गोपाल संग्रौला
मंगलबार, फाल्गुन १३, २०७६
331

सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ ।माघ१९ गते बसेको बिपन्न नागरिक औषधिउपचार व्यवथापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरूलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पतालहरूलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।
 सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ ।माघ१९ गते बसेको बिपन्न नागरिक औषधिउपचार व्यवथापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरूलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पतालहरूलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।

 समितिको निर्णयअनुसार  अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कलेज, सरकारी अस्पताल र गैह्रसरकारी अस्पतालहरूलाई  शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको हो । सरकारले मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोग लागेका नागरिकलाई औषधी उपचारका लागि अनुदान दिँदै आएको छ ।चालू आवको पुस महिनासम्ममासूचीकृत सेवा प्रदायक मेडिकल कलेज, सरकारी अस्पताल र गैरसरकारी अस्पतालहरूलाई सो अनुदान वितरण गरेको देखिन्छ ।
साउन र भदौ महिनामा २ हजार ९१२ बिरामीको उपचारशोधभर्नाअनुसार १२ अस्पताललाई ७ करोड ९० लाख ६० हजार रुपैया अनुदान दिएको छ । यो अनुदान  हेमोडाइलासिस, सेरो पोजेटिक, क्यान्सर, मुटु, हेड इन्जुरी र स्पाइनल इन्जुरीका भएका नागरिकको उपचारका लागि अनुदान दिईएको हो । यसैगरी असोज र कार्तिक महिनामा विभिन्न १४ अस्पतालमा उपचार गर्ने २ हजार ८७५ बिरामीलाई ७ करोड ७८ लाख ९६ हजार ४०३ रुपैयाँ अनुदान दिइएको छ ।मंसीर र पुस महिनामा ६७ अस्पतामा उपचार गराइरहेका १४ हजार ७२४ बिरामीलाई शोधभर्ना माग रकम भुक्तानी ३३ करोड ९१ लाख ९३ हजार ९९० रुपैयाँ दिएको छ । 
यसैगरी मृगौला प्रत्यारोपण गर्ने क्रममा पूर्वपरीक्षण एचएलए टेस्ट क्रस म्याचको लागी ५० हजार तथा मृगौला प्रत्यारोपण पश्चात औषधि सेवनका लागि १ लाख गरी माघ १५ सम्म निवेदन दिएका बिरामीका लागि ४६ लाख ९३ हजार रुपैयाँ दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार बसेको बैठकले सो रकम अनुदान निकासा गर्ने निर्णय गरेका बताए । चालू आवको ६ महिनामा सबैभन्दा बढी वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले ३ हजार ३६५ बिरामीको उपचार गरेको थियो । यसैगरी दोस्रोमा भक्तपुर क्यान्सर अस्पतालले १ हजार ४१३, पाटन अस्पतालले ६५८ जना कडा रोग लागेका नागरिकको उपचार गरेको थियो । कडारोग लागेका विरामीको संख्या वृद्धि हुदै गएपछि सरकारललाई यसको उपचारका लागि दिने अनुदान बजेटको दायित्व समेत वृद्धि हुँदै गएको छ । रोगीको संख्या वृद्धिसँगै कडा भनी निर्धारण गरेको ८ वटा रोगको उपचार सहायताका लागि  सरकारले बर्सेनि बजेट वृद्धि गर्दै लगेको छ ।
गत वर्षयी रोगका बिरामीको लागि सरकारले १ अर्ब रुपैयाँबजेट विनियोजन गरेको थियो । नसर्ने प्रकृतिको रूपमा रहेका यस्ता रोग नियन्त्रण गर्न ठोस कदम चाल्न नसक्दा रोगीको संख्या बढदै गएर सरकार स्वाथ्य उपचारको अनुदान बढाउन बाध्य भएको छ । ५ वर्ष अघि सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका जारी गरी विपन्नका लागि उपचार खर्च दिँदै आएको छ । सरकारले अघिल्लो वर्ष मात्र ३३ हजार ४८८ जना कडारोगका बिरामीको लागि १ अर्ब २ करोड २५ लाख ८४ हजार ८८४ रुपैया खर्च गरेका स्वाथ्य सेवा विभागको पछिल्लो रिपोर्टमा उल्लेख छ । यो खर्च ३० वटा निजी तथा सरकारी (सामुदायिक) अस्पतामा उपचार कडा रोगका नया र पुराना विरमी सहितलाई गरेको खर्च हो ।