कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

पछिल्लो समय मुगु जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको पाइएको छ । विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरुले सुरक्षित गर्भपतनबारे चेतनामूलक कार्यक्रम चलाएपछि सुरक्षित गर्भपतन गराउने आमाको संख्या बढेको हो ।

232
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

बारा जिल्ला अस्पताल, ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेका दर्जनौं स्वास्थ्य केन्द्रमा राज्यले निःशुल्क उपलब्ध गराएको औषधी नभएपछि यहाँ उपचार गराउन आएका सेवाग्राहीले सास्ती पाएका छन् । सरकारीमा औषधी नपाएपछि निजी क्लिनिकबाट महँगोमा औषधी किन्न बाध्य भएका छन् ।

240
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

२०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गरे ।

241
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

जगतगुरुका श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासद्वारा युवाहरुमा आध्यात्मिक जागरणका साथै वहुआयामिक व्यक्तित्व विकास गर्ने उद्देश्यले संस्थापित राधे राधे सम्वध्द युवाहरुको मञ्च डिभाइन युथ क्लवले हेटौंडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

178
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधानमा दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघले साउन ३ र ४ गते काठमाडौंमा बाह्रौं दक्षिण एसियाली शारिरीक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ । संघका अनुसार यो प्रतियोगिता हरेक वर्ष हुने गर्छ । नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो ।

170
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि संघर्षरत डा. गोविन्द केसीले सरकारले आफूहरूलाई बारम्बार झुक्याइरहेको गुनासो गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति निकालेर उनले भएका सम्झौताहरूको पनि बारम्बार उल्लंघन भएको गुनासो गरेका छन् । “विद्यार्थी र सर्वसाधारणको नभई सीमित माफियाहरूको हित हुने गरी ऐन ल्याउने प्रयास पनि भयो ।

236
सागर परियार
शुक्रवार, असार २७, २०७६

तिला गाउँपालिका–८, ९ वडा जुम्लाकै सबैभन्दा दुर्गम ठाउँ हो । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका न्यूनतम सेवा पाउन पनि मुस्किल छ त्यहाँका नागरिकलाई । तर स्थानीय सरकार आइसकेपछि पहिलो पटक तिलाको ८, ९ रासा मालपानी, खोप्री र ढिपु गाउँलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

224
कारोबार संवाददाता
बुधवार, असार २५, २०७६

पोखरामा सङ्घीय स्वास्थ्य प्रणालीको पुनः संरचना विषयमा छलफल भएको छ । दुईदिने सम्मेलनमा जनस्वास्थ्यका प्राध्यापक, अनुसन्धानकर्ता एवं विज्ञबाट विभिन्न विषयमा प्रस्तुति भएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा सम्मेलन आयोजक समितिका अध्यक्ष सह प्राध्यापक डा डमरुप्रसाद पनेरु जानकारी दिए ।

239
कारोबार संवाददाता
सोमवार, असार २३, २०७६

काठमाडौंस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले आशास हेल्थ केयर प्रालिमा आबद्ध वरिष्ठतम् एवं अनुभवी चिकित्सकहरूको सहयोगमा नक्सालको नागपोखरीमा असहाय, अशक्त, अपांग एवं आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ ।

282
कारोबार संवाददाता
आइतवार, असार २२, २०७६

मुगु जिल्लाको एकमात्र नगरपालिका हो, छायाँनाथ रारा नगरपालिका । नगरपालिकामा एउटामात्र स्वास्थ्य चौकी छ । त्यसमा पनि दक्ष जनशक्ति छैनन् । स्थिति यति दर्दनाक छ कि कार्यालय सहयोगीले प्रसूति गराइरहेकी छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउँदै आएकी हुन् ।

340
कारोबार संवाददाता
आइतवार, असार २२, २०७६

सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्थालाई छनोट गरेको छ । मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि यसअघि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार रहेको थियो । मलेसियाले पठाएको मापदण्ड अनुसार नयाँ स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरिएको थियो ।

340
कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६

सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरी सो नीति सार्वजनिक गरेको हो । यो नीतिका आधारमा यसको कार्यान्वयन गर्ने निकाय संघ, प्रदेश र स्थानीय तहले विस्तृत कार्ययोजना, विषयगत रणनीतिहरू आवश्यक ऐन, नियम र कानून निर्माण तथा बाधा हाल्ने कानुनको संशोधन गरिने जारी नीतिमा उल्लेख छ ।

384
कारोबार संवाददाता
आइतवार, असार १५, २०७६

दुर्गम पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाकी कमला राई सदरमुकामस्थित भोजपुर नगरपालिका वडा नम्बर ९ मा कोठा भाडामा बस्थिन् । उनलाई राति २ बजेतिर प्रसूति व्यथाले च्याप्यो । सदरमुकामको जिल्ला अस्पतालकै छेउमै भए पनि उनलाई अस्पताल लैजााने समय पुगेन । परिवारको सहयोगमा उनले डेरामै छोरा जन्माइन् । परिवार खुसी भयो । कमलाले पनि छोरा जन्मिएको खुसीमा प्रसव पीडालाई बिर्सेर मुहारमा खुसी देखाइन् ।

393
कृञ्जला पुलामी
सोमवार, असार ९, २०७६

सिन्धुली अस्पतालमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । १५ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा ७ जना चिकित्सकले सेवा प्रदान गरिरहेका छन् ।

467
कारोबार संवाददाता
आइतवार, असार ८, २०७६

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र ५९ जिल्लामा रहेको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरुको प्रयासमा नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन भएको छ ।

392