मनिषा चम्लागाईँ
सोमवार, भदौ २३, २०७६
406

झापा-शैक्षिक युवाको विदेश मोह बढ्दै गएपछि कन्सल्टेन्सीको व्यापार पनि मौलाएको छ । यसैलाई मध्यनजर गर्दै विद्यार्थी आकर्षित गर्न शैक्षिक मेलाको आयोजना गर्ने क्रम पनि बढ्दै गएको छ । यसैलाई ध्यानमा राख्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले दोस्रो शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ । इक्यानले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बिराटनगर र बिर्तामोडमा महोत्सव आयोजना गर्ने जानकारी दिएको हो ।
इक्यानले भदौ ३० र ३१ गते विराटनगरको सेन्ट्रल महलमा र असोज १ र २ गते बिर्तामोडको सिटी पार्टी प्यालेसमा महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक मदन बुढाथोकीले बताएका छन् । विराटनगरबाट उद्घाटन भएको महोत्सव बिर्तामोडमा समापन हुने संयोजक बुढाथोकीले बताए । उनले विराटनगर र बिर्तामोडमा हुने महोत्सवमा ३५-३५ स्टल रहने जानकारी दिए ।

शैक्षिक महोत्सवमा विभिन्न देशका युर्निभर्सिटी, कलेज तथा नेपालका कन्सल्टेन्सीको सहभागिता रहने महोत्सवका सहसंयोजक अशोक भण्डारीले बताए । महोत्सवमा विद्यार्थीले आफ्नो योग्यता अनुसारको शैक्षिक संस्था छनोट गर्ने अवसर भएको उनले बताए ।
महोत्सवमा २० हजार विद्यार्थीले सहभागिता जनाउने आयोजक संस्थाले अपेक्षा गरेको छ । महोत्सवमा विद्यार्थीले चाहेको युर्निभर्सिटीमा स्पोर्ट एडमिशन गर्न सक्ने व्यवस्था गरिएको महोत्सवका सदस्य लक्ष्मीकान्त खनालले बताए । महोत्सवको अनुमानित खर्च २१ लाख रुपैयाँ रहने कार्यक्रममा महोत्सवका सदस्य दीपक गौतमले बताए ।
पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी गराउँदै मेला आयोजक समिति ।

 


सातामा धेरै पढिएको