कारोबार संवाददाता
बिहिवार, श्रावण ८, २०७७

केही वर्ष अघिसम्म चरम लोडसेडिङको अभाव झेलिरहेको नेपाल यतिबेला भने चाँडै नै बढी हुने विद्युत् कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छ । नेपालभित्रै ठूला उद्योग र विकास आयोजनाको काम नभएको र प्रतिव्यक्ति ऊर्जा खपत नै जम्मा २०० युनिट हाराहारीमा रहेको अवस्थामा पछिल्लो दशकमा सुरु भएका आयोजना सम्पन्न हुने चरणमा पुगेसँगै विद्युत् व्यापारको चिन्ता उत्पन्न भएको देखिन्छ । छिमेकी भारतले बिजुली खरिद गर्ने कुनै ग्यारेन्टी नभएको र यसका लागि प्रशारणलाइनजस्ता पूर्वाधारकै अभावसमेत रहेको अवस्थामा उत्पादित विद्युत् खेर जाने चिन्ता स्वाभाविक पनि छ । नेपालको प्रतिव्यक्ति विद्युत् खपतको अवस्था यस क्षेत्रकै कम हो ।

431
कारोबार संवाददाता
बुधवार, श्रावण ७, २०७७

सरकारले अन्ततः पाँच महिनापछि हवाई सेवा सुचारु गर्ने निर्णय गरेसँगै उत्साहको सञ्चार भएको छ । कोरोनाभाइरस संक्रमण शून्य हुने सम्भावना नरहेकाले अब ‘न्यू नर्मल’को अवधारणामा जानुको विकल्प नभएको विश्वव्यापी मान्यता पछ्याउँदै सरकारले आर्थिक सामाजिक गतिविधि सुचारु गरेको देखिन्छ । छोटो दूरीको सार्वजनिक बस सञ्चालन सुरु गरेसँगै हवाई सेवा सुचारु गर्नैपर्ने आवश्यकता महशुस भइरहेका बेला सरकारले उचित निर्णय लिएको देखिन्छ । यस निर्णयसँगै हवाई सेवालाई संक्रमणमुक्त बनाउनका लागि भने उचित मापदण्ड, पूर्वाधार र त्यसको कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ । हवाई यातायातले यात्रुलाई सेवामात्र दिन सकोस्, कोरोना संक्रमण प्रसारको माध्यम नबनोस् ।

480
कारोबार संवाददाता
मंगलबार, श्रावण ६, २०७७

नेपाल स्टक एक्सचेञ्जमा रणनीतिक साझेदार भित्र्याउनेसम्बन्धी विषय फेरि चर्चामा आएको छ । पछिल्लोपटक नेपाल धितोपत्र बोर्डले वार्षिक नीति तथा कार्यक्रममा यसलाई समेटेसँगै यसको चर्चा स्वाभाविक पनि छ । बेलाबखत चर्चामा आउने तर कहिल्यै कार्यान्वयन नहुने यो ‘रोग’को पुनरावृत्ति हुने हो कि भन्ने आशंका पनि छ । यद्यपि, पुँजी बजारको विकास र विस्तारका लागि रणनीतिक साझेदार खासगरी प्रविधिका क्षेत्रमा आवश्यक रहेकोमा कसैको दुईमत छैन र सेयर बजारको बढ्दो आकारका तुलनामा अहिलेको संरचना, पूर्वाधार तथा नीतिले धान्न सक्ने अवस्था नै देखिँदैन । यसैले रणनीतिक साझेदारको बहस चर्चामा मात्र सीमित हुनु हुँदैन र चालू वर्षमै कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउन सके त्यो ऐतिहासिक उपलब्धि हुनेछ । नेपालमा सार्वजनिक संस्थानहरू सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने चर्चा बारम्बार हुने गर्दछ ।

419
कारोबार संवाददाता
सोमवार, श्रावण ५, २०७७

शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै पुँजी बजारमा यसको सकारात्मक प्रभाव पर्ने जुन आकलन गरिएको थियो, आइतबारको कारोबारमा त्यही नै भयो । आइतबार सेयर बजार खुलेको ६ मिनेटदेखि १ घण्टा ८ मिनेटसम्म तीन पटक सकारात्मक सर्किट ब्रेक लाग्नुले सेयर बजार अब केही दिन उकालो यात्रामा अघि बढ्ने देखिन्छ । पहिलो पटकको सर्किटमा २० मिनेट र दोस्रो पटकको सर्किट ४० मिनेट लागेपछि जम्मा कारोबार भने ८ मिनेट मात्र भएको छ ।

515
कारोबार संवाददाता
आइतवार, श्रावण ४, २०७७

कोरोना प्रभावित अर्थतन्त्रले राहत महशुस गर्ने गरी मौद्रिक नीति आएपछि सरोकारवाला सबै पक्ष उत्साहित छन् । जेठ १५ मा आएको आव २०७७-७८ को बजेटले निराश निजी क्षेत्र आर्थिक वर्ष सुरु भएको दोस्रो दिन आएको मौद्रिक नीतिले उत्साहित हुनु सकारात्मक छ । नेपाल राष्ट्र बैंकले विगत एक महिनामा जसरी सरोकारवाला सबै क्षेत्रका सुझावहरूलाई ध्यानपूर्वक सुन्यो, त्यसको प्रतिबिम्ब नीतिमा देख्न सकिन्छ । गभर्नर महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नीति सन्तुलित र यथार्थपरकमात्र नभइ वर्तमान समस्या समाधानमा कोशेढुंगा सावित हुनसक्ने देखिन्छ । यो नीतिले बैंक तथा वित्तीय संस्था र निजी लगानीकर्ताबीच लामो समयदेखि चल्दै आएको वाकयुद्धको पनि अन्त्य गर्ने देखिन्छ ।

2888
कारोबार संवाददाता
शुक्रवार, श्रावण २, २०७७

काठमाडौंवासीको सपना पूरा गर्ने ठानिएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अर्को झमेलामा फसेको छ । आयोजनाको निर्माण सम्पन्न भइसकेको दावी गरिए पनि मंगलबार भएको दुर्घटनाका कारण सरकारको योजनामा धक्का लागेको छ । एक साताअघि खानेपानीमन्त्री वीना मगरले अब छिट्टै उद्घाटन हुने घोषणा गरेको आयोजना नयाँ समस्याले अनिश्चित बनेपछि अर्को संकट उत्पन्न भएको छ । आयोजनाको काम सकिनै लाग्दा उत्पन्न भएको अप्रत्यासित समस्याले आयोजना पुनः धकेलिएको छ । आयोजना अनुगमनमा गएका इञ्जिनियर र चालकको ज्यानै गएको घटना कमजोरीमात्र नभइ निन्दनीय छ र यसको छानबिन हुनैपर्छ ।

684
कारोबार संवाददाता
बिहिवार, श्रावण १, २०७७

साउन अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाका लागि चुनावी प्रचारप्रसार तीब्र ढंगले भइरहेको छ । निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघको नयाँ नेतृत्वका लागि निर्वाचनसमेत हुने भएकाले यस साधारणसभाले विशेष महत्व बोकेको छ । चैत अन्तिम साता हुनुपर्ने साधारणसभा कोरोना संकट न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण साउन २६ र २७ का लागि मिति तोकिएको छ । अभै पनि कोरोना संकट रहेको अवस्थामा साधारणसभा कसरी सम्पन्न हुने हो भन्ने चिन्तासँगै निजी क्षेत्रले वर्तमान चुनौतीसँग कत्तिको जुध्नसक्ने नेतृत्व पाउने हो भन्ने चिन्ता पनि छ ।

530
कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णयविपरीत केही निजी कम्पनीले सार्वजनिक बस सञ्चालनमा ल्याउनु सकारात्मक छ । यसले नेपालमा लामो समयदेखि सिन्डिकेट लागू गरेर सरकारलाई गलाउन खोज्नेहरूको अब जोर नचल्ने देखिएको छ । सार्वजनिक यातायातका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुुनुपर्छ र यसको लाभ सर्वसाधारण उपभोक्ताले पाउनुपर्छ भन्नेमा सन्देश छैन । त्यसो त सार्वजनिक यातायात सेवा जनजीवनको अभिन्न अंग बनिसकेको छ । सहजबजारमा मात्र हैन गाउँघरमा पनि सार्वजनिक यातायात नहुँदा गुजारै नचल्ने अवस्था सिर्जना भइसकेको अवस्था छ । यसैले सरकारले यस क्षेत्रलाई अत्यावश्यकीय सेवा अन्तर्गत राखेर सरकारले कडा नियमन गर्नु जरुरी छ ।

441
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

पेट्रोलियम कारोबारमा एकाधिकार प्राप्त सरकारी संस्थान नेपाल आयल निगमले पछिल्लो १० दिनमै दुईपटक मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ न्यून बिन्दुमा पुग्दा पनि त्यसको लाभ उपभोग गर्न नपाएका नेपाली उपभोक्ताले भाउ अलिकति उकालो लाग्नेवित्तिकै फेरि मूल्यवृद्धिको सामना गर्नु परिरहेको छ । यसको कारण निगमको नाफामुखी प्रवृत्तिभन्दा पनि डलरको बढ्दो भाउ र सरकारले थोपरेको इन्धनमा पूर्वाधार कर नै हो । बूढीगण्डकी जलविद्युत् परियोजना निर्माणका लागि प्रतिलिटर ५ रुपैयाँ कर लिइरहेको सरकारले त्यसको औचित्य नै पुष्टि गर्न सकिरहेको छैन भने गत वर्ष आर्थिक वर्षको बिचमै यसलाई दोब्बर बनाएर १० रुपैयाँ बनाइयो र जेठ १५ मा ल्याइएको बजेटमा फेरि ५ रुपैयाँ थप गरी पूर्वाधार करमा मात्र प्रतिलिटर १५ रुपैयाँ पु-याइएको छ ।

597
कारोबार संवाददाता
सोमवार, असार २९, २०७७

नेपालमा जलविद्युत्को चर्चा गर्नेवित्तिकै सँगै जोडिएर आउने नाम हो, नेपाल विद्युत् प्राधिकरण । मुलुकको ऊर्जा क्षेत्रको एक्लो बाघ मनिएको विद्युत् प्राधिकरण पूर्ण सरकारी संस्थान भए पनि यसले निजी क्षेत्रसँग पनि प्रत्यक्ष सरोकार राख्दछ । निजी उत्पादकले उत्पादन गरेको ऊर्जा खरिद गर्ने र आफैं पनि ऊर्जा उत्पादन गर्नेमात्र नभइ वितरणका क्षेत्रमा एकाधिकार रहेको यस संस्थानका गतिविधिका विषयमा चासो रहनु स्वाभाविक पनि छ । पछिल्लो समय प्राधिकरणको खण्डीकरणसम्बन्धी विषयले यस क्षेत्रको चर्चा बढाएको छ र मुलुककै दीर्घकालीन विकासको रणनीतिक क्षेत्रको सबैभन्दा शक्तिशाली संस्थामाथिको चासो र चर्चालाई स्वाभाविक रूपमा हेरिनु आवश्यक पनि छ ।

470
कारोबार संवाददाता
आइतवार, असार २८, २०७७

मुलुक कोरोना कहरले थलिएका बेला बाढीपहिरोको अर्को संकट थपिएको छ । विगतका वर्षभन्दा केही सातापहिल्यै सुरु भएको मनसुनका कारण सिन्धुपाल्चोक, कास्की, म्याग्दी, जाजरकोटलगायतका जिल्लामा आएको बाढीपहिरोले दर्जनौंको ज्यान गइसकेको छ भने भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । बाढीपहिरोबाट हिमाली र पहाडी तथा बाढी र डुबान बेहोर्न तराईका क्षेत्र बर्सेनि अभिषप्त छन् । राज्यले विपद् व्यवस्थापनलाई पनि बाढीपहिरो जस्तै मौसमी ढंगले सम्बोधन गर्दा समस्या बर्सेनि दोहोरिइरहेको छ । यतिमात्र नभइ बाढीपहिरोको बढ्दो प्रकोपले हामीले अपनाएको विकास प्रणालीमात्र नभइ सामाजिक सुरक्षाका क्षेत्रमा पनि कमजोरी रहेको पुष्टि हुन्छ ।

440
कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७

यातायात क्षेत्रका मजदुरहरूले आफ्ना समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएको भोलिपल्टै सरकारले उनीहरूको माग सम्बोधन गर्नेगरी निर्णय गरेको छ । लकडाउन भएको सय दिनभन्दा बढी समयपछि सरकारले सार्वजनिक यातायात नहुँदा आम सर्वसाधारणले भोग्नुपरेको सास्ती तथा दशौं लाख यातायात मजदुर र स्वरोजगारहरूको पीडा सुन्नु आफैंमा सकारात्मक छ । सरकारले सार्वजनिक यातायात सञ्चालनमा देखिएको गाँठो फुकाए पनि यसलाई सुरक्षित र व्यवस्थित ढंगले सञ्चालन गर्ने जिम्मेवारी भने व्यवसायी र आम यात्रुको पनि हो । यसैले सरकारको निर्णयलाई सकारात्मक रूपमा ग्रहण गर्दै सार्वजनिक यातायातलाई अत्यन्त सुरक्षित रूपमा सञ्चालन गरिनु आवश्यक छ । सरकारको निर्णयमा काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालनमा आउनेछन् ।

499
कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७

अन्ततः वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन संसदीय उपसमिति सकारात्मक देखिएसँगै यससम्बन्धी लामो बहसले अब अर्कै मोड लिएको छ । प्रतिनिधिसभाको अर्थ समितिले गठन गरेको उपसमितिले धितोपत्रको दोस्रो बजारमा वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकरको अनुमति दिनुपर्ने तर त्यसअघि पर्याप्त तयारी र पूर्वाधारको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । उपसमितिले बैंकलाई लाइसेन्स प्रदान गर्नुअघि ११ प्रश्नको हल खोजेर मात्र लाइसेन्स दिनुपर्ने सिफारिस गरेको छ र अर्थ समितिमा यस विषयमा यसै साता छलफल हुँदैछ । बहुचर्चित उपसमितिको बहुप्रतिक्षित प्रतिवेदनले एउटा अन्योलको अन्त्य गरे पनि यसको निष्कर्ष अर्थात बैंकलाई ब्रोकर लाइसेन्स प्रदान गरिँदैमा समस्या समाधान नहुने तर्कले भने स्थिति थप जटिल बन्ने दिशातर्फ अगाडि बढेको छ ।

330
कारोबार संवाददाता
बुधवार, असार २४, २०७७

मुलुकमा बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर असुलेको भन्दै निजी क्षेत्र सधैँजसो असन्तुष्ट र कतिपय अवस्थामा आन्दोलित पनि भएको देखिन्छ । एक वर्षअघि बैंक तथा वित्तीय संस्थाले ‘ब्याजदर आतंक’ नै मच्चाएको भन्दै पूर्वको विराटनगरबाट सुरु भएको आन्दोलन देशभर फैलिएपछि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यसको अभिभावकत्व लिएको थियो । जसमा प्रधानमन्त्री केपी शर्मा ओली नै मध्यस्थताका लागि अगाडि सर्नुपरेको अवस्था नेपालको आर्थिक क्षेत्रका लागि दुर्लभ घटना थियो ।

1153
कारोबार संवाददाता
मंगलबार, असार २३, २०७७

काठमाडौं उपत्यकाको खानेपानी अभाव पूर्तिका लागि सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउने योजना अर्थात मेलम्ची खानेपानी आयोजना भन्नेवित्तिकै सबैको मनस्थितिमा विकासको अत्यन्त विवादास्पद र असफल मोडल चित्रण हुन्छ । दशकौंदेखि काकाकुल काठमाडौंका लागि सपनामात्र भएको तर स्वदेशका नीति निर्माता र प्रशासकमात्र नभइ विदेशी विकास साझेदारदेखि निर्माण कम्पनीसम्मको असफलताको मापन गर्ने मुलुकको ठूलो परियोजना हो– मेलम्ची ।

613