झलनाथ खतिवडा
शुक्रवार, जेठ २३, २०७७

आज विश्वका विभिन्न देशमा रहेका ६५ लाखभन्दा बढी मानिसमा फैलिसकेको कोरोना भाइरसले दिन¬–प्रतिदिन नेपालमा पनि संक्रमित बिरामीको दर नयाँ उचाइमा पुग्दै गइरहेको छ । सोमध्ये मृत्युुदर पनि दिन–प्रतिदिन बढ्दै गइरहेको छ । त्यस्तै अघिल्ला वर्षहरूदेखि नेपालमा बर्सेनि फैलिन थालेको विभिन्न सरुवा रोगको प्रकोप पनि दिनानुदिन बढ्दै गएको छ ।

170
देवराज गुरुङ
बिहिवार, जेठ २२, २०७७

जेठको महिना, उखरमाउलो गर्मी हुनुपर्ने हो । तर, यो वर्ष न तराई न हिमाल । खासै गर्मी बढेको छैन । सायद चैतदेखि निरन्तर वर्षा भएर होला । जेठमा देखिने धाँजा फाटेका खेत हिलाम्मे छ । लेकाली क्षेत्रको मुख्य बाली आलु भित्र्याउन सकेका छैनन् । बदलिएको मौसमसँगै खेतीपाती गर्न र अन्नबाली थन्क्याउन असहज महसुस हुन थालेको छ । खैर, दिउँसोतिर घरायसी काममा व्यस्त थिए । पत्रकार आनन्द गौतमले सोधे, “पाथीभरा जाने कि ?” जान्छु भनें । प्रश्न गरें, “तर, कसरी ?” गौतमले भने, “काफ्लेपार्टीसम्म गाडीमा । तपाईंसहित ४-५ जना हुनुहुन्छ ।” नजिकको तीर्थ सबैको हेंला भनेझैं पाथीभरा नगएको निकै वर्ष भएको थियो । पशुपतिको दर्शन सिद्राको व्यापार भनेझैं दर्शन र रिपोर्टिङ गर्न तयार बनेँ । पाथीभरा धार्मिक आस्था र प्राकृतिक तथा जैविक विविधताको ‘ड्रिमल्यान्ड’ पनि हो ।

327
कारोबार संवाददाता
शुक्रवार, जेठ २३, २०७७

वैश्विक महामारी कोभिड–१९ सँग जुध्नका लागि नेपालले चैत ११ गतेबाट सुरु गरेको बन्दाबन्दी तेस्रो महिनामा प्रवेश गरिसकेको छ । यद्यपि यस रोगबाट संक्रमित हुनेको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको छ । चीनमा लकडाउन सुरु भएको ७६ औं दिनपछि जनजीवन सामान्य भएको थियो, जसअनुसार नेपालको जनजीवन सामान्य हुनुपर्नेमा कोरोना संक्रमण मिटर उल्टो दिन–प्रतिदिन बढिरहेको छ । सरकार कोरोनाको पहिचान, रोकथाम, उपचार र नियन्त्रणमा संवेदनशील नदेखिएको आरोप स्वास्थ्यसँग सम्बन्धित जानकारहरूलगायत विपक्षी राजनीतिक दलहरूले समेत लगाएका छन ।

289
विमल सुवेदी
शुक्रवार, जेठ २३, २०७७

आगामी आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्को बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा बजेट प्रस्तुत गरेका छन् । नेपालको इतिहासमा बहुदलीय व्यवस्थापछि लगातार तेस्रो पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीका रूपमा वर्तमान अर्थमन्त्री दोहोरिनुभएको छ । बहुदलीय व्यवस्थाको स्थापना र लगत्तै भएको चुनाव र नेपाली कांग्रेसको एकमना सरकारका अर्थमन्त्रीको हैसियतले तत्कालीन अर्थमन्त्री महेश आचार्यले ल्याएको तीनवटा बजेटमा शिक्षा, स्वास्थ्य, सिँचाइ र खानेपानीलाई महत्वका साथ गाउँगाउँमा सडक सन्जाल विस्तार र दीर्घकालीन विकासका अवधारणाहरू बुनिएका थिए र खुला अर्थनीतिअन्तर्गत निजी क्षेत्रलाई विश्वासमा लिएर उद्योग व्यवसायको स्थापना, सहकारी बंैकिङ क्षेत्रमा सबैको पहुँच हुने गरी अर्थतन्त्रलाई अगाडि बढाइएको थियो ।

182
उदय रानामगर
बिहिवार, जेठ २२, २०७७

विश्वका २ सयभन्दा बढी देशमा कोभिड–१९ को संक्रमण फैलिरहेको छ, जसका कारण अधिकांश देशले आ–आफ्नो देशलाई लकडाउनको माध्यमद्वारा सुरक्षित गर्ने प्रयास गर्र्दै आएको छ । पछिल्ला दिनहरूमा दक्षिण एसियाको सबैभन्दा ठूलो जनसंख्या तथा अर्थतन्त्र भएको मुलुक भारतमा पनि कोभिड–१९ को संक्रमण देखिएको छ । यसका कारण देशव्यापी लकडाउनलाई बढाउँदै लगेको छ । देशमा अत्यावश्यक सेवाबाहेक सबै व्यवसाय बन्द छन् । लकडाउन बढाउँदै जाँदा भारतमा आर्थिक संकट आउने विज्ञहरू बताउँछन् ।

85
अधिवक्ता सरोजकृष्ण घिमिरे
बिहिवार, जेठ २२, २०७७

हालको अवस्थामा संसारका सबैजसो राष्ट्र कोभिड–१९ को संक्रमणले निम्त्याएको महासंकटको अवस्थाबाट गुज्रिरहेका छन् । लामो समयको बन्दाबन्दीका कारण स्वस्थ्य संकटमात्र नभई आर्थिक र वित्तीय संकटको मारमा व्यक्तिदेखि संघसंस्था, सेवा–व्यवसाय, उद्योग प्रतिष्ठानलगायत सम्पूर्ण संगठित–असंगठित संघसंस्थालाई नराम्रोसँग दूरगामी आर्थिक प्रभाव पारेको जगजाहेर नै छ ।

594
कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

विश्वव्यापी कोरोना भाइरसको महामारी र देशको आधारभूत उत्पादक र जीवनदायिनी शक्ति किसान वर्गको उत्थान र प्रगतिका निमित्त जस्तो नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिनुपथ्र्याे, वर्तमान सत्ता र सरकारले त्यस्तो नीति र बजेट दिन सक्तैन भन्ने कुरा फेरि पनि प्रस्ट भएको छ ।

219
बलराम पौडेल
बुधवार, जेठ २१, २०७७

विश्वका करिब १ सय ७२ मुलुकमा नेपालबाट दक्ष, अर्धदक्ष र न्यून दक्ष (अदक्ष) जनशक्ति वैदेशिक रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ । झन्डै ४५ लाख जनशक्तिले विदेशबाट उनीहरूको श्रम र पसिनाले कमाएको रकम विप्रेषणका रूपमा नेपाल भित्रिने गरेको छ । यी जनशक्तिमध्ये धेरैजसो विपन्न परिवारबाट र ग्रामीण भेगबाट जाने गरेको देखिन्छ । रोजगारीको अतिरिक्त उच्च अध्ययनका लागि युरोपका मुलुकहरूलगायत अमेरिका, अस्ट्रेलिया, क्यानडा, सिंगापुर र दक्षिण एसियाली देश भारत, थाइल्यान्ड, फिलिपिन्स, जापान, बंगलादेश आदिजस्ता मुलुकमा विद्यार्थीका रूपमा गएका छन् ।

364
कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ ले विश्वको अर्थतन्त्र नै खस्किसकेको अवस्था रहेको छ । लाखौं मानिसले रोजगारीमा फर्कन नसक्दा लाखौंको रोजीरोटी गुमिसकेको अवस्था छ । यसले विकास–निर्माणको काम मात्र होइन, राष्ट्रिय गौरवका आयोजामा पनि निकै प्रभाव पारेको देखिन्छ भने मुलुकको पँुजीबजारमा पनि त्यत्तिकै असर गरिरहेको हामी अनुमान लगाउन सक्छौं ।

390
देवेन्द्र अर्याल ‘आँसु’
मंगलबार, जेठ २०, २०७७

कोरोना कहरका कारण विश्व नै त्रसित छ । यसका कारण आममानिसको जनजीवनका साथै कलकारखाना, उद्योग, यातायात, कृषि, शिक्षण, पर्यटनलगायतका सबै क्षेत्र यसबाट प्रभावित बनेका छन् । वैश्विक महामारीका रूपमा कोरोनाले विश्वको अर्थतन्त्र नै धराशायी बनाएको छ । यदि यो महामारी धेरै समयसम्म लम्बिने हो भने शैक्षिक क्षेत्र पनि धराशायी नबन्ला भन्न सकिन्न ।

253
कमल सुवेदी
मंगलबार, जेठ २०, २०७७

कोरोनाले अर्थतन्त्र धराशायी भएका बेला सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट सार्वजनिक गरेको छ । भूकम्पपछिको पुनर्निमाण, नाकाबन्दीको प्रभावमा जुधिरहेका बखत फेरि कोरोना महामारी थपिएको छ भने विश्वमा एकैपटक आर्थिक एवं मानवीय संकट आएको छ । कोभिड–१९ का कारण स्वदेश र विदेशमा रहेका लाखौं नागरिकले जागिर गुमाएका छन् । कोरोनाका कारण आर्थिक, सामाजिक एवं राजनीतिकलगायत हरेक क्षेत्रमा यसको प्रभाव परेको छ ।

435
कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७

यही जेठ १५ गते नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि वार्षिक बजेट प्रस्तुत गरेको छ । नेपाल सरकारका अर्थ, सूचना, प्रविधि तथा सञ्चारमन्त्री एवम् प्रवक्ता डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७-०७८ को बजेट भाषणमा १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेट भाषणमा प्रस्तुत गरिएको १४ खर्ब ७४ अर्ब ६४ करोड रकममध्ये ‘३ खर्ब ५२ अर्ब ९१ करोड मात्रै पुंजीगत खर्च हुनेछ’ भनी बजेट भाषणमा उल्लेख भएको छ । त्यसमा ८ खर्ब ८९ अर्ब ६२ करोड आन्तरिक राजस्वबाट पूर्ति गर्ने लक्ष्य लिइएको छ । त्यस्तै २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण सहायताबाट पूर्ति गर्ने र २ खर्ब २५ अर्ब आन्तरिक रूपमा लिने लक्ष्य लिइएको छ भने ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक सहायता (सम्भवतः अनुदान) बाट जुटाउने उल्लेख गरिएको छ ।

258
सरस्वती ढकाल
सोमवार, जेठ १९, २०७७

मानव सभ्यताको विकासलाई नै चुनौती दिने गरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला सम्पूर्ण विश्व ठप्प छ । भाइरससँग जोगिन मानव जाति जस्तोसुकै सम्झौता गर्न पनि तयार छ । संक्रमण न्यूनीकरण गर्न पहिलो सावधानीका रूपमा अपनाइएको लकडाउनका कारण अहिले पनि विश्वको एकतिहाइ जनसंख्या घरभित्रै छन् भने बाँकी पनि ढुक्क भएर बाहिर निस्किन सकेका छ्रैनन् । कोरोना नियन्त्रण गरिसकेको दाबी गर्ने चीन अझै पनि सशंकित छ भने दोस्रो बढी जनसंख्या भएको भारत चुनौतीपूर्ण अवस्थामा छ । राजनीतिक, आर्थिक र सामरिक शक्तिका आधारमा संसारकै शक्तिशाली मुलुक अमेरिकाले बाहिरी दुनियाँसामु कमजोर नदेखिनकै लागि मानवीय तथा आर्थिक गतिविधि बढाए पनि उसको अवस्था भित्रभित्रै निकै भयावह नै छ ।

463
रमेश घिमिरे
सोमवार, जेठ १९, २०७७

आम सर्वसाधारणका मनमा लकडाउनले विश्वको अर्थतन्त्र ध्वस्त भयो, अब कसरी पुनर्जीवन हुन्छ ? भन्ने प्रश्न उब्जेको पाइन्छ । यस लेखमा विश्वभरका सरकारहरूले कसरी अर्थतन्त्रलाई सामान्य बनाउँछन् भन्ने विषयमा सैद्धान्तिक जानकारी दिने प्रयास गरिएको छ । लकडाउनको कारण मानिसहरूले आयआर्जन गर्ने र उपभोग गर्ने मात्रा घटेको छ । सरकारहरूले नागरिकको आयआर्जन र उपभोगमा कर लगाएर राजस्व प्राप्त गर्छन् । त्यसैले सरकारहरूको आम्दानी कम हुँदै गएको छ । स्वास्थ्य सेवा र राहत वितरणमा सरकारहरूको खर्च भने बढ्दै गएको छ । बढ्दो खर्च धान्न सरकारहरूले राजस्व कहाँबाट प्राप्त गर्छन् ? भन्ने प्रश्न उब्जन्छ ।

466
कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई मान्ने हो भने पनि एउटा स्वस्थ व्यक्तिले प्रतिवर्ष ९१ लिटर दूध पिउनुपर्छ । तर, औसत नेपालीले ७१ लिटर मात्र दूध पिउने गरेको तथ्याङ्क छ । नेपाल कृषिप्रधान मुलुक हो भनिन्छ । करिब ६६ प्रतिशतभन्दा बढी नेपाली कृषिमै आश्रित छन् पनि भनिन्छ । यो अवस्थामा हामीले किन्दै गरेको दूध नेपाली किसानकै गोठबाट आएको हुनुपर्ने हो । तर, वास्तविकता भने त्यस्तो छैन । विदेशबाट आयात गरिने पाउडर धूलोलाई दूधको रूप दिएर बजारसम्म फैलाउने गरिन्छ ।

226