गोपाल संग्रौला
शुक्रवार, मंसिर २०, २०७६
448

सरकारले वैदेशिक रोजगारीकोठगी नियन्त्रणमा कडाइ गरिहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँगसम्बन्धीत रहेको पाइएको छ ।
सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको हो । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामाग्रीहरूको अध्ययन तथा विश्लेषण गरी तयार पारेको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदार्ता पनि दोषी देखिएका छन् ।

मानव बेचविखन तथा ओसारपसार ऐनमा पनि संशोधन गरेर वैदेशिक रोजगारीका क्रममा हुने बेचविखन तथा ओसारपसार वा मानव तस्करीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनले औँल्याएको छ ।लैगिंक विश्लेषणमा ४ सय ८६ जना प्रभावित मध्ये ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष समेटिएका थिए । बेचविखन कर्ता वा दलालहरूमा सबैभन्दा धेरै ३३ प्रतिशत एजेन्टरम्यानपावर व्यवासायीरपरामर्शदाता रहेको अध्ययनले देखाएको छ ।
प्रतिवेदनले सबैभन्दा धेरै बालबालिकादेखि किशोरकिशोरीसम्म प्रभावित बनेको जनाएको छ । १ सय ८१ वटा प्रभावितको उमेर उल्लेख गरिएकामा१७ वर्ष उमेर समुहसम्म अर्थात बालबालिका देखि किशोरकिशोरीको समुहका नै ५० प्रतिशत थिए । यसैगरी १८ देखि २९ वर्ष उमेर समुहका ४१ प्रतिशत, ३० देखि ४९ वर्ष उमेर समुहका ९ प्रतिशत र ५० वर्ष माथिको उमेर समुहका भने यो वर्ष एक जना पनि नपरेको प्रतिवेदनमा उल्लेख छ । प्रभावित मध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ९ जना, दोश्रोमा नुवाकोटका ७ जना, तेश्रोमा दैलेख र काभ्रेपलाञ्चोकका ५र५ जना परेका छन् ।सिमापार लगेर बेचविखन गरिएका घटना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेच विखनसँग सम्बन्धित ८ प्रतिशत रहेका थिए । बेचविखनमध्ये ५१ प्रतिशत यौनशोषणका लागि, ३५ प्रतिशत श्रमशोषणका लागि र ९ प्रतिशत मानव अंग बेचविखनका लागि गरिएका थिए ।
रोजगारीको अभाव तथा राम्रो कामकालागि ३७ प्रतिशतबेचविखन हुने गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले मानव बेचविखन तथा ओसारपसार वा मानव तस्करी वैदेशिक रोजगारीको आडमा बढिरहेको देखिन्छ । राज्यले यसलाई पहिचान गरी वैदेशिक रोजगार ऐनमा समेट्न जरुरी रहेको सुझाब रहेको छ । मानव बेचविखन तथा ओसारपसार ऐनमा पनि संशोधन गरेरवैदेशिक रोजगारीका क्रममा हुने बेचविखन तथा ओसारपसार वा मानव तस्करीलाई सम्बोधन गर्न सुझाब समेत दिईएको छ । “यौनशोषण होस वा श्रमशोषण दुवैकालागि दलालहरूले वैदेशिक रोजगारीको आवरण लगाएर मानव बेचविखन तथा ओसारपसार जारी राख्नेछन्,” प्रतिवेदनमा भनिएको छ ।
खाडी मुलुकहरूमा रोजागारीकालागि जान महिलाहरूलाई सरकारले प्रतिबन्ध लगाएका कारण बिगतमा अवैध तरिकाले जोखिमपूर्णरुपमा जाँदा यौनशोषण र श्रमशोषण तथा बेचविखनबढेको जनाइएको छ ।
वैदेशिक रोजगारीमा गई मानव बेचविखन तथा ओसारपसारमा परेका पीडितले समेत दलालहरूलाई नै मदत गर्ने गरेका कारण यस्ता घटना बढेको उल्लेख छ । एटविनका अध्यक्ष नातिसरा राईले मानव बेचविखन तथा ओसारपसारलाई रोक्नका लागि तीनै तहका सरकार, सुरक्षा निकायको भूमिका प्रभावकारी हुनुपर्ने बताइन् ।