देवराज गुरुङ
शुक्रवार, फाल्गुन १६, २०७६
462

ताप्लेजुङ-आर्थिक वर्ष २०७६-७७ देखि सामुदायिक विद्यालयका छात्राहरुलाई सरकारले घोषणा गरेबमोजिम निशुल्क दिने भनिएको सेनेटरी प्याड अझैसम्म पाएका छैनन् । यहाँका १ नगरपालिकासहित ८ वटै गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुले चालु आ.व.को ७ महिना वितिसक्दा समेत पाउने नपाउने अझै टुंगो छैन् । मन्त्रिपरिषदको मंसिर ३० गतेको निर्णय अनुसार स्विकृत सेनेटरी प्याड ९वितरण तथा व्यवस्थापन० कार्यविधि २०७६ समेत संलग्न गरि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विभाग केन्द्रले सबै स्थानिय तहलाई पुस १४ गते परिपत्र गरेपनि कार्यान्वयनमा छैन् । मन्त्रालयका शाखा अधिकृत अर्जुन ढकालद्धारा हस्ताक्षरित विषय ‘सेनेटरी प्याड व्यवस्थापन सम्बन्धमा’ उल्लेख भएको परिपत्रमा भनिएको छ,–अर्थ मन्त्रालयको पुस ११ गतेको निर्णयअनुसार स्थानिय तहमा हस्तान्तरण भएको बजेट सव उपशिर्षक ३५०००८०१ मा सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड व्यवस्थापन क्रियाकलाप थप गरी बजेट वित्तिय हस्तान्तरण भएको व्यहोरा अनुरोध छ । आवश्यक समन्वय र सहजीकरण गर्नका लागि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई समेत बोधार्थ पठाएको छ ।

कार्यविधि अनुसार गठित प्रदेश स्तरीय सेनिटरी प्याड व्यवस्थापन सहजीकरण समिति समेत आफ्नो भुमिकामा चुकेको छ । कार्यविधिको परिच्छेद–५ सेनिटरी प्याड व्यवस्थापन,समन्वय र अनुगमन संम्बन्धि व्यवस्था अन्तर्गत बुँदा नं।१२ को ९१० मा प्रदेशभित्र सेनिटरी प्याड कार्यक्रम प्रभावकारी रुपमा संञ्चालन गर्न,कार्यक्रम संञ्चालनमा सहजीकरण गरी प्रभावकारी अभिवृद्ध गर्न प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको समिति चुकेको हो । समितिको काम,कर्तव्य र अधिकारमा उल्लेख भएअनुसार प्रदेशभित्रका विद्यालयमा सेनिटरी प्याड समयमै उपलब्ध भए÷नभएको,उपलब्ध सामाग्रीको सदुपयोग तथा प्रयोग भएका सामाग्रीबाट वातावरणमा प्रतिकुल असर नपर्ने गरि विर्सजन भए÷नभएको अनुगमन गरी कार्यक्रम प्रभावकारी बनाउन चुकेकाले विद्यार्थी सेवा सुविधा उपभोग गर्नबाट बञ्चित हुनुपरेको हो । शैक्षिक सत्र २०७६ को एसईई परीक्षा तालिका अनुसार कक्षा–१० मा अध्यनरत छात्राहरु सुविधा पाउनबाट बञ्चित हुने निश्चितप्राय छ । किनकी चैत ६ गतेदेखि परीक्षा तालिका सार्वजनिक भएकाले सार्वजनिक विदा बाहेक १ महिना मात्र ९फागुन० विद्यालय मा पठनपाठन हुन्छ । सेनेटरी प्याड वितरण ९वितरण तथा व्यवस्थापन० कार्यविधि २०७६ को परिच्छेद–३ को सेनिटरी प्याड भण्डारण तथा वितरण ५ को ९१० मा विद्यालयले आफ्ना छात्राहरुको संख्याको आधारमा आवश्यक पर्ने सेनिटरी प्याड शिक्षा शाखा मार्फत स्थानिय तहमा माग गरि पठाउनुपर्ने छ । तर कतिपय विद्यालयले छात्राहरुको तथ्याङ उपलब्ध गराएका छैनन् । तथ्याङ उपलब्ध गराएका विद्यालयको अनुगमन गर्नुपर्ने खाँचो देखिन्छ ।

जिल्लाको ८ वटा गाउँपालिकाले बजेट बारे आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । सेनेटरी प्याड खरिदबारे सुनेपनि कार्यक्रमका लागि बजेट अख्तियारी नभएको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङले जानकारी दिए । अध्यक्ष मेन्याङले भने,“म अपडेटमै छु । यद्यपी अझैसम्म बजेट अख्तियारी छैन् ।” उता आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले अनभिज्ञता प्रकट गरे । अध्यक्ष सिटौलाले भने,“यो विषयमा म जानकारी छैन् । म तुरुन्त लेखामा सम्पर्क गरेर खबर गर्छु ।” फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले कार्यक्रमबारे सुनेपनि आफ्नो पालिकामा बजेट अख्तियारी आए÷नआएको बुझ्ने बताए । अध्यक्ष एभेङका अनुसार इन्टरनेट समस्याका कारण इमेलमा प्राप्त हुने सूचना बेलैमा प्रवाह गर्न कठिन बनेको छ । गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत सदरमुकाम गएकाले बुझेर आउन भनेको उनले बताए । यता ८ गाउँपालिका बाहेक फुङलिङ नगरपालिकामा भने बजेट अख्तियारी आएको छ । नगरपालिकाका शिक्षा विभाग प्रमूख दुर्गा पौडेलका अनुसार १८ लाख ८७ हजार रुपैयाँ अख्तियारी आएको । सेनेटरी प्याड खरिदका लागि ७ दिने सुचना प्रकाशन गरेर टेण्डर आव्हान गर्न तयारी लागिएको पौडेलले बताए । नगरपालिकामा  तथ्याक अनुसार १ हजार ६ सय ७३ जना छात्राहरु छन् । कक्षा–६ देखि १० सम्मका छात्राहरु हुन् । यद्यपी नरपालिकाले नै सेनेटरी प्याड खरिदका लागि बजेट किताबमा ९नीति तथा बजेट कार्यक्रम आ।व।२०७६-७७० उल्लेख गरेपनि अझैसम्म विद्यालयमा उपलब्ध भएको छैन् ।
नगरउपप्रमूख बम बहादुर भट्टराईका अनुसार अब तत्काल कार्यपालिका बैठक बसेर वितरणको काम गर्ने योजना छ । उपप्रमूख भट्टराईले भने,“कर्मचारी अभाव र प्राविधक कारण ढिलाई भएको हो । अब तत्काल कार्यान्वयन गर्छौ ।” नगरपालिकाले नै २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

फुङलिङ नगरपालिका–४ स्थित श्री भानु जन माध्यमिक विद्यालयका प्रअ किशोर राईले सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषणा गरेको भएपनि कार्यान्वयन भने नभएको बताए । प्रअ राईका अनुसार सेनेटरी प्याड वितरण भए छात्राको विद्यालय नियमिततामा बढोत्तरी हुने भएकाले नगरसरकारले तत्काल निर्णय गर्नुपर्नेमा जोड दिए । महिनावारी हुँदा विद्यालय छाड्ने छात्राको संख्या कम गर्न र सो समयमा पनि विद्यालय नियमित जानका लागि प्रेरित गर्ने सरकारको निर्णय व्यवहारिक कार्यान्वयन हुनुपर्ने मयाम मावि फुरुम्बुका प्रअ नवीन कार्कीले बताए । भानु जन माध्यमिक विद्यालयकामहिनावारी भनेपछि छात्राहरुका लागि पानी र छुट्टै शौचालय सुविधाका लागि नगरसरकारको ध्यान जानुपर्ने नेपाल पत्रकार महासँघ कार्यवहाक अध्यक्ष चन्द्र पन्दाक प्रयासले बताए । श्री भानु जन माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्यनरत १५ वर्षीय ९नाम नखुलाउने सर्त० अनुसार आफूले संञ्चारमाध्यमबाट थाहा पाएकाले पाउने प्रतिक्षामा रहेको बताईन् । युवा वर्ष मावि कैजलेमा कक्षा–९ मा अध्यनरत सुमी श्रेष्ठले महिनावारी भएको बेला साथीहरु विद्यालय नआउने गरेको बताईन् । उनले भनिन्,“महिनावारी भएको दिन निकै समस्या हुन्छ । लाज र डर दुवै हुन्छ ।” भानु जन माविमा कक्षा–१० मा अध्यनरत सोनिया घिमिरेको अनुभव पनि उस्तै छ । घिमिरेले भनिन्,“महिनावारी भएको दिन म विद्यालय जाने गरेकी छैन् । किनकी त्यो दिन निकै असजिलो महसुस हुन्छ ।”

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको संयूक्त आयोजनामा सिद्धिमंगल माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री गिरीराजमणी पोखरेलले सेनिटरी प्याड वितरण गरेर औपचारिक उद्घाट गरेको थियो । चालु आ।व २०७६÷७७ मा देशभरका सामुदायिक विद्यालयका लागि १ अर्ब २७ करोड ७३ लाख ३७ हजार विनियोजन भएको छ । मन्त्रालयका अनुसार उक्त रकमबाट १४ लाख ३७ हजार छात्रा लाभान्वित हुने अपेक्षा छ । सेनेटरी प्याड वितरण ९वितरण तथा व्यवस्थापन० कार्यविधि २०७६ अनुसार सामुदायिक विद्यालयमा अध्यनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामाग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न,गुणस्तरीय शिक्षाको प्रत्याभुती गर्न र महिनावारी व्यवस्थापन सामाग्रीको दिगो विसर्जन तथा पुनःप्रयोग गर्न सकिने सामाग्रीको प्रयोग गर्ने तर्फ उत्प्रेरित गर्न वाञ्छनिय भएको निर्णय प्रस्तावनमा उल्लेख गरेको छ ।