रजनी श्रेष्ठ
सोमवार, चैत्र १०, २०७६
1463

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । आज(सोमबार)पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुशार ती नागरिक फ्रान्सबाट काठमाडौं आएकी  हुन् ।
१९ वर्षकी उनी चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी हुन् । तर त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिईन् । हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमन्त्री ढकालले धर्य गर्न र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।