राजेन्द्र बस्नेत
बिहिवार, जेठ ८, २०७७
1925

धादिङ- उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाँउपालिका वडा नं. ४ स्थित गुम्दी स्वास्थ्य चौकी प्रमुखका ३ वर्षे नातिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी अनिश्चितकालका लागि सिल गरिएको छ । विहीवार वसेको जिल्ला सुरक्षा सममितिको बैठकले स्वास्थ्य संस्था सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए ।
स्वास्थ्य चौकी प्रमुखका छोरी सहित ३ वर्षे नाती वन्दावन्दी हुन पूर्व चैत्र ९ गते लमजुङबाट आएको र वैशाख २८ गते काठमाण्डौ गएका थिए । काठमाण्डौंका दुधोरा बस्दै आएका उनीहरुलाई घरधनीले कोरोना परिषण नगरी घरभित्र पस्न नदिएपछि कोरोना परिक्षण गराँउदा वालकमा कोरोना पोजेटिभ देखिएको हो ।

लामो समय गुम्दी बसेका वालकलाई कोरोना पोजेटिभ देखिए पछि स्वास्थ्यचौकी प्रमुख सहित ७ जना कर्मचारी र उनको सम्पर्कमा आएका गुम्दीकै उनीहरुको डेरा भएका परिवारसहित अन्य १० जनाको स्वाँवको नमूना संकलन गरिएको गाँउपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।
स्वास्थ्य चौकीको पूर्वमा सर्जुङ खोला पश्चिममा सातदोवा६ो जाने बाटो, उत्तरमा घङकारचौर र दक्षिणमा सताखोला चारकिला तोकिएको जिल्ला प्रशासन कार्यालयका सुव्वा हरिराम न्यौपानेले बताए ।