कारोबार संवाददाता
बिहिवार, फाल्गुन २२, २०७६

नेपाल लिक्वर्स प्राइभेट लिमिटेड तथा गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य गर्ने सम्झौता भएको छ । दुईपक्षीय सम्झौता कार्यक्रम कम्पनीका आधिकारिक व्यक्ति तथा पत्रकारहरुको उपस्थितिमा भएको हो । विगत लामो समयदेखि गायक दीपक बज्राचार्यसँग नेपाल लिक्वर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आइरहेको थियो । भन्डै तीन दशक नेपाली संगीतमा योगदान दिएका गायक दीपक बज्राचार्यको नेपाली पप सँगीतमा विशिष्ट पहिचान रहेको छ । नेपाल लिक्वर्सले नेपाली कला, संगीत संस्कृतिको प्रवर्धनलाई सदैव पहिलो प्राथमिकता दिँदै आइरहेको बताएको छ । कम्पनीको स्थापना कालदेखि नै विभिन्न सांगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै नेपाल लिक्वर्सले प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको थियो ।

253
कारोबार संवाददाता
बिहिवार, माघ २३, २०७६

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा ई–सेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक ई–सेवामार्फत् भोटिङ गर्न सकिने भएको हो ।

302
मीनकुमार नवोदित
मंगलबार, पुष १५, २०७६

छिनमै हँसाउँदै छिनमै रुवाउँदै ‘छिँडीभरिको आकाश’ नाटकको मञ्चन सकिएको छ । गत मंसिर २८ गतेदेखि विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाटकको मञ्चन सुरु भएको थियो । वरिष्ठ साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेका थिए– ‘छिँडीभरिको आकाश’ कथा । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर विभिन्न जिल्ला पुग्दा देखेको घटनालाई प्रधानले कथामा उनेका थिए ।

392
कारोबार संवाददाता
मंगलबार, पुष ८, २०७६

टेलिभिजन रियालिटि शो ‘हिमालय रोडिज’को तेस्रो संस्करण सुरु हुने भएको छ । नयाँ अवधारणाका साथ आउने कार्यक्रममा अभिनेता अनुप विक्रम शाही र हिमालय रोडिज पहिलो सिजनका विजेता समन श्रेष्ठ पनि जोडिएका छन् ।

502
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

नेपालको नं १ सिनेमा चेन क्यूएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा सुरु गरेको छ । रिगल सिनेमाज् प्रालिको लगानी रहेको यस हलमा टिम क्वेस्टको व्यवस्थापन रहनेछ ।

574
कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६

लमजुङ सदरमुकाम बेंसीसहरमा शुक्रबार अपरान्ह एकैचोटि चारवटा एम्बुलेन्सको साइरन बज्यो । बेंसीसहर–३, रानीकुवामा घरमा आगोलागी र बेंसीसहर–६ स्थित खरखरे भीरमा पहिरोमा परेर ९ जना घाइते भएको खबरले बेंसीसहर स्तब्ध भयो ।

676
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

क्रिमसको पूर्वसन्ध्यामा अत्याधुनिक फेमिली रेस्टुराँ किंग्स लाउञ्जमा प्रसिद्ध गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डले लाइभ पर्फमेन्स गर्ने भएको छ ।

621