ।
वासिङ्टनमा आगामी दुई सातामा हुने दुई मुलुकका उच्च तहका पदाधिकारीहरूको वार्ता अगाडि यो एक महत्वपूर्ण पारस्परिक आदान–प्रदान होस् भन्ने अपेक्षा गर्न सकिन्छ । वासिङ्टन र बेइजिङले विवादलाई झन् बढाउने अवस्थामा अवरोध आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो वर्षको अप्रिल–जुनको त्रैमासमा अमेरिकी र चिनियाँ अर्थतन्त्रहरू क्रमशः २ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भए पनि टिट फर ट्याटका गतिविधिले दुवै अर्थतन्त्र ओरालो लाग्ने अवस्था देखिएका छन् । दुवै अर्थतन्त्रमा मूल्य बढेको छ र रोजगारी पनि ओझेलमा परेका छन् । जनताको क्रयशक्ति क्षमतामा गिरावट आएको छ । ट्रम्पले पनि २०२० को चुनावमा जित्ने आशा गरिरहेको समयमा यो उनका लागि पनि महत्वपूर्ण मानिएको छ ।
त्यसैले ट्रम्पले व्यापार युद्धको नतिजालाई तोडमोड गर्नु हँुदैन । हालै अमेरिकी म्यानुफ्याक्चरिङ गतिविधिमा संकुचन आएको छ । घरको बिक्री र नयाँ रोजगारी सिर्जना हुने क्रम ओरालो लागेको छ ।
वार्षिक मापनका आधारमा अगस्टमा अमेरिकी नयाँ घरको बिक्रीमा १२.८ प्रतिशतको गिरावट आएको छ । यो २०१२ यताकै सबैभन्दा ठूलो मासिक गिरावट हो । अमेरिकी सर्भेका अनुसार राष्ट्रपति ट्रम्पको अप्रुभल रेटिङमा उल्लेख्य रूपमा गिरावट आएको छ । यो युद्धभूमि मानिएका अमेरिकी राज्यहरू पेनसिल्भानिया, मिचिगन, ओहिआ र विस्कनसिनमा प्रमुख रुपमा देखिएको छ ।
यो समय भनेको ट्रम्पले अरूलाई चोट पु¥याउने खालका व्यापार नीतिमा सुधार गर्नु आवश्यक देखिएको छ । उनले व्यापारयुद्धको अन्त्य गरेर अमेरिकी अर्थतन्त्रलाई माथि उठाउने समय आएको छ । व्यापारयुद्धको अन्त्य गरेर उनले अमेरिकी अर्थतन्त्रमा सास भर्न सक्छन् । यसले ट्रम्पलाई आगामी चार वर्षका लागि ह्वाइट हाउसमा बस्नका लागि सहयोग गर्न सक्छ । यो नै अमेरिका र चीनका लागि महत्वपूर्ण निर्णय हुन सक्छ । महसुल युद्धको अन्त्य गरेर वासिङ्टन र बेइजिङले एक–अर्काको अर्थतन्त्रको टेकोमा बल दिन सक्नेछन् ।