कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
386

विश्वकै अग्लो हिमचुचुरो सगरमाथालाई परापूर्वकालदेखि बस्दै आएका कुलुङ, शेर्पालगायतका आदिवासी जनजातिले स्थानीय रूपमा भन्दै आएको नाम ‘चोमोलुङमा’ हो । तर, धेरै पछि सम्भवतः परापूर्वकालदेखि नै चिनिँदै आएको चोमोलुङ्मा नामको सट्टा ‘सगर+माथा’= सगरमाथा भनी नेपाली-खसकरण गरियो अर्थात् ‘सगरमाथा’ नयाँ नाम दिइयो ।
पूर्वमा रहेको कुम्भकर्णको स्थानीय नाम ‘जान्नु’ हो, तर लिम्बू जातिले उक्त हिमाललाई ‘फक्ताङलुङ’ (कुम भएको ढुंगो) भनी पुकार्छन् भने हिउँदयाममा धान लगायतका अन्नपात भिœयाउँदा फक्ताङ्लुङमा रहेको हिउँको थुप्रोलाई सह मानी धानको रासमाथि फक्लाङ्तुङतर्फ फर्काएर हँसिया, धुपौरो, पूmल, अक्षता, कुखुराको भाले (जसलाई राशि भाले भनिन्छ) राखेर पूजाआजा गरिन्छ । अझ उक्त हिमालमा जति हिउँ थुप्रिएको हुन्छ उति नै सह लागेको मानिन्छ । कञ्चनजंघा हिमाललाई लिम्बूहरू सेवालुङ-सेन्छेलुङ भन्छन् । यस क्षेत्रमा अर्को हिमाल छ, ‘टेन्ट–पिक’ । खासमा उक्त हिमाललाई किरात चुली भनेर चिनिन्छ । मकालुलाई कुलुङ जातिले सेसेलुङ भन्छन् ।

सगरमाथाको दक्षिणमा ‘पिक–३८’ नामक हिमाल छ, जसको नेपाली नाम शान्ति शिखर राखियो भने ‘ईमजात्चे’को अंग्रेजी नाम आइल्यान्ड पिक हो । गौरीशंकर नेपाली भाषामा राखिएको नाम हो । स्थानीय निमा शेर्पा (जो रोयल माउन्टेन ट्राभल्समा गाइड गर्छन्) का अनुसार, गौरीशंकर हिमाललाई स्थानीय स्थानीय शेर्पा जातिले आम्पामारे भनेर बोलाउँछन् ।
लाङटाङ क्षेत्रमा अंग्रेजी नाम भएको एउटा भन्ज्याङ छ– ‘तिलम्यान कोल’ । सन् ५० को दशकमा यस क्षेत्रको भ्रमण गर्न आएका बेलायती नागरिक तिलम्यान कोलले उक्त क्षेत्रको भ्रमण गर्दा दोर्जे लाक्पा र लाङसिसा–रीको बीचमा रहेको भन्ज्याङ काट्न गाह्रो हुनुको साथै मान्छेले पहिलो पटक उक्त भन्ज्याङ पार गरेका हुनाले उनको नाममा रहन गयो । भने लाङटाङ–री र याला पिकको पछाडि रहेको एउटा सानो हिमाल मोरीमोतो नामक जापानीले पहिलो पल्ट चढ्न प्रयास गरेकाले उक्त हिमालको नाम ‘मोरीमोतो’ राखे जापानीहरूले । तामाङ जाति ख्वाप्स्लाङ कार्पो भन्छन्– गणेश हिमाललाई । माछापुच्छ«े माछाको नाममा छ, जसलाई माछापुच्छ«ेभन्दा पनि फिसटेल नामले बढी चिन्न थालिएको छ । बुद्ध हिमाल गौतम बुद्धको नाममा, मानापाथी नेपालीहरूको अन्नपात भर्ने एक किसिमको भाँडोको नाममा आदि नामहरू रहिआएको छ । त्यस्तै पिक–२९ को खास नाम ‘ङादी चुली’ हो भने उक्त पिकको नयाँ नाम स्वर्गीय भूगोलविद् डाक्टर हर्क गुरुङको नाममा ‘हर्क पिक’ राखिएको छ । मनास्लुको स्थानीय नाम प्याङगेन पुथाङ हो । त्यस्तै अन्नपूर्ण क्षेत्रमा रहेको ‘टेन्ट पिक’ र ‘फ्ल्युटेट पिक’को नेपाली नाम क्रमशः थर्पु चुली र सिंह चुली हो । यस क्षेत्रमा गन्धर्व चुली गाइने पेसा अँगालेका जातिको नाममा, बराह चुली हिन्दूहरूको भगवान् विष्णुका दस अवतारमध्ये एकको नाममा छ भने पिसाङ पिकको स्थानीय नाम झोङ–री हो ।
नेपालका हिमालहरूको नाम राख्न खटिएका स्व. डा. हर्क गुरुङ भन्नुहुन्थ्यो, “के गर्ने भाइ ? हाम्रो देशका हिमालहरू कहाँ छन् ? कति छन् ? कस्तो खालको हिमाल हो ? त्यहाँ गएर विदेशीहरूले हिमाल चढ्छन् मात्रै कि अरू गतिविधि पनि गर्छन् ? कसैलाई चासो र सरोकार हुँदैन । त्यसै पनि नेपालका धेरै हिमालको नाम हिन्दू भाषा र हिन्दू देवीदेवताको नामले अतिक्रमण गरेका छन्, स्थानीय नामहरू विस्थापित हुँदै गएका छन् । विदेशीहरू त झन् के कम ? पहिलो पटक आपूm वा आफ्नो देशको टोलीले चढेको-चढ्न लागेको वा चढ्न प्रयास गरेको हिमालको नाम सकेसम्म आफू वा आफ्नो देशका महाराजा, राजा वा प्रसिद्ध व्यक्तिको नाममा राख्ने सक्दो प्रयास गर्छन् । तर, हामी नेपालीहरू भने विदेशीले किन हाम्रो हिमालका नाम आफ्नो भाषा वा व्यक्तिविशेषको नाममा राख्छन् ? हामीलाई चासो हुँदैन । त्यसरी विदेशीले राखेका नेपाली हिमालका नामहरू हामीले सच्याउनेभन्दा पनि पछि गएर हामीले समेत उनीहरूले राखेको नाम नै बोलाउने (उच्चारण) गर्छौं । वर्षौपछि त्यही नाम जनजिब्रोमा झुन्डिन जान्छ अनि भाषा–विज्ञानका आधारमा पनि आगन्तुक शब्दहरूलाई नेपाली भाषा मान्नुपर्ने हुन्छ ।”
—निनाम कुलुङ ‘मंगले’