कारोबार संवाददाता
शुक्रवार, असार २०, २०७६
615

जुन कलेजमा सुविधासम्पन्न भवनहरू छन्, शैक्षिक एवं भौतिक पूर्वाधार पूर्ण रहेको छ । अनुभवी र पुराना प्राध्यापकहरूको समूहले अध्यापन गराउँछन् । अनुशासित वातावरणमा नियमित अध्यापन तथा प्रयोगात्मक कक्षा हुन्छ, जहाँ उच्च अङ्क ल्याउने विद्यार्र्थीहरूसँग प्रतिस्पर्धा गरेर अध्ययन गर्न पाइन्छ । जहाँ सदैव राम्रो ग्रेड ल्याई विद्यार्थीहरू उत्तीर्ण हुने गर्छन् र जहाँको विद्यार्र्थी अध्ययनपछि हरेक प्रतिस्पर्धामा सफल हुन्छ, त्यही कलेज विद्यार्र्थीहरूको पहिलो रोजाइ हुन्छ । स्नातक तहमा बीबीए अध्ययन गर्न चाहने विद्यार्र्थीहरूका लागि भीएस निकेतन कलजेमा व्यवस्थित र उत्कृष्ठ सुविधा रहेको हुँदा राम्रो अङ्क ल्याई प्लस टु पास गर्ने विद्यार्थीहरूको पहिलो रोजाइ हुने गरेको छ ।
प्लस टु अध्ययनका लागि एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्र्थीहरू तथा बीबीएमा अध्ययन गर्न चाहने र प्लस टुमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्र्थीहरूको रोजाइ पनि भीएस निकेतन कलेज रहेको छ । प्रायः डिस्टिङ्सन ल्याउने विद्यार्र्थीहरूसँग प्रतिस्पर्धा गर्न पाउने र नियमित अनुशासित एवंं शान्त वातावरणमा प्राक्टिकल एप्रोजमा आधारित अत्यन्त अनुभवी र पुराना शिक्षकहरूबाट अतिरिक्त सामग्रीसहित अध्यापन गराउने तथा बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त ग्रेड पनि अत्यन्त उच्च रहने हुँदा विद्यार्थीहरूको रोजाइ पनि भीएस निकेतन कलेज नै हो ।

कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याई भीएस निकेतन कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरूले प्राप्त गरेको अङ्क र स्थानलाई उच्च सम्मान गरी सोको प्रोत्साहनस्वरूप विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । साथै जिल्ला प्रथम, दुर्गम क्षेत्र छात्रा, मेहनती र दलित मेरिटका आधारमा विद्यार्र्थीहरूका लागि पनि विशेष छात्रवृत्ति कोटा तोकी वितरण गर्दै आएको छ । साथै प्रत्येक सेमेस्टरमा प्रथम स्थान प्राप्त गर्न विद्यार्र्थीलाई पनि विशेष अनुशासित, खुला वातावरण, विद्यार्र्थीको प्रस्तुति र सिर्जनशीलतालाई प्राथमिकता, सहुलीयत शुल्क, प्रतिस्पर्धाको अवसर, उच्चस्तरको नतिजा, नतिजा प्रकाशनपछि सजिलै एमबीए, एमआइटी र सिए अध्ययनको अवसर, नियमित शिक्षकहरूसँग अन्तत्र्रिmया तथा विद्यार्थीहरूको उच्च मूल्याङ्कनमा अध्ययन गर्न पाइने अवसर आदि विषयहरूले नै स्नातक तहमा बीबीए अध्यापन गराउन र भीएस निकेतनमा आफ्ना विद्यार्र्थीहरू राख्न अभिभावक वर्गलाई प्रेरित गरेको छ ।
भीएस निकेतन कलेजबाट उत्पादन भएमा विद्यार्र्थीहरूका लागि वित्तीय संस्था बैंङ्कहरू तथा अन्य व्यावसायिक संस्थामा आफूलाई सजिलै स्थापित गर्न तथा उच्च अध्ययनका लागि स्वदेश तथा विदेशमा छात्रवृत्ति हासिल गर्न पनि आफूलाई अग्रस्थानमा राखेका छन् । हरेक क्षेत्रमा प्रत्येक वर्ष भीएस निकेतनको विद्यार्थीहरूले सफलता हासिल पारिरहेका छन् । आफैं निजी खर्चमा स्वदेश तथा विदेशमा उच्च शिक्षामा अध्ययन गरिरहेका विद्यार्र्थीहरूको संख्या अत्यन्त ठूलो छ । गुणस्तरीय शिक्षाको माध्यमवाट राष्ट्रको शिक्षा विकासमा पु-याएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल सरकारबाट उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परष्किृत यस भीएस निकेतन कलेजमा आफ्नै सुविधासम्पन्न भवन, पर्याप्त शैक्षिक पूर्वाधार, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर ल्याब, सेमिनार भवन, रिसोर्स कक्ष, इन्टरनेट, इमेल नया विद्यार्र्थीलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा छन् ।
विद्यार्थीहरूका लागि आवश्यक सम्पूर्ण शैक्षिक एवं भौतिक सुविधा सम्पन्न काठमाडौंको मुटु मीनभवनमा अवस्थित भीएस निकेतन कलेज सबैको आकर्षणको केन्द्र र विद्यार्थीहरूको पहिलो रोजाइ हुन पुगेको छ । मध्यमवर्गीय परिवारका छोराछोरीको छनोटमा पर्छ— भीएस निकेतन कलेज । कारण यसको शुल्क मध्यमवर्गले धान्न सक्ने खालको छ । यही कारणले राजधानीबाहिरका विद्यार्थीहरूको रोजाइमा पनि परेको छ यो कलेज ।