कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
349

शैक्षिक परामर्शदाताको रुपमा काम गदै आएको विज एजुकेसनले विज एजुकेसन फेयर २००८ देखी शुरु गरेको हो । यो वर्ष पनि मेला मंसिर ४ र ५ गते लतितपुरको जाउलाखेलमा आयोजना गरिएको थियो । यो शैक्षिक मेला नेपालबाट अध्ययानक लागि युके जाने नेपाली विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको विज एजुकेसनका डाईरेक्टर हरी कार्कीले जानकारी दिए ।  यो कन्सल्टेन्सी वर्षेनी ४ वटा यस्ता शैक्षिक मेलाको आयोजन गर्ने कार्यक्रम अन्र्तगत यो एक हो । सो मेलामा युनिर्भसिटी अफ बोल्टन, युनिर्भसिटी वेस्ट अफ स्कटलैण्ड र सेन्ट ल्यांगेसियाबाट प्रतिनिधि आएर नेपाली विद्यार्थीलाई पराशर्म दिएका थिए ।
यो युके जाने नेपालीका लागि राम्रो परामर्श मेलाको रुपमा रहेको हाम्रो मुल्यांकन रहेको छ । यसको उद्देश्य नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययानका अवसर र सही जानकारी दिने रहेको आयोजकले बताएका छन् । “हाम्रो कहिले  पनि विद्यार्थी कति पठाउने भनेर टारगेट  छैन,”डाईरेक्टर कार्कीले भने !  ''हामी संख्यामा विद्यार्थी पठाउने भन्दा पनि गुणस्तरिय शिक्षा र बसाईमा ध्यान केन्द्रित गछौ ।”


आयोजकले सही रुपमा सही मार्गबाट युके जान चहानेका लागि उचित गाईड गर्नका लागी वर्षेनी यस्ता मेला आयोजना गर्ने गरेको बताएका छन् । “म स्वयम युकेमा बस्ने भएर त्यहाँ अध्ययन गर्ने विद्यार्थीको समस्याका बारेमा राम्रो जानकारी राख्छु ।” कार्कीले भने “युकेको शैक्षिक क्षेत्रमा जे भएको छ त्यो सूचना नेपाली विद्यार्थीलाई दिने हो ।” मेलामा राम्रो ग्रेड ल्याएका राम्रा विद्यार्थी आएको आयोजकले बताएका छन् । मेलामा परामर्श लिन आउने विद्यार्थी धेरै भएपछि आयोजकले समुहमा परामर्श दिने काम गरिरेहको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीले एक पटक राम्ररी सोचेर जानु पर्छ । अभिभावकले धेरै पैसा खर्च गर्नु पर्ने भएकाले त्यो लगानीलाई सदुपयोग गर्न सक्ने गरी उचित समयमा  सही निर्णय लीनु  पर्छ । विदेश जाने विद्यार्थीले राम्रो परामर्शदातासँग गएर बुझेर मात्र विदेशको लागि प्रक्रिया गर्नु पर्छ । नेपालका सबै परामर्शदाता राम्रा छन्  तर विश्वविद्यालयबाट मान्यता प्राप्त छन्  की छैनन्  भन्ने बारे बुझनु जरुरी हुन्छ ।
राम्ररी परामर्श नलिई हतारमा विदेश जाने धेरै विद्यार्थी युकेमा समस्यामा परेको भन्ने सुन्न पनि पाईन्छ । नेपालबाट अध्ययन जाने नेपाली विद्यार्थीले बिषय, विश्वविद्यलय र राम्रो कन्सल्टेन्सी मार्फत  मात्र विदेश जाने प्रक्रिया शुरु गर्नु पर्छ ।