गोपाल संग्रौला
बुधवार, आश्विन १५, २०७६
1805

 

पहिलो चरणमै १ हजारभन्दा बढीको माग

जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउदै आवेदन खुला गरेपनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो ।
मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्पmत त्यहाँको सरकारलाई अनुरोध गरिएको बताए । “दूतावाससँगको छलफलमा केयरगिभरको लागि निर्धारण गरिएको कोटा १ भन्दा बढी हुने गरी बढाउने आवश्वासन प्राप्त भएको छ,” सहसचिव ढुंगानाले कारोबारसँग भने, “असोजको अन्तिम साता नेपाल र जापान सरकारबीच हुने अनलाइन बैठकमा समेत नेपालले कोटा बढाउने सम्बन्धमा अनुरोध गर्ने भएको छ ।” नेपाल र जापानको रोजगारी सम्बन्धमा देखिएका समस्यामा छलफल गर्न दुवै देशका ३÷३ जना प्राविधिक टोली (करेस्पोन्डेन्ट टिम) तोकिएको छ । यही टिमले जापानको रोजगामा देखिएका विभिन्न सुधारका पक्षमा छलफल गर्नेछन् ।

जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा १ हजारभन्दा बढी युवा लैजाने जनाएको छ । जापानले ९ राष्ट्रलाई फरक फरक क्षेत्रमा कोटा निर्धारण गरेअनुसार नेपालले केयरगिभरको माग पाएको हो । मन्त्रालयले केयरगिभरबाहेक अन्य क्षेत्रमा समेत नेपाली कामदारलाई रोजगारी दिन यही महिनाको अन्त्यमा हुने बैढकमा अनुरोध गर्नेसहसचिब ढुंगानाले बताए । “नेपाल सरकारले केयरगिभरजस्तै अन्य क्षेत्रका लागि पनि छिटो टेष्ट गर्ने बारे जापानी पक्षसँग छलफल गर्ने छ,” उनले भने, “जापानले नेपाली युवा छनोट गर्न ‘फस्ट कम फस्ट सर्व’ को अवधारणा ल्याएको भएपनि हाल आएर सिप परिक्षणका लागि लोट्री प्रणाली लागू गरेको छ ।”जापानमले केयरगिभर क्षेत्रमा नेपालीलाई रोजगारीदिन शुक्रबारबाट अनलाइन आवेदन लिन सुरु गरेको थियो । जापान जान चाहने इच्छुक व्यक्तिले जापान फान्डेसनको वेबसाइटमा गएर अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि लोट्रीमा छानिएकाले मात्र रोजगारीका लागि भाषा परीक्षा (जेएफटी) मा सहभागी हुन पाउनेछन्।सीप परीक्षण अक्टोबर २७ देखि २९ तारिकसम्म काठमाडौ हुने जापान फाउन्डेसनले जनाएको छ । यसरी नै अर्को परीक्षा नेबेम्बर ५ देखि७र १२ देखि तारिकसम्म हुने नेपालस्थित जापानी दूतावासले जनाएको छ । पढाई, लेखाई, सुनाई र बुझाई गरी ४ तहमा लिने भाषा परीक्षाका लागि शुल्क २ हजार ५ सय रुपैया निर्धारण गरिएको छ । परीक्षा जापानको स्वास्थ्य र श्रम मन्त्रालयले गर्ने जनाईएको छ ।
जापानले ९ राष्ट्रबाट नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाउदै आएको छ । जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका कारण विदेशबाट केयरगिभर र नर्सको माग उच्च हुने सरकारी अनुमान छ । जापानले ५ वर्षमा ४ लाखको हाराहारीमा विदेशी कामदार लिने जनाए पनि नेपाली युवाको दक्षता र सीपमा नै माग गर्ने संख्या निर्धारण हुने देखिएको छ । सरकारले बढीभन्दा बढी नेपाली युवाका लागि जापानमा रोजगारी बढाउन उच्चस्तरको सीप तालिम कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ । भाषा परीक्षामा एन ४ तहको भाषा पास गर्नुपर्ने उल्लेख छ। श्रमिक छनोट तथा भर्ना प्रक्रियाका लागि जापान फाउन्डेसन अन्तर्गतको प्रोम्याट्रिक कम्पनीेलाई जिम्मा दिइएको छ । मागबाट नेपाली माग बढ्दै गएपछि वैदेशिक रोजगार बिभाग अन्र्तगत जापान युनिट स्थापना गरिने मन्त्रालयले जनाएको छ । जापानले चरणबद्ध रुपमा छनोटमा परेका ९ देशलाई कृषि,उद्योग, पर्यटन, होटल, रेस्टुरेन्ट, सेवा, मस्त्यपालन लगायतका १४ क्षेत्रमा विदेशी श्रमिक लिने जनाएको छ ।