कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४

ढिलै भए पनि एकपटक फेरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तातेको छ । आयोगले आइतबार पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित, बहालवाला सचिवद्वय अर्जुनकुमार कार्की र गजेन्द्र ठाकुर तथा पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालसँग भ्रष्टाचारको आशंकामा बयान लिएको छ । क्षेत्री, पण्डित र कार्कीसँग ट्रान्सफर्मर घोटालाका विषयमा तथा अर्याल, ठाकुर र काठमाडौं महानगरका सुरक्षा विभागका डीएसपी राजुनाथ पाण्डे तथा धनपति सापकोटालाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन थालेको हो ।

664
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । सानादेखि ठूला दलले आफ्ना घोषणापत्रमा आर्थिक एजेन्डालाई प्राथमिकता दिएको देख्दा राजनीतिक दलहरू अब राजनीतिक लक्ष्य प्राप्तिपछि आफ्नो वाचाअनुसार आर्थिक मुद्दामा केन्द्रित भएका हुन् कि भन्ने देखिन्छ । तर, यो घोषणापत्र तथा राजनीतिक दलका क्रियाकलाप हेर्दा दलहरू सतही रूपमा मात्रै आर्थिक एजेन्डा अघि सारेजस्तो गर्ने तर विकास तथा समृद्धितर्फ भने त्यति गम्भीर नभएको हो कि भन्ने शंका गर्ने प्रशस्त ठाउँ छ ।

653
कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४

बढ्दो जनसंख्या र उपलब्ध स्रोतको खाडलका कारण दशकौंदेखि काठमाडौं उपत्यकावासीले खानेपानीको समस्या झेल्दै आएका छन् । उपत्यकाको खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित २०५५ सालमा सुरु गरिएको मेलम्ची खानेपानी आयोजना अझै पूरा भएको छैन । आव ०५८÷५९ देखि भौतिक निर्माण थालिएकोमा सुरुमा ०६४÷६५ भित्र आयोजना सम्पन्न भइसक्ने लक्ष्य राखिएको थियो, तर प्रगति नभएपछि पटक–पटक म्याद बढाउँदै २०७४ चैत मसान्त भन्न थालिएको छ ।

1035
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १७, २०७४

नेपालमा लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो लामो समयदेखि निजी क्षेत्र र बाह्य लगानीकर्ताले गर्दै आएका छन् । नेपालले २०४६ को राजनीतिक परिवर्तनपछि सुरु गरेको खुला बजार अर्थनीतिका कारण फस्टाएको निजी क्षेत्र र आकर्षित भएको प्रत्यक्ष वैदेशिक लगानीका कारण अर्थतन्त्रको आकार र क्षितिज दुवै फराकिलो भएको परिदृश्यमा माओवादी विद्रोह र अस्थिर राजनीतिका कारणले लगानीको वातावरण धुमिल हुँदै गएको हो ।

526
कारोबार संवाददाता
मंगलबार, कार्तिक १४, २०७४

पछिल्लो डेढ दशकमा नेपालको अर्थतन्त्र कसरी चलिरहेको छ र यसलाई कसले धानिरहेको छ भन्ने तथ्य जगजाहेर छ । नेपालबाट दिनहुँ सयौंको संख्यामा बिदेसिने युवाले दसनङ्ग्रा खियाएर गरेको कमाइको बचतबाट स्वदेश पठाएको रकम अर्थात् रेमिट्यान्सले नै अर्थतन्त्रलाई प्रतिकूल अवस्थामा भरथेग गर्दै आएको छ । यो क्रम अझै केही वर्ष चल्नेवाला छ, किनकि रेमिट्यान्सबाहेक अर्थतन्त्रका अन्य संरचनाहरू संस्थागत भएका छैनन् । कृषिको आम्दानी स्थिर छ भने पर्यटन, जलस्रोत, जडीबुटी, खानीलगायतका सम्भावनाका क्षेत्रहरू आफैं अस्तित्वरक्षाका लागि संघर्षरत छन् । चुलिँदो व्यापारघाटा र यसबाट उत्पन्न हुने चुनौती नियन्त्रणका लागि भने रेमिट्यान्स निर्विकल्प बन्दै गएको अवस्था छ ।

583
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

शनिबार ३१ जनाको ज्यान जाने गरी त्रिशूली नदीमा भएको कहालीलाग्दो बस दुर्घटनाले फेरि एकपटक सबैलाई सडक सुरक्षाप्रति संवेदनशील हुन झकझक्याएको छ । उक्त घटनाको भोलिपल्टै पुनः चितवनकै बस र ट्रिपर ठोक्किँदा २४ जना घाइते भएका छन् । नेपाल प्रहरीबाट दुर्घटनाको विवरण लिएर हेर्ने हो भने प्रायः दसैं–तिहारपछि कात्तिक लाग्नासाथै राजमार्गहरूमा सडक दुर्घटना बढ्ने गरेको देखिन्छ ।

603
कारोबार संवाददाता
शनिवार, कार्तिक ११, २०७४

नेपालको व्यापारघाटा बर्सेनि बढिरहे पनि यसलाई घटाउँदै लैजाने प्रभावकारी कदम चाल्नबाट राज्य सधैँ चुकिरहेको छ । नेपालबाट हुने निकासी परिमाण सधैँ स्थिर रहिरहने तर आयात भने बर्सेनि २५ प्रतिशतको हाराहारीमा बढिरहने अवस्थाका कारणले निर्यातभन्दा आयात परिमाण ११ गुणासम्म बढी भइसकेको छ ।

672
कारोबार संवाददाता
मंगलबार, कार्तिक ७, २०७४

संविधान निर्माण र कार्यान्वयनको अन्तिम लक्ष्य भनेकै आर्थिक समृद्धि हो । नेपाली जनता भोको र नांगो कोही बस्नु नपरोस् भन्ने परम्परागत मान्यतालाई टेकेर संसारका अरू विकसित मुलुकका जनतासँग पुँजी र प्रविधिमा पनि आमनेपाली उत्तिकै प्रतिस्पर्धी हुन सकून् भन्ने नै संविधानको अन्तिम लक्ष्य हो । यसका निमित्त राजनीतिक सिद्धान्त जस्तोसुकै भएका दलले चुनावमा विजय हासिल गरे पनि लक्ष्यबाट कोही विचलित नहुन् भन्ने नै उद्देश्य हो । अर्कातर्फ संविधानले मुलुकमा विधिको शासन स्थापित गर्न पनि उत्तिकै भूमिका निर्वाह गर्छ ।

567
कारोबार संवाददाता
बिहिवार, कार्तिक २, २०७४

अहिले करिब २१ प्रतिशत नेपालीमात्र गरिबीको रेखामुनि रहेको राष्ट्रिय योजना आयोगले उल्लेख गरेको छ । यो पनि संख्यात्मक आधारमा सानो आँकडा भने होइन । गरिब घरपरिवार समन्वय बोर्डले २५ जिल्लामा गरेको अध्ययनले ती जिल्लामा झन्डै ४ लाख परिवार गरिब रहेको जनाएको छ, औसत परिवार संख्या ५ जना राख्दा पनि २५ जिल्लामा मात्र झन्डै २० लाख नेपालीहरू गरिब रहेको देखिन्छ । तीमध्ये १६ प्रतिशत चरम गरिबीको अवस्थामा रहेका छन् ।

745
कारोबार संवाददाता
बिहिवार, कार्तिक २, २०७४

सन् १९९० मा नेपालीहरूको प्रतिव्यक्ति आय २ सय अमेरिकी डलरको हाराहारीमा रहेकोमा हाल ८ सय ५५ अमेरिकी डलर पुग्नु र आर्थिक जोखिम सूचकमा सुधार हुनु मात्र स्तरोन्नतिको आधार मान्न सकिँदैन । यसका लागि अन्य आर्थिक सूचकहरू बलियो हुनैपर्छ ।बाह्य सहयोग परिचालन भएकै भरमा देशलाई मध्यम आय भएको मुलुकमा रूपान्तरित गर्ने सपना देख्नुभन्दा बलियो आर्थिक आधारसहित विकास प्रक्रियालाई गति दिनु नै मुलुकका लागि श्रेयष्कर हुन्छ ।

596
कारोबार संवाददाता
मंगलबार, आश्विन ३१, २०७४

यसरी स्वदेशमै भरपर्दो अध्ययन नहुँदा यकिन तथ्यांकका लागि विदेशी दाताको भर पर्नुपर्ने अवस्था छ । यसर्थ, मुलुकको समृद्धिका लागि अनौपचारिक अर्थतन्त्र बाधक हो भन्दा फरक पर्दैन ।अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा बढ्दै जानु भनेको मुलुकको समुन्नति र समृद्धिका लागि निश्चय नै नकारात्मक हो ।

624
कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

“एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नाराका साथ सुरु भएको यस अभियानको आशय के हो भने नेपालमा जन्म भए पनि ग्रिनकार्ड वा पीआर पाएर विभिन्न मुलुकमा स्थायी बसोबासका सुविधा पाइसकेका नेपाली यही जन्मभूमिकै नेपाली हुन् । वास्तविक रूपमा अब गैरआवासीय नेपालीहरूको पनि वर्गीकरण गर्नुपर्ने बेला भइसकेको छ ।

563
कारोबार संवाददाता
शुक्रवार, आश्विन २७, २०७४

वैदेशिक रोजगारीको हरियो पाटो केलाउने हो भने यसबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र लामो समयदेखि सहज अवस्थामा छ भने नेपालीको घरमा चुलो सजिलै बल्न थालेको छ । यस्तै, चाडपर्व कसरी धानौं भन्ने समस्या छैन ।

585
कारोबार संवाददाता
बिहिवार, आश्विन २६, २०७४

एसडीजीका लागि मूलतः पाँच स्तम्भ तोकिएका छन्; पृथ्वीमा रहेका प्राकृतिक साधनस्रोत र वातावरण भावी पुस्ताका लागि संरक्षण गर्ने, सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवम् समानता कायम गर्ने, प्रकृतिसँग सामञ्जस्यता कायम गर्दै समृद्ध र सम्मुन्नत जीवनको सुनिश्चितता गर्ने, शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने तथा सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासका एजेन्डाहरूको कार्यान्वयन गर्ने ।

775
कारोबार संवाददाता
मंगलबार, आश्विन २४, २०७४

आमव्यवसायीको नियति के हो भने आपराधिक समूहले मार्न नचाहेका कारणले मात्र उनीहरू अहिलेसम्म जीवित छन् । मुलुकको शान्ति–सुरक्षाको अवस्था सुदृढ भएर उनीहरू सुरक्षित छन् भन्नु भ्रम मात्र हो । आपराधिक समूहको नेपालका सबै क्षेत्रमा उत्तिकै बिगबिगी छ । निर्माण व्यवसाय क्षेत्रमा अरूभन्दा बढी नै गुन्डागर्दी रहेको अवस्था छ ।

523