कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
467

कोरोना भाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो ।
सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र कामपाका प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतापश्चात् नासले कोभिड–१९ का बिरामीहरू उपत्यकाभित्र ओसार–पसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पु¥याउनेछ ।
यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स सञ्चालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरू र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड–१९ सम्बन्धी बिरामीहरूको ओसार–पसारसम्बन्धी अनुरोधहरू सबै निकायहरूले हाल सञ्चालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् । नासका अध्यक्ष रञ्जित आचार्यले भने, “विपद्को घडीमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं । नासले यसै पनि कोभिड–१९ को पूर्वतयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड–१९ सम्बन्धित तालिम दिई सेवा पु¥र्याइ नै रहेको थियो, अब झन आधिकारिकताप्राप्त भयो । जस्तोसुकै विपद्मा पनि आकस्मिक सेवासहितको २४ सैं घण्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड–१९ रोकथाम र यस सम्बन्धी बिरामीहरूको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरी सहकार्य गर्न सदैव तयार छौं ।”