दीननाथ बराल
सोमवार, जेठ ५, २०७७
373

पोखरा-कोरोना भाइरसको संक्रमण बढेसँगै जारी लकडाउनका कारण हालसम्म नेपालमा करिब १७ प्रतिशत मानिसहरु बेरोजगार भएका छन् । कोभिड १९ बढ्दो संक्रमणः मिडिया सर्भेक्षण र अबको रिपोर्टिड मुद्दा विषयक डिजिटल ओरेन्टेसनर इन्ट¥याक्सन प्रोग्राममा सहजीकरण गर्दै सेयरकास्ट इनिसियटिभ्सका कार्यकारी निर्देशक मधु आचार्यले आफूहरुले देश भरी हालै गरिएको एक सर्भेक्षणको क्रममा १७ प्रतिशत बेरोजगार भएको तथ्यांक आएको बताएका हुन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा निर्देशक आचार्यले देशका सबै क्षेत्रलाई समेटिने गरी २ हजार २ सय ८० जनासँग १० वटा प्रश्न सोधिएको आधारमा ५४ प्रतिशत जनताले लकडाउनले गर्दा काम नहुँदा आर्थिक समस्या भएको भन्ने गुनासो गरेको जनाए ।

६० प्रतिशत जनताले भने दैनिक उपभोग्य वस्तु किन्न समस्या पर्ने गरेको, १० प्रतिशत मानिसमा कोरोराको प्रभावले गर्दा मानसिक तनाव, एक प्रतिशतले घर झैझगडा हुने गरेको प्रतिकृया दिने गरेको निर्देशक आचार्यले बताए । उक्त सर्भेक्षण अनुसार ५२ प्रतिशत महिलाहरुसँग सोधिएको प्रश्नको आधारमा लकडाउनको समयमा घर बाहिर करिब ५३ प्रतिशतले ननिस्किएको बताएका थिए ।
त्यस्तै ६६ प्रतिशतले घरेलु तथा कपडाको मास्क प्रयोग गर्ने गरेको २१ प्रतिशतले सर्जिकल मास्क, १० प्रतिशतले मास्क प्रयोग नगरेको र बाँकी ३ प्रतिशतले भने एन ९५ मास्क प्रयोग गर्ने गरेका छन् । कोरोना भाइरस सम्बन्धि जानकारी लिने विभिन्न माध्यमहरु मध्य टेलिभिजन, फेसबुक र साथी भाइहरुको संख्या नै बढी रहेको छ । पत्र–पत्रिका १ प्रतिशत, अनलाइन न्यूज पोटल ८ प्रतिशत, फेसबुकबाट ३६ प्रतिशत, ट्वीटर १, युट्युब १० प्रतिशत र साथीभाई २५ प्रतिशत रहेको छ ।
१ हजार ९ सय ३४ जनामा भएको सर्भेक्षणमा ६९ प्रतिशत मानिसहरुले लकडाउनको कारण आफ्ना बालाबलिकाको पढाइको बारेमा चिन्तित भएका छन् । कोरोनाबाट कसरी बच्ने भन्ने ३८ प्रतिशतले उपायको अपेक्षा गरेका छन् ।
यसैबिीच, कोरोनाको प्रभावको कारण स्थानीय सञ्चार माध्यमहरुलाई बचाई राख्न र पत्रकारलाई रोजगारीमा टिकाउन पनि स्थानीय निकायसँगको सहकार्य आवश्यक भएको निर्देशक आचार्यले बताए । कोरोनाको उच्च जोखिम विदेशबाट आएका र जेष्ठ नागरिकमा बढी हुने गरेको लर्भेक्षणमा उल्लेख गरिएको छ ।
कोेरोनाको संक्रमण फैलिन नदिन के गर्नु पर्ला भन्ने प्रश्नमा लकडाउनलाई अभैm कडा बनाउ पर्नेमा ५४ प्रतिशतले राय दिएका छन् । त्यस्तै परीक्षणको दायरा फराकिलो पार्नु पर्छ भन्ने ३५ प्रतिशत रहेका छन् । भारत तथा तेश्रो मुलुकबाट घर फर्कन चाहनेलाई फर्किन दिन हुन्न भन्ने २४ प्रतिशत छन् । सचेतनाको कमीले गर्दा यस्तो समस्या भएको निर्देशक आचार्यले बताए ।
विदेशबाट करिब ६ देखि १० लाख नेपाल फर्किन तयार रहेको उनले जनाए । विदेशबाट आएकालाई क्वारेनटाइनमा राखेर परीक्षण गर्नु पर्छ भन्ने सकारात्मक सन्देश सञ्चार माध्ययमले खेल्नु पर्ने उनले जनाए । राहत वितरण प्रभावकारी र पारदर्शी ढंगले वितरण गर्न ४० प्रतिशतले सुझाव दिएका छन् ।