कारोबार संवाददाता
सोमवार, चैत्र २४, २०७६
682

काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित युनिग्लोव कलेजले आफ्ना विद्यार्थीहरुलाई नियमित कक्षादेखि गेष्ट लेक्चर कक्षासमेत अनलाइनमार्फत गर्दै आएको छ । कलेजका प्राचार्य डा. नरबहादुर बिष्टले अहिलेको विषम परिस्थितिका कारणले हाल नेपालमा सबै शिक्षण संस्थाहरु बन्द भएलगत्तै भर्चुअल कक्षा सञ्चालनमा ल्याएको र हालसम्म विविए, विविए.–विआई, एमविए र एमविए–फाइनान्स कार्यक्रममा २५ प्राध्यापकहरुद्वारा ७० वटा भन्दा बढी कक्षाहरु सञ्चालन गरिसकेको बताए ।
उक्त कक्षाहरु भर्चुअल सेवाप्रदायक जुम तथा गुगल मीटमार्फत सञ्चालन गरिएको र यस्तो संक्रमणकालिन परिस्थितिमा पनि अत्यन्तै उत्साहित भई भर्चुअल कक्षामा विद्यार्थीहरुको बाक्लो उपस्थिति हुनुका साथै यसले उनीहरुको अध्ययनमा अत्यन्तै सहयोग पु¥याएको उनले बताए ।

कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले अनुसार युनिग्लोव कलेजले भर्चुअल कक्षामात्र नभई विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरी अनलाईन मार्फत गेष्ट लेक्चर कार्यक्रम पनि गर्दै आएको बताए ।
त्यसै क्रममा आइतबार पनि राष्ट्रिय बाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठले अबका दिनमा नेपालको आर्थिक स्थिती, चुनौती र समाधानका सम्भाव्यताहरुमा नेपालका बैंकिङ्ग क्षेत्रको भूमिकाको विषयमा एमविए र एमविए–फाइनान्स कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु तथा कलेजका प्रशासनिक कर्मचारीहरुलाई गेष्ट लेक्चरको व्यवस्था मिलाईएकोे बताए ।
कार्यक्रम निर्देशक घिमिरेका अनुसार हालको कोरोना महामारीको यस्तो अवस्थामा पनि यसबाट विद्यार्थीहरुले आफ्नो नियमित कोर्ष मात्र नभई विभिन्न क्षेत्रको विशिष्ट व्यक्तित्वहरुको अनुभव र प्रयोगात्मक अभ्यास पनि प्राप्त गरेका छन् ।
एमविए र विविए कार्यक्रम निर्देशकहरुका अनुसार विद्यार्थीहरुमा मात्र नभई अविभावकहरु पनि यस्ता कक्षामा सहभागि भएको र आफ्ना छोराछोरीहरुले अध्ययन गरिरहेका कक्षाहरुको प्रत्यक्ष अवलोकन गर्न पाउँदा निकै उत्साहित भएका छन् ।
कलेजका प्राचार्य डा. बिष्टले आगामी दिनमा युनिग्लोव कलेजले विभिन्न सेमिनार, वर्कसप, प्यानल डिस्कसन, टक सो लगायतका कार्यक्रम पनि अनलाइनमार्फत चाँडै नै गरिने बताए ।