कारोबार संवाददाता
शुक्रवार, कार्तिक १५, २०७६
154

 अन्तर्राष्ट्रिय अवसहरूलाई विस्तार तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थी तथा संकायहरूबीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले नेपालको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन र थाइल्यान्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदानप्रदानसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडन्ट वाञ्चोङ महासायारियाले हस्ताक्षर गरेका थिए ।

दुई संस्थाबीच भाइचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धानलगायतका अन्य शैक्षिक गतिविधिहरूमा सहयोग आदान–प्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोत साधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमहरूको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभा सम्मेलनको आयोजना गर्ने तथा थप सहकार्यका अन्य सम्भावनाहरूको खोजी गर्ने समझदारीपत्रमा उल्लेख छ ।
उपरोक्त समझदारी आगामी ५ वर्षसम्म कायम रहने, समझदारी पत्रमा उल्लेखित बुँदाहरू आपसी सहमतिमा कार्यान्वयन गर्दै लगिने समेत जनाइएको छ ।