कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
478

वीरगन्ज-कोरोना संक्रमितलाई राखेर उपचार गराउन थालेपछि बन्द भएको नारायणी अस्पतालमा आइतबारदेखि साधारणतर्फको उपचार सेवा शुरु गरिएको छ । कोभिड १९ का संक्रमितहरुका लागि आईशोलेसन बनाएपछि बन्द भएको नारायणी अस्पतालबाट दिईने अन्य बिरामीका उपचार सेवाहरु मध्य आईतबारदेखि डाईलासिस सेवा शुरु भएको हो ।
नारायणी अस्पतालमा राखिएका कोरोनाका संक्रमितहरु निको भएर घर गएपछि पुनः साधाराण अस्पतालको रुपमा संचालनमा ल्याइएको हो । यसअघि कोभिडका संक्रमितहरुलाई उपचार गरिएको अवस्थामा पनि आकस्मिक कक्षबाट सर्पदंश र ज्वरोका बिरामीहरुको उपचारलाई निरन्तरता दिदै आएको थियो । बैशाख २ गतेदेखि बन्द भएको डाईलासिस सेवापनि आईतबारदेखि सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

क्रमिक रुपमा बहिरंग सेवाहरु पनि संचालन गर्दै लैजाने तयारी रहेको बताउदै मेसु डाक्टर मदन उपाध्यायले अस्पतालमा कोरोना संक्रमण फैलन नदिन भीड नियन्त्रण मुख्य भएकोले सामाजिक दूरीलाई पनि ध्यान दिदै एउटा विभागमा बढीमा २५ जना बिरामी मात्रै उपचार गरिने बताए ।
साधारण अस्पताल संचालनका लागि सरसफाई निरन्तर भईरहेको जानकारी दिदै कोभिड अस्पतालबाट साधारण अस्पतालमा परिणत भएको मुलुककै पहिलो अस्पताललाई पूर्ण रुपमा सुरक्षित रहेको प्रत्याभूति गर्न पहलको आवश्यक रहेको बताएका छन् । कोभिड–१९ विरुद्ध लड्न साथ र सहयोग गर्ने सबैलाई धन्यावाद दिदै अभैm केही दिन अन्तरंग सेवा प्रभावित हुने भएकोले बहिरंग सेवाबाट बिरामीलाई अन्यत्र भर्ना गर्न पठाउनुपर्ने बाध्यता रहेको बताईएको छ । चैत ३० गते वीरगन्जमा पहिलो पटक तीनजना कोरोना संक्रमित फेलापरेपछि नारायणी अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरेको थियो ।

कोरोना संक्रमितको खाना व्यवस्थापन गर्दै महानगर
नारायणीको कोभिड शाखामा उपचारको लागि भर्ना हुनेहरुलाई बीरगंज महानगरले खाना खुवाउन थालेको छ । वीरगञ्जको अस्थायी नारायणी अस्पताल गण्डकमा उपचाररत कोरोना संक्रमितहरुलाई महानगरपालिका आफैले खाना खुवाउन शुरु गरेको बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीले बताए । कोरोना भाइरसबाट संक्रमितहरुलाई सरसफाई र खानाको आपूर्तिमा देखिएका समस्याहरु सार्वजनिक भएपछि गैरसरकारी संस्था सानो पाइलाले खाना खुवाउने जिम्मेवारी लिएको थियो ।
सानो पाइलाको यो महत्वपूर्ण योगदानका लागि महानगरप्रमुख सरवागीले धन्यवाद दिएका छन् । अस्पतालमा उपचाररत संक्रमितलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप खाना खुवाउन महानगरपालिकाले गएको दुई साताअघि नै टेण्डर आह्वान गरेको थियो ।
महानगरपालिकाले आह्वान गरेको टेण्डर वीरगन्जको हिमाल भन्सा घरलाई परेपछि खाना खुवाउने जिम्मेवारी दिएको छ । हिमाल भन्सार घरले कोरोना संक्रमीतहरु, अस्पतालमा कार्यरत अन्य केही कर्मचारी समतेलाई खानाको आपूर्ती गर्नेछ । वीरगञ्ज महानगरपालिकाले खाना खुवाउने जिम्मा हिमाल भन्सा घरलाई दिएसँगै आजदेखि संक्रमितहरुलाई हिमाल भान्सा घरले खुवाउन थालेको हो ।