कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६
333

पोखरा-विदेशी संस्थाबाट पोखरामा एक सामुदायिक विद्यालयको भान्छा कोठा निर्माण गरिएको छ । बेलायतमा रहेको विलवोरफ सिक्थ फम कलेजको आर्थिक सहयोगमा पोखरा–१० स्थित कुँडहर आधारभूत विद्यालयमा भान्छा कोठा निर्माण भएको हो ।
बेलायतकै ट्रावल ट्रि र नेपालस्थित सहास नेपालको समन्वयमा फम कलेजको सहयोगमा करिब ३ लाख ३० हजारको लागतमा टिनले छाएको एककोठे पक्की भवन हालै निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङले बताइन् । विद्यालयले २०७४ सालदेखि विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गरेसँगै विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भई भान्छा कोठा आवश्यक भएकाले विदेशी संस्थाबाट निर्माण भएको भवनबाट अब आफूहरूलाई दिगो रूपमा खाजा खुवाउन सजिलो भए पनि अग्रेंजी शिक्षक, पुस्तकालय, कम्प्युटर कक्षा कोठासमेत आवश्यक भएको अध्यक्ष मैनाले बताइन । साथै उक्त संस्थाले करिब ५० हजार मूल्य बराबरका भाँडाकुडासमेत उपलब्ध गराएको अध्यक्ष मैनाले जनाइन् ।
विलवोरफ कलेजका शिक्षक साइवन, ट्रावल ट्रिका लरेन्च एस नरेन्च टि, नेपालस्थित स्वयंसेवक म्यानेजर फ्रेजरले पोखराको सामुदायिक विद्यालयमा सहास नेपालको समन्वयमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै निर्माण भएको भौतिक संरचनाको दिगो रूपमा संरक्षण गर्न आग्रह गरे ।