कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
376

विराटनगर-भारतले नेपाली भूमि आफ्नो नक्सामा समावेश गरेको विरोधमा बिहीबार विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
विराटनगर–१५ स्थित मनकामना सेकेण्डरी ईंगलिस बोर्डिङ स्कुलको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । नेपाली झण्डासहित निकालिएको -यालीले रानी र मिल्स एरियाका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । विद्यार्थीको -यालीले वडा नम्बर १५ को वडा समिति कार्यालय, भट्टाचोक, सुंडी बस्ती, हुलास चोक, अरुण सिनेमा, जुट मिल क्षेत्रको परिक्रमा गर्दै भट्टीमोड क्षेत्रको परिक्रमा गरेको थियो । -यालीका सहभागी विद्यार्थीले गो ब्याक इण्डियाको नारा लगाएका थिए ।
सहभागीले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सहयोग चाहिन्न सीमा मिच्न पाइन्नलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भारतले अतिक्रमण गर्न खोजेको भूमि नेपाल सरकारले अविलम्ब फिर्ता गराउन पहल गरोस् भन्ने विषयमा दबाब दिन र खबरदारी गर्न विरोध -याली निकालिएको स्कुलका प्रधानाध्यापक ओमकार आचार्यले बताए । विरोध -यालीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षक शिक्षिकाको सहभागिता थियो ।