गोपाल संग्रौला
बुधवार, मंसिर १८, २०७६
435

काठमाडौं, १७ मंसिरकाठमाडौं, १७ मंसिरकामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली युवाको माग गरेको छ ।मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीत भइ विभिन्न पाँचवटा क्षेत्रका लागि३१ हजार २ सय एक नेपालीको माग आएको हो ।नेपाल र मेलेसिया सरकारबीच एक वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आएपछि ३१ हजारभन्दा बढीको माग आएको हो ।
मलेसियास्थित नेपाली दूतावासले मंगलबार पाँच वटा क्षेत्रका लागि आएका ३१ हजार २०१ युवाका लागि मागपत्र प्रमाणीत गरिएको जनाएको छ ।वैदेशिक रोजगार ऐन–२०६४, वैदेशिक रोजगार नियमावली–२०६४ तथा वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ र समझदारीपत्र बमोजिम मलेसिया स्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीत गरेको हो । ‘२०१९ को अक्टोबरपहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भइ आएका मागपत्रहरू अभिलेखीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने कार्य भइआएको छ,’दूतावासले जारी गरेको सूचनामा भनिएको छ । अक्टोवर र नोभेम्वरको अवधिमा राजदूतावासमा पेश भएका ९६३ वटा मागपत्रका फाइलबाट सो संख्याको माग आएको हो । प्रमाणीत भएका मागपत्रमध्ये औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेवा क्षेत्र (सेक्युरिटी गार्डसहित) का क्षेत्रमा १० हजार १८३, कृषि क्षेत्रका लागि १ हजार ४७५, प्लान्टेसनमा १ हजार ३९७ र निर्माण क्षेत्रमा १ हजार ३० श्रमिकका लागि माग आएको छ ।मागपत्र प्रमाणीकरण कार्यलाई सरल, पारदर्शी र चुस्त बनाउन विभिन्न प्रक्रियामा अपनाइएको जनाएको छ । कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई दूतावासमा पेश गर्ने प्रक्रियाद्वारा मागपत्र प्रमाणीत गरिएको जनाएको छ ।

मागपत्र प्रमाणीकरण गर्न वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिकाबमोजिम दूतावासमा प्रमाणीकरणको लागि पेश भएका मागपत्रहरू १० दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ। व्यवसायी तथा नेपाली कामदारको हितलाई ध्यानमा राखी दूतावासले मलेसियाको गृह मन्त्रालयबाट जारी भएको विदेशी श्रमिक नियुक्त गर्ने कोटा (केडीएन) को १५ दिनसम्मको वैधानिकता भएको मागपत्रहरू स्वीकार गर्ने र जुन मागपत्रकाकेडीएन एक महिनाभन्दा कम भए सो मागपत्रको प्रमाणीकरण सम्भव भएसम्म पेश भएकै दिन गर्ने व्यवस्था समेत गरेको छ।
यसैगरी गतवर्ष नै दूतावासबाट प्रमाणीकरण भएको भएपनि सो अनुसार कामदारको आपूर्ति नगरी नयाँ व्यवस्थाअनुसार प्रमाणीकरणको लागि पुनः पेश भइआएका मागपत्रहरूको पनि सम्भव भएसम्म एकै दिनमा प्रमाणीकरण हुने व्यवस्था गरिएको दूतावासले जनाएको छ।
कैफियत नदेखिएका अन्य मागपत्रहरूको प्रमाणीकरण ५ दिनभित्र गर्नसक्ने अवस्थामा दूतावासको कार्यक्षमता विस्तार गरिएको छ ।३ डिसेम्बर २०१९ सम्ममा दूतावासले २७ नोभेम्वर २०१९ सम्म पेश भएका मागपत्रहरूको प्रमाणीकरण गरिसकेको जनाएको छ भने २८ र २९ नोभेम्बरमा पेश भएका मागपत्रहरूको प्रशोधन तथा रुजु गर्ने कार्य गरिरहेको छ। २८ र २९ नोभेम्बरमा पेश भएका मागपत्रहरूको वितरण दूतवासले ४ डिसेम्बरमा गर्ने जनाएको छ ।प्रमाणीकरणका पेश भएकामागपत्र प्रमाणित भइसकेपछि दूतावासले सो को सूचना आफ्नो वेबसाइटमा राख्ने गरेको छ। कागजात पूरा नभएका, कागजात नमिलेका र कामदारहरूबाट प्राप्त गुनासाहरूको फछ्र्योट नगरेका कम्पनीहरूको मागपत्रहरूलाई पेन्डिङ सूचीमा राखी सोको विवरण पनि दूतावासको वेबपेजमा राखी सम्बन्धित कम्पनीलाई सम्पर्क गर्ने गरेका जनाएको छ ।

मलेसियाबाट आएका माग क्षेत्र र संख्या
   
निर्माण १,०३०
   
औद्योगिक  १७,११६
   
सेवा क्षेत्र  १०,१८३
   
कृषि क्षेत्र १,४७५
   
प्लान्टेसन १,३९७
   
निर्माण १,०३०