कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
591

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायीहरु, पेट्रोल पम्पहरुमा काम गर्ने मजदुरहरु र त्यससँंग सम्बन्धित चालक र सह–चालकहरुको कोरोना परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायीहरु, पेट्रोल पम्पहरुमा काम गर्ने मजदुरहरु र त्यससँंग सम्बन्धित चालक र सह–चालकहरुको कोरोना परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।
जेठ ९ र १२ गते दुई छुटाछुटै दिन भिडियो कन्फरेन्समार्फत् सम्पन्न एसोसिएसनको केन्द्रिय कार्यसमितिको बैकठको निर्णय अनुसार अति आवश्यक वस्तुको कारोबार गर्नुपर्ने पेट्रोलियम पदार्थसँंग सरोकार राख्ने सबैको कोरोना परीक्षण गरिदिन सरकासमक्ष माग राखेको हो । यसका लागि पीपीई किट तथा आवश्यक सुरक्षण सम्बन्धी उपकरणहरुसमेत उपलब्ध गराउन एसोसिएसनले अनुरोध गरेको छ ।व्यापार नभए पनि अतिआवश्यक पदार्थ भएकोले चलाउनुपरेको र त्यस क्रममा विभिन्न व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्कमा जानुपर्ने भएकोले पीसीआर प्रविधिबाट स्वाब परीक्षणको व्यवस्था मिलाउन नेपाल आयल निगमसँंग एसोसिएसनले माग राखेको हो ।

सोमबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशकसक्षम आठ वटा मागसहितको मागपत्र प्रस्तुत गर्दै एसोसिएसनले लकडाउनको अवस्थामा पम्पमा बस्ने मजदुर कर्मचारीहरुलाई तलब नै भुक्तानी गर्न नसकेको कारण यो अवधिसम्मको तलब नियमगको तर्फबाट वन्दोवस्त मिलाइदिन पनि माग राखेको छ । एसोसिएसनले लकडाउनका कारणले पेट्रोलियम व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेकाले कर्मचारीलाई तलब भुक्तानी गर्न नै नसकिने परिस्थिति सिर्जना भएको जनाएको छ । निगमद्वारा तीन वर्षसम्मका लागि निगमले व्यवसायीहरुसँग लिने नविकरण लगायतका अन्य शुल्क मिनाहा गर्न पनि माग गरेको छ ।
नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पहरुमा लगानी भएका बैंकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गरिनुपर्ने, किस्ता भुक्तानी गर्ने अवधि बढाउन आवश्यक पहल गरिदिनुपलगायतका माग पनि एसोसिएसनको छ । स्थानीय सरकार, प्रदेश सरकार तथा नेपाल सरकारकातर्फबाट पेट्रोल पम्पहरुमा लगाएका विभिन्न शीर्षकका कर तथा शुल्कहरु दुई वर्षसम्मका लागि मिनाहा हुने पनि उनीहरुको माग छ ।