कारोबार संवाददाता
शुक्रवार, मंसिर १३, २०७६

नेपाल भूपरिवेष्ठित मुलुक भएकाले तेस्रो मुलुकसँग व्यापारका लागि छिमेकी भारतकै भर पर्नुपर्ने अवस्था छ । वैदेशिक व्यापारमा पनि निर्यात व्यापार परिमाणात्मक रूपमा ठूलो नभए पनि आकारका हिसाबले आयात व्यापारको साइज उल्लेख्य नै छ । यसैले व्यापार सहजीकरण नेपालका लागि सधैँ टाउको दुखाइको विषय बनेको छ । भारतले उपलब्ध गराएका सीमित बन्दरगाह र नाकाबाटै वार्षिक १५ खर्बको व्यापार हुने गरेको छ । केही समयअघि उत्तरी छिमेकी चीनसँग पनि पारवहन सम्झौता भएको छ, तर व्यावहारिक रूपमा नेपालले चिनियाँ बन्दरगाह र नाका भने प्रयोग गर्नसक्ने अवस्था छैन ।

353
डा. प्रकाशकुमार श्रेष्ठ
बिहिवार, मंसिर १२, २०७६

छोटो अवधिमै नेपालमा फैलिएको फौजी कीराको प्रकोपका कारण देशभरिकै मकै र धानबालीमा व्यापक क्षति पुगेको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रारम्भिक विवरणअनुसार फौजी कीराको प्रकोपले देशभरिका कम्तीमा २० हजार हेक्टरमा लगाइएको धानबाली नष्ट पारेको छ । यो अनुपात अझ बढी हुनसक्छ, किनकि वास्तविक सूचना अझै संकलनकै क्रममा छ । फौजी कीराले बाली नष्ट गर्न थालेपछि कतै किसानहरूले धानबालीमै आगो लगाउन थालेका छन् ।

887
कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६

चालू आर्थिक वर्षमा सरकारको राजस्व संकलन लक्ष्य पूरा हुनसक्ने सम्भावना निकै कम देखिन थालेको छ । पहिलो चौमासिक अवधिमा सरकारको राजस्व संकलन कुल लक्ष्यको २१ प्रतिशतभन्दा कम उठेको छ । सरकारी तहबाट आर्थिक तथा व्यावसायिक गतिविधिहरू बढेको दाबी गरिरहिएको अवस्थामा राजस्व लक्ष्यभन्दा कम उठ्नुले सरकारको लक्ष्य पुनः आर्थिक वर्षको बीचमा गएर संशोधन गर्नुपर्ने संकेत दिइरहेको छ । गत आर्थिक वर्षमा पनि बजेटको मध्यावधि समीक्षाका क्रममा राजस्व लक्ष्य र खर्च प्रक्षेपण दुवैमा संशोधन गरिएको थियो ।

439
कारोबार संवाददाता
मंगलबार, मंसिर १०, २०७६

ट्याक्सीले ठगी गरे कारबाही गर्नुपर्छ तर सोही बहानामा चोरबाटोबाट कानुनले नचिन्ने अर्थात् सुरक्षा, बिमा र कर कुनै पनि मापदण्ड पूरा नभएको राइड सेयरिङलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने होइन ।

626
कारोबार संवाददाता
सोमवार, मंसिर ९, २०७६

चालू आर्थिक वर्ष ०७६-७७ मा धानको उत्पादन औसतमा ८ देखि १० प्रतिशतले घट्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ । यस वर्ष मनसुन औसतभन्दा ढिलो प्रवेश ग-यो । त्यसमाथिको अनावृष्टिका कारण किसानहरूले समयमा धान रोपाइँ नै गर्न पाएनन । देशका अधिकांश स्थानमा धानको बीउ ब्याडमै सुकिरहेका बेला कृषि मन्त्रालयले ९० प्रतिशतभन्दा बढी स्थानमा रोपाइँ सम्पन्न भएको भन्ने विवरण जारी गरेको थियो ।

283
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

विकास निर्माणका काम समयमै सम्पन्न नहुँदा जनताले वर्षौंदेखि सास्ती पाएका छन् । भक्तपुर–नगरकोट र खाडीचौर–चरिकोट सडकको काम वर्षौंदेखि अलपत्र पारिएपछि स्थानीयले ठेकेदारको तस्बिरसहित प्रदर्शन गरेर विरोध गरे । अति भएपछि उनीहरूको विरोध स्वाभाविक पनि थियो । तर, विकास–निर्माणको काम समयमै सम्पन्न हुन नसक्नुमा निर्माण व्यवसायीको जति दोष छ, त्योभन्दा कम दोषी छैन सरकार । सरकारी अधिकारीहरूले ठेक्का लगाउँदादेखि निर्माण सम्पन्न नहुन्जेल निरन्तर अनुगमन र नियमन गर्नुपर्नेमा उनीहरूले आँखा चिम्लिदिँदा यस्तो अवस्था आएको हो । यसैले विरोध गर्नेहरूको निशाना निर्माण व्यवसायीमात्र नभई सरकारतर्फ पनि केन्द्रित हुनुपर्छ ।

358
कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया जनाइएको छ । मन्त्रिमण्डलमा प्रवेश पाएका र यथास्थितिमा रहेकाहरूले प्रधानमन्त्रीको कदमलाई सकारात्मक भने पनि मन्त्रिपरिषद्मा नसमेटिएका र हटाइएका मन्त्री तथा उनीहरूका नजिकका कार्यकर्ताले प्रधानमन्त्रीको कदमप्रति आलोचना गर्नुलाई अस्वाभाविक मान्न सकिँदैन । तर, सामाजिक सञ्जालमा कतिपयले राम्रै गरिरहेका मन्त्री पनि हटाइएको भनेर असन्तुष्टि पोखिरहेका छन् भने हटाइनैपर्ने कतिपयलाई उच्च राजनीतिक संरक्षण दिएर भेदभाव गरिएको टिप्पणी पनि गरिएको पाइन्छ ।

318
कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६

नेपालको अर्थतन्त्रमा पछिल्लो केही समययता जोखिम पक्ष बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । लगातार घट्दो बाह्य व्यापारका कारण राजस्व संकलन गम्भीर रूपमा प्रभावित भएको छ । मुलुकका लागि आयात घट्नु र निर्यात बढ्नु सकारात्मक परिसूचक हो, तर कस्ता वस्तुको आयात कम भएको छ भन्ने कुराको क्षेत्रगत विश्लेषण गर्ने हो भने अर्थतन्त्रमा आएको संकुचनलाई प्रस्ट पार्छ । सिमेन्ट, सिमेन्ट क्लिंकर, एमएस बिलेटजस्ता वस्तुको आयात घट्दा निर्माण उद्योगमा आएको मन्दीलाई देखाएको छ । यस्तै बैंक तथा वित्तीय क्षेत्रको नाफामा आएको संकुचनले पनि आर्थिक क्रियाकलाप सुस्त बन्द गएको संकेत गरेका छन् ।

367
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

मुलुकमा औद्योगिक विकासको गति कमजोर रहँदा देशका सात प्रदेशबीच सामान रूपमा आर्थिक अवसरहरू विस्तार हुनै सकेनन् । हालै सम्पन्न भएको राष्ट्रिय आर्थिक सर्वेक्षणका नतिजाअनुसार देशभरि रहेका ९ लाख २२ हजार औद्योगिक व्यावसायिक प्रतिष्ठानहरूमध्ये प्रदेश नं. १ मा १८.२५ प्रतिशत, प्रदेश २ मा १२.७५ प्रतिशत, प्रदेश ३ मा ३०.५८ प्रतिशत, गण्डकीमा करिब ११ प्रतिशत, प्रदेश ५ मा १६ प्रतिशत, कर्णालीमा ४.६४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.८२ प्रतिशत व्यवसाय छन् ।

319
कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६

सरकार र निजी क्षेत्रले यतिबेला धूमधामका साथ साता कर सप्ताह मनाइरहेका छन् । हरेक वर्ष कर प्रशासनलाई चुस्त बनाउने तथा करदातामैत्री बनाउने भन्दै मनाइने क्रमले यस वर्ष पनि निरन्तता पाएको छ । निजी क्षेत्रका सबै प्रतिनिधिमूलक संगठनसहित अर्थ मन्त्रालयसम्मले यसलाई भव्य रूपमा मनाए पनि मुलुकमा कर प्रशासनको सुधार र करमैत्री वातावरणमा भने अपेक्षित रूपमा सुधार भएको छैन । अझ संघीयतामा गएपछि स्थानीय तह र प्रदेश सरकारले निर्धारण गरेका विभिन्न शीर्षकका कर तथा संघीय सरकारले नै पनि बढाएका दर र दायराले आजित नेपाली जनता भने करलाई सास्तीका रूपमा लिइरहेका छन् ।

354
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

नेपालमा औपचारिक रूपमा कर प्रणाली लागू गरिएको ६ दशक अवधि बिते पनि कर प्रणालीमा निकै न्यूनमात्र नागरिक सहभागिताले राज्यको कर परिचालन क्षमताको कमजोर पक्ष उजगार गरेको छ । अहिलेसम्म राज्यको मूल कर प्रणालीमा कुल जनसंख्याको १० प्रतिशतमात्र करको दायरामा समेटिनु र त्यसमध्ये पनि नियमित कर तिर्नेहरूको अनुपात निकै कम रहनुले कर प्रणाली सुधारका लागि विगत केही दशकयता चालिएका प्रयासहरू सार्थक नभएको देखिन्छ । कर प्रणालीमा कम सहभगिताका दुईवटा अर्थ हुन्छन्— या त नागरिकहरूको कर तिर्ने क्षमता वा सामथ्र्य नै कम छ वा उनीहरू औपचारिक रूपमा कर प्रणालीमा समेटिन चाहँदैनन् ।

625
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

विगत केही वर्षयता सरकारले राखेका आर्थिक वृद्धिका लक्ष्य विफल हुने गरेको छ । विगत वर्षहरूमा हासिल भएका यथार्थ वृद्धिदरका आधारमा आर्थिक वृद्धि र मुद्रास्फीतिको लक्ष्य तय गर्नुपर्ने सरकार अत्यन्त उत्साहित भइ बढी अंकको लक्ष्य राख्ने गरेकोमा त्यो हासिल हुन नसकेको हो । २०७२ पछि नेपाली अर्थतन्त्रले स्वतः लयको गति समात्यो । ०७२ वैशाखको भूकम्प र सोही वर्षको पाँचमहिने भारतीय आर्थिक नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्रले ०.६ वृद्धिदर न्यून वृद्धिदर हासिल ग-यो ।

616
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६

नेपालको निकासी व्यापार निराशाजनक अवस्थामा छ । मुलुकभित्र उत्पादन हुने वस्तु नै सीमित भएकाले निकासी व्यापार बढ्न नसक्नु अस्वाभाविक पनि होइन । कच्चा पदार्थ आयात गरेर नेपालमा मूल्य अभिवृद्धि गरेर पुनः विदेशी बजारमा पठाउनुपर्दा निश्चय नै लागत बढी पर्छ । नेपालमै पाइने कच्चा पदार्थ र त्यसबाट उत्पादित सामग्रीको ब्रान्डिङ नहुँदा नेपाली वस्तु अपेक्षाकृत निकासी हुन सकेको पाइँदैन ।

386
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

विगत केही समययता नेपालमा केही उच्चस्तरीय कूटनीतिक भ्रमणहरू हुन थालेका छन् । हालै मात्र २३ वर्षपछि पहिलो पटक विश्वकै दोस्रो महाशक्ति राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलगत्तै बंगलादेशका राष्ट्रपति अब्दुल हमिद सद्भावना भ्रमणका क्रममा हाल नेपालमा छन् । तीन वर्षअघि भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले नेपालको सद्भावना भ्रमण गरेकोमा हालका भारतीय राष्ट्रपति रामनाथ कोविदले समेत भ्रमणका लागि चासो देखाएका छन् । एक वर्षअघि जनकपुर हुँदै नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नेपाल भ्रमणमा आउने चासो देखाएको केही भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

368
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

नेपालले योजनाबद्ध विकास अभ्यास थालेको साढे ६ दशकभन्दा बढी भएको छ । अझ, विकासका लागि दातृ सहयोग लिन थालेको त त्योभन्दा बढी अवधि पुगेको छ । विकास कार्यकै लागि भनेर लिइएको ऋणको दायित्व पनि झन्डै ११ खर्ब रुपैयाँ पुगिसकेको छ । विकास सहायताको ठूलो अंश अनुदान तथा प्राविधिक सहयोगका रूपमा आउने भएकाले सन् १९५० को दशकदेखि नेपालले हालसम्म कति वैदेशिक सहायता लिइसक्यो, त्यो कुन–कुन क्षेत्रमा कसरी परिचालित गरियो भन्ने आधिकारिक विवरण पाउन मुस्किल छ ।

387