सागर परियार
बिहिवार, जेठ ८, २०७७
213

जुम्ला -कर्णालीका तीन जिल्लाबाट १ हजार ७ सय ५३ जनाको स्वाब जुम्ला ल्याइएको छ । कालिकोट, मुगु र हुम्लाका १७ सय ५३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि जुम्ला ल्याइएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावल र रजिष्टार विश्वराज काफ्ललेको टोलीले हवाईमार्गबाट तीन जिल्लाको स्वाब जुम्ला ल्याएको छ ।
जुम्लामै पिसिआर परिक्षण दुर्त गतीमा भईरहेकाले सामाजिक विकास मन्त्रालयले पठाएको हेलिकप्टर मार्फत तीनै जिल्लाको स्वाब जुम्ला ल्याइएको डाक्टर मंलग रावलले बताए । उनका अनुसार हुम्लाका पाँच स्थानबाट ६ सय कालिकोटको ९ स्थानबाट ६ सय ५३, मुगुको दुई स्थान र केही गाडीमा ल्याएको सहित ५ सय गरी जम्मा १ हजार ७ सय ५३ जनाको स्वाब जुम्ला ल्याइएको छ ।

तीन जिल्लाबाट पिसिआर परिक्षणका लागि जुम्ला ल्याइएका सबै स्वाबको नाम दर्ता गरेर परीक्षण अगाडी बढाइएको प्रयोगशाला प्रमुख डाक्टर विवेक पुनमगरले जानकारी दिए । उहाँका अनुसार पिसिआर परिक्षणलाई दुर्त गतीमा अघि बढाएर चाडै नतिजा सार्वजानिक गरिने छ । यसअघि जुम्लामा कर्णालीमै नमुना कामका रुपमा एकै दिन ८ सय ४७ जनाको स्वाब सङ्कलन गरिएको थियो । हाल सम्म जुम्लाका करिब १५ सय बढीको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समेत उनको भनाई छ ।
तीन जिल्लाका साढे १७ सय स्वाब ल्याएका छौ । चाडै पिसिआर परिक्षण हुने छ । रजिष्टार विश्वराज काफ्लले भने,“नतिजा अनुसार हुम्ला,कालिकोट र मुगुमा आबश्यक सतर्कता अपनाईने छ ।”
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले जुम्ला पुगेर साविक कर्णालीका पाँच जिल्लामा स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गर्न निर्देशन दिए अनुसारनै हेलिकोप्टरमार्फत टोली जिल्ला–जिल्ला खटाइएको थियो ।
प्रदेशभरीनै पिसिआर परिक्षण पछि नतिजा नेगेटिभ आएका क्षेत्रमा लकडाउन खोल्ने, संक्रमण देखिएको जिल्ला पालिकामा पुर्ण शिल गर्ने रणनीति समेत लिएको छ । त्यसैअनुरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णाली स्वाब संकलन परिक्षण दुर्त गतीमा अघि बढाएको छ । भने, स्वाब सङ्कलन गर्न चिकित्सकको टोलीलाई गत वैशाख २८ गते जिल्लामा खटाइएको थियो ।