कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६

डेनमार्कको भिजिट नामक शैक्षिक संस्थाका २३ जना विद्यार्थी र शिक्षकहरुले नेपालको दुई हप्ते शैक्षिक भ्रमण गरेका छन् । उनीहरु भ्रमण पूरा गरी मंसिर १ गते आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्यभूमि मल्टिपल कलेजको निमन्त्रणामा डेनमार्कको उक्त कलेजका तीन शिक्षक, १४ छात्रा र ६ छात्रले नेपालको शैक्षिक भ्रमण गरेका हुन् ।

163
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा शुक्रबारको दिन विभिन्न संघ–संस्थाहरूको उपस्थितिमा कर्पोरेट प्लेसमेन्ट मेला सम्पन्न गरेको छ ।

264
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब÷सफ्टवेयर विकाससम्बन्धी विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंमा रहेका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीहरूको प्रमाणीकरणका लागि रणनीतिक साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

203
गोपाल संग्रौला
सोमवार, मंसिर २, २०७६

शिक्षा क्षेत्रमा कुल बजेटको ८० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय तहमा विनियोजन हुने गरेपनि खर्च विवरण भने अधिकांशस्थानीय तहले पठाउने गरेका छैनन् । देश संघीयतामा गएसँगै शिक्षाका २ दर्जन अधिकार स्थानीय तहमा गएपछि क्षेत्राअधिकारको नाममा खर्च विवरण पारदर्शी हुन नसकेको हो ।

175
लक्ष्मण ढुंगाना
आइतवार, मंसिर १, २०७६

शिक्षक कर्मचारी पाँच जना, विद्यार्थी उपस्थिित संख्या चार जनामात्रै । यो अवस्था बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २ रोशनपूर्वास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको हो । गत शुक्रबार बिहान ११ बजे विद्यालयको स्थलगत अवलोकनका क्रममा त्यहाँ पुग्दा चार जना मात्रै विद्यार्थी कक्षा कोठामा भेटिए ।

206
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

मुगु जिल्लाको सोरु गाउँपालिका अन्तरगत रहेको भवानि माध्यमिक विद्यालय पुरुमुरुमा कार्यरत शिक्षकहरु दसैंतिहार मान्न गएकोमा अझै फर्केका छैनन् । यसले गर्दा पठनपाठनमा निकै समस्या भएको छ ।

261
गोपाल संग्रौला
आइतवार, मंसिर १, २०७६

सरकारले चालू आर्थिक वर्षमा प्राविधिक शिक्षाको पहुँच नपुगेका दुर्गम, विपन्न, पिछडिएका एवं लोपोन्मुख वर्गलाई लक्षित गरी १६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने भएको छ । सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने कार्ययोजना अनुरूप प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहमा सो संख्याका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्न १६ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले ती विद्यालयमा टीएसएलसी र डिप्लोमा तहको प्राविधिक तथा व्यावसायिक शिक्षा शुरु गर्न सो रकम विनियोजन गरेको हो ।

181
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

लमजुङमा भूकम्पपछिको विद्यालय पुनर्निमार्णमा २० करोड ३६ लाख बजेट खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष ०७३÷०७४ को चैतबाट विद्यालयको पुनर्निर्माण सुरु भएको हो ।

258
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

ब्रिटिस कलेजले इन्स्टिच्युट अफइन्जिनियरिङ (आईओई), पुलचोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा काठमाडौंमा नेपालकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय र राष्ट्रिय शिक्षाविद्, उद्योग विशेषज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता र विद्यार्थीहरूलाई एकै छातामुनि सहभागी रहेका थिए भने एआईबारे उनीहरूको शोध निष्कर्ष, अनुभव साटासट गरेका थिए । सम्मेलनले चार मुख्य भाषण, दुई प्यानल छलफल, १३ वटा पेपर र दुइटा पोस्टर प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो ।

307
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

लमजुङको मध्यनेपाल नगरपालिकाले गरिब तथा विपन्न विद्यार्थीहरूलाई लक्षित गरी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । आर्थिक अवस्था न्यून भएकै कारण उच्च शिक्षा लिन नपाएका विद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरप्रमुख छात्रवृत्ति कोषको स्थापना गरी कक्षा ११ देखि माथि उच्च शिक्षा अध्ययनसम्मका लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

278
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङाका क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाललाई विद्यार्थीले कालोमोसो दलेका छन् । क्याम्पस प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनाको करार नविकरण नगरेपछि कनकाईमा बिबाद सुरु भएको थियो । विद्यार्थीले तिम्सिनाको पुनरबाहलीको माग गर्दै आन्दोलन गर्दै आएका छन् । बिहिबार बिहान बसेको क्याम्पस सञ्चालक समितिको बैठकले समस्या समाधन गर्न नसकेको भन्दै विद्यार्थीले कालो मसो दलेका छन् ।

584
सागर परियार
बुधवार, कार्तिक २०, २०७६

सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अनिवार्य तथा निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ । त्यसैगरी छात्रवृत्ति, निःशुल्क भर्नाजस्ता कार्यक्रमहरु सामुदायिक विद्यालयहरुमा सञ्चालित छन् । प्रत्येक वर्ष शैक्षिक सत्रको शुरुमा भर्ना अभियान धुमधामका साथ नगरेको पनि हैन । स्थानीय सरकार आइसकेपछि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट छुट्याएको पाइन्छ ।

248
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शुक्रबार दार्चुला जिल्लाको खलङ्गामा रहेको श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालय भवनकोे उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता एवं दार्चुलाका सांसद दिलेन्द्र प्रसाद बडू, महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट, दार्चुला जिल्ला समन्वय समितिका प्रमुख करवीर सिंह कार्की लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताको सहभागिता थियोे ।

224
केशव समर्पण
बुधवार, कार्तिक २०, २०७६

हेटौंडा–६ गौरीटारमा भारतीय सहयोगमा बहुप्राविधिक महाविद्यालय निर्माणको काम सुरु भएको छ । करिब साढे ५८ करोड लगातमा भारतीय कम्पनीसँग ठेक्का सम्झौता भएपछि महाविद्यालयको भौतिक पूर्वाधार निर्माणकार्य अघि बढेको हो ।

328
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गतका तीनवटा विद्यालय अन्य विद्यालयमा गाभिएका छन् । विद्यार्थी संख्या शून्य भएपछि नगरपालिकाअन्तर्गतका तीनवटा प्राथमिक विद्यालय अन्य विद्यालयमा गाभिएका हुन् । मध्यनेपाल नगरपालिका शिक्षा शाखाका अनुसार वडा नम्बर १ स्थित ज्ञानेश्वरी विद्यालय, वडा नम्वर–३ अन्तर्गत गोरखनाथ विद्यालय र वडा नम्बर ५ अन्तर्गत बालकन्या प्राथमिक विद्यालय अन्य छिमेकी विद्यालयमा गाभिएका हुन् ।

292