कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
249

पर्वतारोहण पर्यटन नेपालको पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । हुन पनि विश्वका अधिकांश देशले विश्वभरिका पर्यटकहरूलाई आफ्नो देशमा पर्वतारोहण, पदयात्रा, जलयात्रा आदिका लागि आकर्षित गर्ने गरेको छ । त्यस्तै नेपालले पनि विश्वका धेरैभन्दा धेरै पर्यटकहरूलाई पदयात्रा र जलयात्राका साथै पर्वतारोहण वा हिमाल आरोहण गर्न पनि आकर्षित गराउन अझ सशक्त बदम चाल्नुपर्ने देखिन्छ ।
नेपालमा हिमरेखाभन्दा माथि लगभग १७ सयवटा हिमाल छन् भने नेपाल सरकारले पटक–पटक गरेर ४ सय १३ वटा (५ हजार ५ सय ५० मिटर अग्लो छुकुङ–रीदेखि लिएर ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथालगायतका) हिमाल पर्वतारोहणका लागि खुला गरेको छ । त्यसमध्ये धेरै अघिदेखि तत्कालीन श्री ५ को सरकारले ३३ वटा स–साना हिमाललाई ‘ट्रेकिङ पिक’का रूपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, ती स–साना हिमाल चढ्न चाहने आरोहीलाई पर्मिट दिने, शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको छ ।

त्यस्तै पर्वतारोहणका लागि खुला गरिएका बाँकी हिमाल भने नेपाल सरकारको मातहतमा छन् । हुन त नेपालमा रहेका हिमालहरू नेपालका लागि मात्रै नभएर छिमेकी देशहरू भारत, बंगादेशलगायत देशका लागि पनि स्वच्छ खानेपानी, सिँचाइ, बिजुली बत्ती आदिका लागि मुहान अर्थात् मुख्य स्रोतका रूपमा रहेको छ । पछिल्ला दिनमा मौसम परिवर्तनका कारण त्यही स्वच्छ खानेपानी, सिँचाइ, बिजुली बत्ती आदिका लागि मुख्य स्रोतका रूपमा रहेका हिमालहरू पग्लेर हाम्रा लागि अभिशाप र दुःखको स्रोत पनि बन्दै गएको दुःखद स्थिति छ । निश्चय नै यसमा निर्दोष, निश्चल र अटल ती हिमालहरू दोषी नभएर हामी मान्छेहरू नै दोषको मुख्य भागीदारी हौं भन्नेमा दुईमत छैन । त्यसमा पनि विकसित देशहरू मुख्य रूपमा दोषी छन् ।
बाँकी रहेका ८ हजार मिटरभन्दा अग्लो हिम शिखर भएका देशहरूमा चीन ८ हजार ८ सय ४८ मिटर चोमोलुङ्मा (एभरेस्ट) चीन–नेपाल सिमाना, ८ हजार १३ सिसा–पाङमा नेपाल–चीन सीमा र ८ हजार ६ सय ११ मिटर के–टु, ८ हजार १ सय २५ मिटर नांगा पर्वत पाकिस्तान, ८ हजार ६८ मिटर गसेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, ८ हजार ५६ मिटर ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८ हजार ३४ मिटर गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमाना हो । माथि उल्लिखित यी दुईवटै देशमा पर्वतारोहीहरूले हिमाल चढ्दा लाग्ने शुल्क नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरूले कुनै पनि स–साना हिमालदेखि लिएर ठूला हिमालहरू चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर घटाउने लगायत अन्य अफिसियल झन्झटहरू हटाउनेतर्फ सोच्नैपर्ने देखिन्छ । हुन त पर्वतारोहीहरूले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूरपश्चिम क्षेत्रमा रहेका केही हिमाल नेपाल सरकारले निःशुल्क र केही हिमाल ५० प्रतिशत छुटमा चढ्नका लागि खुला गरेको छ । भनिन्छ, ती निःशुल्क चढ्न पाइने भनिएका केही हिमाल चढ्न पाऊँ भनी अनुमतिका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महशाखामा निवेदन हालेका छैनन् !
खासमा भन्ने नै हो भने यो वर्षको वसन्त ऋतुमा सगरमाथालगायत हिमालमा देखिएको पर्वतारोहीहरूको भीडले पनि नेपाली पर्वटनमा पर्वतारोहणको योगदान त्यसको महŒव बढ्दै गएको देखाउँछ । यो सिजनमा सरकारले पर्वतारोहणबाट सलामीबापत विभिन्न हिमाल चढ्न आएका पर्वतारोहीबाट ४८ करोड ७३ लाख ८ हजार १ सय १२ रुपैयाँ सलामी रकम संकलन ग¥यो । त्यसमध्ये सगरमाथा चढ्न आएका पर्वतारोहीबाट मात्रै ४३ करोड ६२ लाख ३० हजार ९ सय १२ रुपैयाँ संकलन गरेको छ । त्यस्तै आरोहण टोलीसँग जाने सरदार, गाइड, कक, किचन, हेल्पर, याक, नाक र चौंरीगाई, भरिया, आइसफल डक्टर आदिले ज्यालाबापत पाउने (कमाउने) रकमको हिसाब अलग्गै छ ।
—निनाम कुलुङ ‘मंगले’