गोपाल संग्रौला
बिहिवार, श्रावण २, २०७६

सरकारले देशकै सवैभन्दा ठूलो कोषको रूपमा विकास गर्ने योजनासहित मंसिरबाट सुरु गरेको सामाजिक सुरक्षा योजना साउन १ गते बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । २०७५ मंसिर ११ गते सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना साउन १ गते बुधबारबाट कार्यान्वयनमा आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । योजनाको कार्यान्वयनसँगै संविधानको धारा ३४ को उपधारा (२) अनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न महत्वपूर्ण आधार तय भएको मन्त्रालयले जनाएको छ । बुधबारसम्म योजनामा लगभग ४ हजारको हाराहारी रोजगारदाता सूचिकृत भएका छन ।

205
मनिषा चम्लागाईँ
बुधवार, श्रावण १, २०७६

झापा अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीका जितबहादुर कुमालले माटोको भाँडा बनाउन छाडेको दुई वर्ष बित्यो । बुबाले जीवनभर गरेको पेसालाई जितबहादुरले निरन्तरता दिन सकेनन् । माटोको भाँडा बनाउनु कुमाल जातिको पुख्र्यौली पेसा हो । बजारमा आएका प्लास्टिक र अन्य सामग्रिसँग प्रतिस्पर्धा गर्न नसक्दा उनले पुख्र्यौली पेसाबाट हात नै धुनुप-यो ।

224
कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६

न कुनै सहकारी न त कुनै नाम दिएर गठन गरेर बनाइएको समूह । मात्र मन मिलेपछि इलामको रोङ गाउँपालिकाका किसानले अहिले सामूहिक तरकारी ब्यापार गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको कृषि उपज समूहमा बिक्री गर्दछन् । यसरी ब्यापार गरेको एक वर्ष भयो । स्थानीय गोविन्द पौडेलका अनुसार गाउँपालिका वडा नं. ६ रम्भ्याङ्गका किसानले उत्पादन गरेको तरकारी सामूहिक रूपमा बजारमा लैजान थालेका छन् ।

207
गोपाल संग्रौला
बुधवार, श्रावण १, २०७६

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको कमाई अनुत्पादक क्षेत्रमा लगानी भइरहेको चर्चा धेरै हुने गरे पनि कतिपय नेपालीले भने अरुलाई रोजगारी दिने गरी साना तथा मझौता उद्योग लगानी गर्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा लगानी गर्ने युवालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै उद्यमशिलता समेत बढेको छ ।

226
गोपाल संग्रौला
सोमवार, असार ३०, २०७६

राष्ट्रिय श्रम शक्ति सर्वेक्षणले नेपालीको औषत मासिक आम्दानी १८ हजार ५ सय रुपैयाँ रहेको उल्लेख गरिरहेका बेला कतिपय गन्तव्य मुलुकमा औषत २० हजार रुपैयाँ कमाइ गर्न नेपाली युवा जाने गरेको देखिएको छ । नेपालमा नै रोजगारी गर्ने जनशक्तिको औषत आम्दानी २० हजारको हाराहारीका पुगेको बेला नेपाली युवा देखासिकीका लागि सीपबिना नै विदेश गइरहेका छन् ।

239
गोपाल संग्रौला
आइतवार, असार २९, २०७६

वैदेशिक रोजगारीमा जान चाहनेले अब तोकिएको क्षेत्रअनुसार न्यूनतम एक महिनाको सीप तालिम लिनैपर्ने भएको छ । सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार भदौबाट सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने भएका हुन् । वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन भदौबाट एक महिनाको सीप विकास तालिम अनिवार्य गरिएको हो । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानु पर्ने छ ।

220
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । १० स्थानीय तहमध्ये नौ वटामा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिकाबाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

288
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

नेपालमा हाल एक तिहाई जनसंख्यामा न्यूनमात्र सीप रहेको एक अध्ययनले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको मानव संशाधन निर्देशक समिति अन्तर्गतका संयोजक डा. रुद्र सुवालको ८ सदस्यीय कार्यदल रहेको जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना कार्यदलले तयार पारेको उक्त प्रतिवेदनअनुसार नेपालमा १ करोडभन्दा बढी जनशक्ति न्यून सीप भएका छन् ।

299
कारोबार संवाददाता
बुधवार, असार २५, २०७६

दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले घोषणा गरेको नयाँ नियमअनुसार आप्रवाशी कामदार राख्ने मालिकहरुले बढीमा १५ जनामात्र एउटा कोठामा राख्न पाउने भएका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै आवाशगृहको व्यवस्था गर्नुपर्ने छ । एक जना कामदारका लागि २.५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्यख छ । १६ जुलाईसम्म यो नियम कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदातासमक्ष आह्वान गरेको छ ।

668
सागर परियार
बुधवार, असार २५, २०७६

हिमा गाउँपालिका २ सय बेरोजागरले १५ दिनको पारिश्रमिक पाएका छन् । कुनै काम नपाएर घरमै बसिरहेका विपन्न दलित समुदायका युवा, महिला र पुरुषहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १५ दिनका लागि काम पाएका थिए । १५ दिनको अवधिमा विभिन्न काम गरी सबै बेरोजागाले आफ्नो बेरोजागर भत्ता बुझेका छन् ।

277
कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६

कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो ।

371
कृञ्जला पुलामी
बुधवार, असार १८, २०७६

सिन्धुलीकी कविता श्रेष्ठले १० वर्ष अघि लालप्रकाश श्रेष्ठसँग मागि विवाह गरिन् । विवाह पश्चात उनीहरूको पारिवारिक जीवन राम्रो थियो । विवाहको १ वर्षमै उनीहरूको छोरा जन्मिए । ३१ वर्षकी कविताको छोरा अहिले ९ वर्षका भए । तर श्रीमान् र छोरा दुबै उनको साथमा छैनन् । सँगै जीउने मर्ने बाचा गरेका श्रीमान्ले साथ छोडेपछि अहिले उनी एक्ली भएकी छन् ।

1709
कारोबार संवाददाता
सोमवार, असार १६, २०७६

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा निङ्गलाशैनी विकास समाजले ४५ दने हातेकढाइ तालिम प्रदेश सभा सदस्य मानबहादुर सुनारको प्रमुख आतिथ्यता एवं निङ्गलाशैनी विकास समाजका अध्यक्ष महेश चन्दका सभापतित्वमा सम्पन्न भएको छ । युवा बेरोजगार रहेका युवतीहरूलाई हातेकढाइ तालिमलाई अझ बढी प्रभावकारी एवं व्यावसायिक बनाउन एड्भान्स तालिमको अवश्यकता रहेकाले स्थानीय सरकार एवं प्रदेश सरकारबाट तालिम प्रदान गर्ने कुरामा सहभागीहरूको माग थियो ।

274
कारोबार संवाददाता
सोमवार, असार १६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल सकिने बेलासम्म गरिबी र बेरोजगारीको अन्त्य गरेर भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्ने बताएका हुन् । उनले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गर्दै गरिबी र बेरोजगारीको सामना सबैले गरिरहनु परेको बताए ।

436
कारोबार संवाददाता
बुधवार, असार ११, २०७६

वैदेशिक रोजगारीका क्रममा बिरामी भई स्वदेश आएका र बिदामा आई बिरामी भई उपचारका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । वैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।

465