कारोबार संवाददाता
आइतवार, चैत्र ३०, २०७६

कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले मुलुकमा लकडाउन गरेको दुई साताभन्दा बढी भइसकेको छ । यो अवधिमा आम नागरिक घरभित्रै बसेर राज्यको अभियानलाई साथ दिइरहेका छन् । केही मजदुर भने गरिबीका कारण हिँडेरै आफ्नो थातथलो पुगेका छन् । अति आवश्यकीयवाहेक सवारीसाधन चलेका छैनन् भने उद्योग कलकारखाना बन्द छन् । आर्थिक तथा सामाजिक गतिविधि शून्य हुँदा आपराधिक घटनामा समेत उल्लेख्य कमी आए पनि सुरक्षा निकाय कोरोना नियन्त्रणमा सक्रिय हुनुपर्ने अवस्था छ । बिडम्बना यो छ कि यही मौका छोपेर तस्करहरू भने सक्रिय देखिएका छन् ।

445
कारोबार संवाददाता
शुक्रवार, चैत्र २८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता देशवासीका नाउँमा सम्बोधन गर्दै मुलुक यतिबेला ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु नहुने बताए । उनले यसलाई थप प्रष्ट पार्दै जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने धारणा पनि राखे ।

510
कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६

प्रधानमन्त्री केपी ओलीले मंगलबार देशवासीका नाउँमा सम्बोधन गर्नुअघि उत्साही जनता एकैपटक निराश भए । कोरोनाभाइरस संक्रमणको सन्त्रासले दुई सातादेखि घरमै बस्न विवस जनताको आलो घाउमा मल्हमपट्टी लगाउने अपेक्षा गरिएको सम्बोधनले बरु नुनचुक छर्कने काम गरेको छ । प्रधानमन्त्री ओलीले देशवासीलाई कुनै सम्बोधन गरेनन्, आफ्नो चरित्रअनुसार अहंकार र अभिमानमात्र प्रदर्शन गरे भन्ने आम टिप्पणीलाई उनले बहुमतको दम्भले कुल्चन मिल्दैन । उनको सम्बोधनमा सुशासनको सुगा रटाइ त त्यसै साँझ पार्टी बैठकमा छताछुल्ल भयो नै । यसर्थमा देशवासीका नाउँमा सम्बोधन भन्दै उनले नागरिकलाई उल्लु बनाउने र आफ्ना कमजोरी तथा अक्षमताहरू ढाकछोप गर्ने प्रयासमात्र गरेको देखिन्छ ।

1151
कारोबार संवाददाता
बुधवार, चैत्र २६, २०७६

सरकारले केही सातादेखिको अन्योल अन्त्य गर्दै अन्ततः नेपाल राष्ट्र बैंकको गभर्नरमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त ग¥यो । यसअघिका अन्य नियुक्ति विवादमा फस्दै आएको सरकारले केन्द्रीय बैंकमा भने ढिलै भए पनि तुलनात्मक रूपमा सवल र सक्षम व्यक्तित्वको चयन गरेको छ । कोरोनाभाइरस संक्रमणले अर्थतन्त्रमा कालो बादल मडारिएको अहिलेको विषम परिस्थितिमा अर्थमन्त्रीसँग लय मिल्ने नेतृत्व केन्द्रीय बैंकलाई झन् बढी खाँचो थियो । अर्थमन्त्रीकै संयोजकत्वमा गठित समितिको सिफारिससहित अधिकारीलाई मन्त्रिपरिषदले गभर्नरमा नियुक्त गरेको छ र उनले प्रधान न्यायाधीशसँग सपथ लिएर पदभार ग्रहण पनि गरिसकेका छन् ।

596
कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६

सरकारले कोरोनाभाइरस (कोभिड–१९) को महामारीको सामना गर्न मुलुकभित्र लकडाउन गरेको छ र अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गरेको छ । लकडाउनको दुई सातालाई फर्केर हेर्दा सरकारले एकाध संक्रमितहरू पत्ता लगाउने र न्यून संख्यामा आइसोलेसनमा राख्नेभन्दा माथि सरकार उठेको छैन । लकडाउन थप्ते बाहेक अन्य कुरामा सरकार त्यति प्रभावकारी हुन सकेको छैन । बरु लकडाउनका बेला आम जनताको आँखा छल्दै करोडौं भ्रष्टाचारमा सरकारका प्रभावशाली मन्त्रीहरू नै उद्यत रहेको पाइयो । स्वास्थ्य सामग्री आयातको जिम्मा नेपाली सेनालाई दिने अर्को विवादास्पद निर्णय गरेर सरकार अहिलेको अवस्थाबाट मुलुकलाई पार लगाउन असक्षम हुँदैछ भन्ने सन्देशसमेत आफैं दिइरहेको छ । यसैले लकडाउन नेपाली जनतालाई घरभित्रै थुनेर सीमित व्यक्तिहरूलाई मनमौजी गतिविधि गर्न दिइएको लाइसेन्सजस्तै प्रतीत भइरहेको छ ।

434
कारोबार संवाददाता
सोमवार, चैत्र २४, २०७६

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको गत साताको बैठकले सशर्त उद्योग खोल्न र पूर्वाधार निर्माणलाई अघि बढाउन दिने निर्णय ग¥यो । कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको अवस्थामा यसरी सरकारले उद्योग सञ्चालनका लागि अनुमति दिनु आफैंमा चुनौतीपूर्ण भए पनि यसले सकारात्मक सन्देश भने दिएको छ । कोरोना नियन्त्रण हाम्रो प्राथमिकता त हुँदै हो तर जनताको दैनिकी चलाउन अत्यावश्यकीय उद्योग खुला गरिएन भने भोलिका दिनमा झन ठूलो समस्या सिर्जना हुनसक्छ भन्ने पूर्वसतर्कता अपनाउनु निश्चय पनि सकारात्मक हो ।

514
कारोबार संवाददाता
आइतवार, चैत्र २३, २०७६

कोरोनाभाइरस संक्रमणका कारण नेपालको पर्यटन र औद्योगिक क्षेत्र प्रभावित भएको छ भने विस्तारै यसको असर कृषि क्षेत्रमा बढ्दै गएको देखिन्छ । पूर्वी नेपालको लाइफलाइन मानिएको अर्थात पहिचान नै बनेको चिया पनि कोरोनाकै कारण संकटमा परेको देखिन्छ । ‘फस्ट फ्लस’ अर्थात गुणस्तरीय चिया टिप्ने काम दुई सातादेखि ठप्पजस्तै छ । झन्डै दुई सातादेखि जारी लकडाउनका कारण बगानममै हुर्कन थालेको पहिलो टिपाइको ‘फस्ट फ्लस’ चिया टिप्ने काम हुन नसक्दा करोडौं क्षति भएको छ ।

582
कारोबार संवाददाता
शुक्रवार, चैत्र २१, २०७६

नेपालले कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण मानवीय क्षति बेहोर्नु नपरे पनि ठूलो आर्थिक क्षति बेहोरिरहेको छ । अहिलेसम्म संक्रमण फैलिन नपाएको र लकडाउनका कारण थप क्षतिको सम्भावना न्यूनीकरण भएकाले सन्तोष मान्ने अवस्था रहे पनि अर्थतन्त्रमा भने यसले निकै ठूलो असर पारिरहेकाले चिन्ता गर्नुपर्ने अवस्था छ । त्यसै पनि केही वर्षयता ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हासिल गरिरहेको मुलुकका लागि कोरोनाले वाह्य सहायतादेखि वैदेशिक व्यापारमा मात्र नभइ आन्तरिक उत्पादन, रेमिट्यान्सलगायतमा असर पारिरहेको देखिन्छ । दुर्भाग्य यो छ कि अहिलेसम्म नेपालमा कोरोनाले कुन क्षेत्रमा कति असर गरिरहेको छ भन्ने न कुनै अध्ययन हुन सकेको छ न असर परेको क्षेत्रमा राहत र पुनस्र्थापनाका प्याकेज नै आउन सकेका छन् । सरकारले दैनिक प्रशासनभन्दा परसम्म केही सोच्नसम्म सकेको देखिँदैन भने निजी क्षेत्र पनि अध्ययनबिना प्रचारबाजीमा रमाइरहेको देखिन्छ ।

760
कारोबार संवाददाता
बिहिवार, चैत्र २०, २०७६

मुलुकमा एकातर्फ कोरोनाको परीक्षण प्रभावकारी र द्रुत गतिमा हुन नसकेको अवस्था छ भने अर्कोतर्फ यही बहाना केहिलाई कमाउने अवसर पनि बनिरहेको छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले चीनबाट सामान मगाउँदा बजार मूल्यभन्दा महँगोमा खरिद गरिएकोदेखि गुणस्तरहीन सामग्री भित्र्याइएकोसम्मका खबरहरू चर्चामा छन् । कोरोनाको आशंकामा अस्पतालमा भर्ना गरिएका केही बिरामीको मृत्यु भइसक्दा पनि समयमै परीक्षण हुन नसकेको बेला सरकार भने खरिदको झमेलामा मुछिनु दुर्भाग्यपूर्ण छ ।

863
कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६

भारतमा मजदुरीका लागि जाने मजबुर नेपाली र चीनमा छात्रवृत्तिमा जाने नेपालीलाई हेर्ने कानुन फरक छ ? सीमानामा रोकिएका नेपालीको मात्र नभइ आम नेपालीको साझा प्रश्न यही हो ।

464
कारोबार संवाददाता
मंगलबार, चैत्र १८, २०७६

कोरोनाभाइरस संक्रमणका कारण यतिबेला सम्पूर्ण विश्व नै आर्थिक मन्दीउन्मुख अवस्थामा छ । एकातर्फ यो संक्रमण नियन्त्रण आफैंमा चुनौतीपूर्ण छ भने अर्कोतर्फ अर्थतन्त्रलाई एक महिनाअघिको अवस्थामा ल्याउनसमेत निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था छ । मूलतः भाइरस नियन्त्रणको त्रासदीपूर्ण अवस्थाका कारण संसारभर कडा बन्देज सिर्जना भएको जसका कारण अर्थतन्त्र ठप्पजस्तै बनेको छ । हरेक देशका सरकारले एकपछि अर्को आर्थिक प्याकेजका घोषणा गरिरहेका छन् । विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकाले मात्रै २० खर्ब डलर बराबरको प्याकेज ल्याएको छ भने भारत, तथा युरोपेली मुलुकहरूले पनि प्याकेज घोषणा गरिसकेका छन् ।

751
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

सरकारले तीन वा छ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ भने पनि यो संकट केही दिनमात्र लम्बियो भने ति गोदाम तीन दिनमै खाली हुन बेर छैन । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आम जनजीवनसँगै सबै क्षेत्र प्रभावित छन् । लकडाउनको पालना गर्नु र कोरोना संक्रमण प्रसारको जोखिम न्यूनीकरणको दायित्व पूरा गर्नु सबैको कर्तव्य हो । यससँगै आम सर्वसाधारण उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज र सुरक्षित रूपमा उपलब्ध गराउनु पनि उत्तिकै जरुरी छ । यसका लागि सरकारले केही नीतिगत निर्णय लागू गरेको अवस्था छ भने कतिपय ठूला डिपार्टमेन्टल स्टोरहरूले होम डेलिभरीको समेत व्यवस्था गरिसकेका छन् । यसैले यतिबेला सप्लाइ चेन विस्तारै सहज बन्दैछन्, जसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

437
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर सरकारले लागू गरेको लकडाउनको पाँच दिन बितिसक्दा पनि आम सर्वसाधारण यसमा अभ्यस्त हुन सकेका छैनन् । छिमेकी भारतमा २१ दिनको लकडाउनमा सडकमा निस्केका सर्वसाधारणमाथि प्रहरीले निर्मम प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा देखिन्छन् भने नेपालकै पनि तराई क्षेत्रमा कतिपय सर्वसाधारणमाथि प्रहरीले लाठी प्रहार गरेको भिडियो सार्वजनिक भइसकेको छ । तर, काठमाडौं उपत्यकामा भने सडकमा सवारीसाधन र सर्वसाधारणको आवतजावत अपेक्षाकृत बढी नै देखिएको छ । कतिपय बाध्यताले यात्रामा छन् त कतिपय रमिता हेर्न वा घर बस्न नसकेर छटपटीले पनि निस्किएका दृष्टान्त छन् । यसरी हामीले लकडाउन पालना नगरेर संक्रमणको जोखिम बढाइरहेका छौं ।

494
कारोबार संवाददाता
शुक्रवार, चैत्र १४, २०७६

मुलुकमा एकातर्फ सामान्य अवस्थामा पनि ऊर्जाको खपत अपेक्षित रूपमा बढ्न सकेको छैन भने अर्कोतर्फ अहिलेको लकडाउनको अवस्थामा भने विद्युत् मागमा २ सय मेगावाटसम्म घटेको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण मुलुकमा विद्युत् खपत घटेका कारण विद्युतीय चुलो प्रयोगका लागि विद्युत् प्राधिकरणले आग्रह गरिरहेको छ भने अर्कोतर्फ सरकारले पनि यस्तो चुलो आयातमा भन्सार महशुल छुटको प्रक्रिया अघि बढाइरहेको छ ।

601
कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६

विश्वमा कोरोना भाइरस भयावह रूपमा देखा परेको दुई महिनापछि मात्र संक्रमण नियन्त्रणका लागि केही तयारी सुरु गरेको नेपालमा हालसम्म तीनजनामा यस्तो संक्रमण देखिइसकेको छ । बुधबार तेस्रो व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमाथि नियन्त्रणको चुनौती थपिएको छ । विश्वभर झन्डै १९ हजारको ज्यान गइसकेको कोरोना नियन्त्रण नेपालजस्ता कमजोर तयारी र पूर्वाधारमा समेत सीमितता भएका मुलुकका लागि निश्चय पनि कठिन छ । हुन त सरकारले ढिलै भए पनि लकडाउनको नीति लिएर यसलाई फैलिन नदिन कदम चालेको छ तर यतिले मात्र पुग्ने अवस्था भने छैन ।

859